काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले यही संसद्बाट नै नागरिकता विधेयक पास गर्ने तयारी भइरहेको बताएका छन् ।
आइतबार काठमाडौँमा संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय समिति अभ्यास’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
कार्यक्रममा उनले नागरिकता विधेयकको विषयमा प्रधानमन्त्री र प्रमुख राजनीतिक दलसँग निरन्तर छलफल भइरहेको पनि जानकारी दिए ।
नागरिकता विधेयक संसद्बाट पास हुन नसक्दा युवाहरूले सुनौलो अवसर गुमाइरहेको पनि उनले बताए । उनले युवाहरूलाई नागरिकता दिन नसक्दा देशलाई ठुलो क्षति भएको र नागरिकता नपाएकालाई अन्याय भएको बताएका थिए ।
Facebook Comments Box