Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ – झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ४ मा एक पुरूषको शव फेला परेको छ। प्रहरीका अनुसार वडा कार्यालय नजिकै ह्युमपाइपभित्र बोरामा राखेको अवस्थामा शव फेला परेको हो। आइतबार बेलुकी शव फेला परेको थियो। ह्युमपाइपभित्र पहेँलो र रातो रङको बोरा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बोरा खोलेर हेर्दा त्यहाँ एक पुरूषको शव फेला परेको हो। ‘शवको प्रकृति हेर्दा हत्या गरेर लुकाएको देखिन्छ। टाउकोमा गम्भीर चोट लागेको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय झापाका एक प्रहरी अधिकृतले भने। करिब ४५ वर्ष उमेरको पुरूषको शव फेला परेको प्रहरीले जनाएको छ। उनको पहिचान खुलेको छैन। शवलाई धरान लगिएको छ।

Read More

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) को प्रथम केन्द्रीय परिषद् बैठक आज (सोमबार) काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा बस्दैछ । उक्त बैठकमा पार्टीको देशभर भएका साङ्गठनिक गतिविधि, स्थानीय तहको चुनावको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनाव लक्षित कार्यक्रम, हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएका केही प्रतिवेदनमा छलफल गरिने प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले जानकारी दिए । त्यसैगरी पार्टीका महासचिव डा बेदुराम भुसालको राजनीतिक प्रतिवेदनमा विशेष छलफल गरिने कार्यक्रम छ । मुलुकमा संविधान र राजनीतिक व्यवस्था संरक्षणका लागि तत्कालीन नेकपा (एमाले) बाट विद्रोह गरी सो पार्टी स्थापना गरिएको, कम्युनिष्ट आन्दोलनमा देखापरेको विसर्जनवाद र अवसरवादका विरुद्ध जनतालाई एकताबद्ध गर्न पार्टीको औचित्य र…

Read More

दार्चुला – दार्चुला जिल्ला खोप समन्वय समिति पुनगर्ठन भएको छ । जिल्ला समन्वय समिति प्रमुख महादेब बडु कश्यप संयोजक रहेको खोप समन्वय समिति गठन गरिएको हो । समितिको सह संयोजकमा जिल्ला समन्वय समितिका उपप्रमुख अमर सिह ठगुन्ना रहेका छन । यस्तै समितिको सदस्यमा प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय जिल्ला समन्वय समिति अधिकारी, महाकाली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नर बहादुर ठगुन्ना जिल्ला अस्पताल दार्चुलाका प्रमुख, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि, पत्रकार महासंघका जिल्ला अध्यक्ष लगायत रहेका छन् । खोप समन्वय समितिको बैठकले असार १८ गते जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने निर्णय समेत गरेको छ…

Read More

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले काम गर्ने सिलसिलामा आफूले गल्ति बोलेको भए आफ्नो त्यस्तो नियत नभएको बुझ्न आग्रह गरेका छन् । आइतबार मन्त्री पदबाट राजीनामा घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा उनले समयले मागे आफू फेरि मन्त्री हुने उल्लेख गरे । उनले भने–‘काम गर्दै जाने क्रममा मैले गल्ति बोलेको भए त्यो मेरो नियत थियो भन्ने नठानी दिनुहोला । त्यस्ता त्रुटीबाट म सचेत रहनेछु । मन्त्रीबाट बाहिर गएपछि म सांसदको रुपमा रहने र विकृतिका विरुद्धमा आवाज उठाइरहने छु । समयले मागेमा म पुन नेतृत्वमा फर्किने नै छु । मैले गरेको कामलाई पछि आउने मन्त्रीले निरन्तरता दिने आशा…

