Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप २९ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १७३० नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो । मन्त्रालयका अनुसार गत २४ घन्टामा १७ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो गतिमा देखिएको छ । अहिलेको अवस्थामा देशभर १९२ जना सक्रिय संक्रमित पुगेको पनि मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले यही संसद्बाट नै नागरिकता विधेयक पास गर्ने तयारी भइरहेको बताएका छन् । आइतबार काठमाडौँमा संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय समिति अभ्यास’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। कार्यक्रममा उनले नागरिकता विधेयकको विषयमा प्रधानमन्त्री र प्रमुख राजनीतिक दलसँग निरन्तर छलफल भइरहेको पनि जानकारी दिए । नागरिकता विधेयक संसद्बाट पास हुन नसक्दा युवाहरूले सुनौलो अवसर गुमाइरहेको पनि उनले बताए । उनले युवाहरूलाई नागरिकता दिन नसक्दा देशलाई ठुलो क्षति भएको र नागरिकता नपाएकालाई अन्याय भएको बताएका थिए ।

Read More

महेन्द्रनगर – आर्थिक ममिला तथा योजनामन्त्री प्रकाशबहादुर रावलले यही असार १ गते सुदूरपश्चिम प्रदेशसभामा प्रस्तुत गरेको ३६ अर्ब ७४ करोड बराबरको अगामी आर्थिक वर्ष २०७९//८० को बजेटमाथिको छलफल अझै अघि बढ्न सकेको छैन । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेटमा सत्ता र प्रतिपक्षी प्रदेशसभा सदस्यले असन्तुष्टि व्यक्त गरेपछि प्रदेशसभाको बैंठक अनिश्चित बन्न पुगेको हो । सत्तारुढ गठबन्धनमा रहेका दल, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले संशोधनको माग गरेपछि प्रदेशसभाको बैठक बस्न सकेको छैन । प्रदेश सरकारले विचौलियाको प्रभावमा परेर वित्तीय अनुशासनलाई उल्लङ्घन गरी बजेट ल्याएको भन्दै अधिकांश प्रदेशसभा सदस्यले बजेट संशोधनको माग…

Read More

काठमाडौं – सांसद प्रमोद साहले नागरिकता विधेयक ल्याउन र लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले लामो समय संसदीय समितिमा छलफल भएको नागरिकता विधेयक ल्याउन माग गरेका हुन् । तराई मधेश क्षेत्रमा भएको आन्दोलनको विषयमा छानबिन गर्न गठित गिरिषचन्द्र लाल नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन पनि सार्वजनिक गर्न उनको माग छ । सो प्रतिवेदन सार्वजनिक गर्न ६ असोज २०७३ मै तत्कालीन सभामुखबाट रुलिङ भएको स्मरण गराउँदै उनले प्रश्न गरे, ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने छ र ?’ तराई मधेशमा भएका आन्दोलनका क्रममा भएको धनजनको क्षति विवरण समेटिएको प्रतिवेदन सार्वजनिक नगरेको…

Read More

काठमाडौँ – नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लगाएको महाअभियोग प्रस्ताव समितिमा पठाउन माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै अधिकारीले महाअभियोग प्रस्ताव संसदीय समिति लगेर छानबिन नगरिए त्यो संविधानको दुरुपयोग हुने बताए । उनले भने, ‘प्रधानन्यायाधीश सिंहदरबारको एउटा र सर्वोच्चको अर्को भएको जनगुनासो छ । महाअभियोगको प्रस्ताव समितिमा नलैजानु हाम्रो असक्षमता हो । यसको साझी प्रतिनिधिसभा हुनुहुँदैन । आजै समितिमा लगैर छानबिन र सुनुवाइ होस्, अन्यथा संविधानको चरम दुरुपयोग भएको ठहर हुनेछ ।’

Read More

काठमाडौं – नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन । आलेले शुक्रबार आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए । त्यसै अनुसार अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएको आले निकट स्रोतले बतायो । मन्त्री आलेले आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्ने तयारी समेत गरेका छन् ।

Read More

काठमाडौं – सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । पेट्रोलियमको मूल्य घटेसँगै सार्वजनिक सवारीको भाडा घटाएको हो । यात्रुबाहक सवारीको ५.४१ प्रतिशत , पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटेको छ । सरकारले शनिबार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ मूल्य घटाएको थियो ।

Read More

काठमाडौं – कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले न्यायाधीशको नियुक्ति राजनीतिक भागबण्डाभन्दा पनि निष्पक्ष र स्वतन्त्ररुपमा योग्यता तथा क्षमताका आधारमा हुनुपर्ने बताएका छन्। राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै विकृति र विसङ्गतिको सुरुआत न्यायाधीश नियुक्तिबाटै हुने गरेको प्रस्ट पारे । मन्त्री कोइरालाले भने, ‘हामीले न्यायाधीश नियुक्ति गर्दा योग्यता, क्षमता र उसको निष्पक्षता, उसले आजसम्म गरेर आएको कामका आधारमा न्यायाधीशका निम्ति योग्य छ कि छैन भन्ने आधारमा हेरेनौँ, मेरो मान्छे र तेरो मान्छे भनेर न्यायाधीशको नियुक्ति ग¥यौँ, त्यसले गर्दा पटकपटक न्यायपालिकाभित्र राजनीतिक नियुक्त भयो भन्ने टिप्पणी आयो,…

Read More

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा लागूपदार्थ दुर्व्यसनी चुनौतीको रुपमा अघि बढिरहेको बताएका छन् । आज (आइतबार) काठमाडौँमा आयोजित लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले यस्तो बताएका हुन् । उनले लागूपदार्थको दुर्व्यसनको कारणले समाजलाई गम्भीर असर पारेको पनि बताए । मन्त्री खाँणले लागूऔषधको गम्भीर असर सबैभन्दा बढी युवा पुस्तामा परिरहेको बताए । उनले युवा पुस्तालाई दुर्व्यसनबाट कसरी बचाउने भन्ने कुरा सरकार र समाज सबैको दायित्व भएको बताए । गृहमन्त्री खाँणले लागूऔषध दुर्व्यसनीलाई कम गर्न सरकार संवेदनशील रहेको बताए । उनले युवा पुस्ताको भविष्य सुन्दर बनाउन सरकारले आगामी दिनमा जन जागरुकताका कार्यक्रम ल्याउनुपर्ने, पाठ्यपुस्तकमा…

Read More

काठमाडौं – क्यान्सर पीडित शम्भु तामाङलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्पतालमै पुगेर भेटेका छन्। कम उमेरमा सगरमाथाको आरोहण गरेर कीर्तिमानी कायम गरेका तामाङलाई प्रचण्डले आज बिहान ललितपुरको हरिसिद्धि स्थित क्यान्सर अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। प्रचण्डले तामाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य उपचारमा सरकारी सहयोग उपलब्ध गराउन पहल गर्ने बताएको सचिवालयले जनाएको छ। सन् १९७३ मा तामाङले सगरमाथाको आरोहण गरेका थिए। सिन्धुपाल्चोक घर भएका तामाङ महाराजगञ्ज बस्छन्।

Read More