Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ – आज ११ बजे बस्ने भनिएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । जारी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा स्पष्टीकरण दिने कार्यक्रम थियो । पदाधिकारी चयन लगायतबारे आन्तरिक छलफल गर्न आजको बैठक स्थगित गरिएको बताइएको छ । अर्को बैठक भोलि दिउसो एक बजे बस्ने बताइएको छ ।  यसअघि सोमबारको बैठकमा केन्द्रीय समितिका पदाधिकारी र स्थायी कमिटी गठन माग पनि गरेका थिए । आइतबार बसेको केन्द्रीय समितिको बैठकमा पार्टी प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि नेताहरूले आफ्नो धारणा राख्दै पदाधिकारी र स्थायी कमिटी गठन गर्न माग गरेका थिए । गत पुसमा भएको महाधिवेशनले प्रचण्डलाई अध्यक्षमा…

Read More

अछाम – अछाममा विनोद शाही मृत्यु प्रकरणले उग्र रुप लिन थालेपछि प्रशासनले जिल्ला सदरमुकाम मंगलसेनका विभिन्न स्थानमा निषेधित क्षेत्र घोषण गरेको छ। जिल्ला प्रशासन कार्यलय अछामले दरबार क्षेत्र, जिल्ला अदालत, जिल्ला सरकारी वकील कार्यालय , बैरागी धारा बस काउन्टर, मंलसेन नगरपालिका कार्यालय तथा कृषि ज्ञान केन्द्र आसपासको जीप काउन्टर क्षेत्रभित्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो । निषेधित क्षेत्रमा कुनै पनि विरोधका कार्यक्रम नगर्न/नगराउन भनिएकाे छ । यस्तै, निषेधित क्षेत्र तोकिएका ठाउँमा बाधा अवरोध नगर्न र निषेधित क्षेत्र उल्लंघन गरेको पाइएमा कानूनी कारवाही हुने जिल्ला प्रशासन कार्यलयले जनाएको छ। मृतक विनोद शाहीको न्यायको लागि भन्दै साेमबार ५ दलिय गठनबन्धनले गरेको आन्दोलनले उग्र…

Read More

काठमाडौं – निर्वाचन आयोगले स्थानीय चुनाव–२०७९ मा खर्च नभएको १ अर्ब ५० करोड रुपैयाँ अर्थ मन्त्रालयलाई फिर्ता गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार खर्च नभएको डेढ अर्ब रुपैयाँ फिर्ता भएको हो । खर्च नभएको रकम अझै बढ्न सक्ने आयोगको अनुमान छ । आयोगले पालिका चुनावका लागि अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड रुपैयाँ बजेट माग गरेको थियो । तर मन्त्रालयले ८ अर्ब ११ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको थियो । अहिलेसम्म ६ अर्ब ६१ करोड रुपैयाँ खर्च भएको देखिएको आयोगले जनाएको छ । ७ सय ५३ पालिकामध्ये बाजुराको बूढीगङ्गामा स्थगित भएको चुनाव पर्सि हुँदैछ । वैशाख ३०…

Read More

काठमाडौं- नेकपा माओवादी केन्द्रको बैठक आज पनि बस्दै छ। बिहान ११ बजेबाट सुरु हुने बैठकमा आइतबार प्रस्तुत् भएको प्रतिवेदनमाथि सोमबार दिनभर केन्द्रीय सदस्यले राखेको धारणा र उठेका प्रश्नमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिनेछन्। आजको बैठकमा पोलिटब्यूरो र स्थायी कमिटी गठनको सम्भावना पनि रहेको नेताहरुले बताएका छन्। यही बैठकबाट पदाधिकारी चयनका लागि नेतृत्वलाई केन्द्रीय सदस्यहरुले दबाब दिइरहेका छन्।

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार अपराह्न शीतल निवासमा उनीहरूले शपथ ग्रहण गरेका हुन् । जनता समाजवादी पार्टीले आफ्ना तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीका रूपमा मृगेन्द्रकुमार सिंह यादव, मोहम्मद इस्तियाक राई र प्रदीप यादवलाई सरकारमा पठाएको थियो । मृगेन्द्रकुमार सिंह यादवलाई कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी दिइएको छ । मोहम्मद इस्तियाक राईलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रदीप यादवले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