Read More

काठमाडौं – काठमाडौंमा आज मातृभाषा पत्रकारिताको अवस्था विषयक गोष्ठी सम्पन्न भएको छ । नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्लाको आयोजनामा र काठमाडौं महानगरपालिकाको सहयोगमा भएको गोष्ठी बाट नेपालभाषा, मैथिली, राजवंशी, मेचे, तामाङ, लिम्बू, मगही, थारु, संस्कृत, शेर्पा, उर्दू, धिमाल, जिरेल, राजवंशी, डोटेली, चाम्लिङ, अवधी लगायतका भाषाको पत्रकारिताको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरिएको थियो । वक्ताहरुले ती भाषाको इतिहास, पत्रकारिताको उदय, समस्या, चुनौती र भविष्यबारे कार्यक्रममा प्रस्तुति दिएका थिए। ३८ वटा भाषाको पत्रकारिता अवस्थाबारे पछि जर्नल प्रकाशित गरिनेछ । गोष्ठीको उद्घाटन गर्दै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले मातृभाषा संरक्षण सबैको सरोकार भएको भन्दै पत्रकारिताको माध्यमबाट भाषा सँगै समुदायको कथाहरू बाहिर उजागर गर्नु…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप २९ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १७३० नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो । मन्त्रालयका अनुसार गत २४ घन्टामा १७ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो गतिमा देखिएको छ । अहिलेको अवस्थामा देशभर १९२ जना सक्रिय संक्रमित पुगेको पनि मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले यही संसद्बाट नै नागरिकता विधेयक पास गर्ने तयारी भइरहेको बताएका छन् । आइतबार काठमाडौँमा संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय समिति अभ्यास’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। कार्यक्रममा उनले नागरिकता विधेयकको विषयमा प्रधानमन्त्री र प्रमुख राजनीतिक दलसँग निरन्तर छलफल भइरहेको पनि जानकारी दिए । नागरिकता विधेयक संसद्बाट पास हुन नसक्दा युवाहरूले सुनौलो अवसर गुमाइरहेको पनि उनले बताए । उनले युवाहरूलाई नागरिकता दिन नसक्दा देशलाई ठुलो क्षति भएको र नागरिकता नपाएकालाई अन्याय भएको बताएका थिए ।

Read More

महेन्द्रनगर – आर्थिक ममिला तथा योजनामन्त्री प्रकाशबहादुर रावलले यही असार १ गते सुदूरपश्चिम प्रदेशसभामा प्रस्तुत गरेको ३६ अर्ब ७४ करोड बराबरको अगामी आर्थिक वर्ष २०७९//८० को बजेटमाथिको छलफल अझै अघि बढ्न सकेको छैन । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेटमा सत्ता र प्रतिपक्षी प्रदेशसभा सदस्यले असन्तुष्टि व्यक्त गरेपछि प्रदेशसभाको बैंठक अनिश्चित बन्न पुगेको हो । सत्तारुढ गठबन्धनमा रहेका दल, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले संशोधनको माग गरेपछि प्रदेशसभाको बैठक बस्न सकेको छैन । प्रदेश सरकारले विचौलियाको प्रभावमा परेर वित्तीय अनुशासनलाई उल्लङ्घन गरी बजेट ल्याएको भन्दै अधिकांश प्रदेशसभा सदस्यले बजेट संशोधनको माग…

Read More

काठमाडौं – सांसद प्रमोद साहले नागरिकता विधेयक ल्याउन र लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले लामो समय संसदीय समितिमा छलफल भएको नागरिकता विधेयक ल्याउन माग गरेका हुन् । तराई मधेश क्षेत्रमा भएको आन्दोलनको विषयमा छानबिन गर्न गठित गिरिषचन्द्र लाल नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन पनि सार्वजनिक गर्न उनको माग छ । सो प्रतिवेदन सार्वजनिक गर्न ६ असोज २०७३ मै तत्कालीन सभामुखबाट रुलिङ भएको स्मरण गराउँदै उनले प्रश्न गरे, ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने छ र ?’ तराई मधेशमा भएका आन्दोलनका क्रममा भएको धनजनको क्षति विवरण समेटिएको प्रतिवेदन सार्वजनिक नगरेको…

Read More

काठमाडौँ – नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लगाएको महाअभियोग प्रस्ताव समितिमा पठाउन माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै अधिकारीले महाअभियोग प्रस्ताव संसदीय समिति लगेर छानबिन नगरिए त्यो संविधानको दुरुपयोग हुने बताए । उनले भने, ‘प्रधानन्यायाधीश सिंहदरबारको एउटा र सर्वोच्चको अर्को भएको जनगुनासो छ । महाअभियोगको प्रस्ताव समितिमा नलैजानु हाम्रो असक्षमता हो । यसको साझी प्रतिनिधिसभा हुनुहुँदैन । आजै समितिमा लगैर छानबिन र सुनुवाइ होस्, अन्यथा संविधानको चरम दुरुपयोग भएको ठहर हुनेछ ।’

Read More