Read More

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्य वृद्धि गरेको हो । नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य १८१ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १७२ रुपैयाँ कायम गरिएको छ । त्यस्तै निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको छ । पछिल्लो १५ दिनमा प्रशोधित पेट्रोलियम पदार्थहरूको अन्तर्राष्ट्रिय बजार मूल्यमा भएको बृद्धि अनुरुप इण्डियन आयल कर्पोरेशन लिमिटेडबाट असार १७ गते प्राप्त नयाँ मूल्यसूची अनुसार विक्री मूल्य समायोजन गर्नु परेको निगमको भनाई छ । पेट्रोलियम पदार्थहरूको लागत मूल्य निरन्तर बढिरहेको हुँदा खरिद वापत भुक्तानी गर्न नसकेको…

Read More

दार्चुला – गत कात्तिक अन्तिम साता व्यास गाउँपालिका– १ छांगरु तथा तिंकरका बासिन्दा र सशस्त्र प्रहरीका लागि नेपाल सरकारले हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी ग¥यो। सुदूरपश्चिम प्रदेश सरकारको बजेटमार्फत खाद्यान्न ढुवानी गरियो । व्यासमा बस्ने नागरिक र सुरक्षाकर्मी पनि खुशी भए । छ महीना पुग्ने खाद्यान्न ढुवानी गरिएपछि खुशी नहुने कुरो पनि भएन। हाल आएर अहिलेसम्म सरकारले यहाँका नागरिक र सुरक्षाकर्मीका लागि खाद्यान्न ढुवानी गरेको छैन। सर्वसाधारणले गत वैशाखमा बसाइँसराइ (स्थानीय सौका समुदायको भाषामा कुञ्चा) सर्ने बेला थोरैथोरै खाद्यान्न घोडा र खच्चरमा लगेर जीविका चलाउँदैछन्। सौका समुदायले भारतीय बाटो हुँदै खाद्यान्न ढुवानी गरेका थिए। भारतीय एसएसबीसँग हारगुहार गरेर खाद्यान्न गाउँ पु¥याइएको थियो।…

Read More

काठमाडौं – नेपाल आयल निगमले शनिबार गाडी रहित सार्वजनिक विदाको घोषणा गर्न प्रस्ताव गरेको छ । निगमले निरन्तर कम्पनी घाटामा रहेको र निकट भविष्यमै पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिन सक्ने भन्दै शनिबार गाडीरहित सार्वजनिक बिदाको घोषणा गर्न प्रस्ताव गरेको हो । यस्तै निगमले सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारी साधनहरू बाहेक सरकारी तथा नीजि सवारी साधन जोर बिजोर प्रणालीमा संचालन गर्न पनि प्रस्ताव गरेको छ ।

Read More

काठमाडौं – अमेरिकासहितको भ्रमण पूरा गरी स्वदेश फर्किएका प्रधानसेनापति प्रभुराम शर्मालाई जंगीअड्डामा औपचारिक रुपमा स्वागत गरिएको छ । प्रधानसेनापति शर्मा आइतबार स्वदेश फर्किए पनि सोमबार औपचारिक रुपमा जंगीअड्डा स्वागत गरिएको हो । लेवनान, सिरिया, अमेरिका तथा राष्ट्रसंघीय मुख्यालयको दुई साता लामो भ्रमण पूरा गरी स्वदेश फर्किएका उनलाई सोमबार बिहान सैनिक मुख्यालय जंगीअड्डामा सेनाको गार्ड अफ अनरसहित स्वागत गरिएको हो । भ्रमणका क्रममा प्रधानसेनापति शर्माले अमेरिकी रक्षा मन्त्रालयका अधिकारी र अमेरिकी उच्च सैनिक अधिकारी तथा न्युयोर्कमा संयुक्त राष्ट्रसंघका उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका थिए ।

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप ४० जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ३ हजार १० नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो । मन्त्रालयका अनुसार उक्त अवधिमा १९ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घन्टामा देशभर १ लाख ४४ लाख ६६६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेको अवस्थामा नेपालमा ३ सय ४८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

Read More