Author: महेन्द्रनगर पोष्ट

बन्दैछ : प्रधानमन्त्री देउवा काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिडका कारण ठप्प बनेको पर्यटन क्षेत्र विस्तार चलायमान बन्न थालेको बताएका छन् । उनले पर्यटन क्षेत्रको प्रवर्द्धन र पर्यटकहरूको आगमन बढाउनका लागि पर्यटन प्रवर्द्धन गर्न कार्यक्रमहरू ल्याउन निजी क्षेत्रसँग आव्हान गरे । भृकुटीमण्डपमा नेपाल चेम्बर अफ कमर्सले गरेको ‘नेपाल चेम्बर एक्स्पो–२०२२’ को समुद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्ता एक्स्पोहरूमा नेपालको पर्यटन प्रवर्द्धनबारे थप प्रचार प्रसार हुने खालका गतिविधिलाई समेत समावेश गर्न सुझाव दिए । उनले चेम्बर अफ कमर्सले नेपालको समग्र आर्थिक विकासमा थप योगदान पुर्‍याउने किसिमका गतिविधि गर्ने विश्वास व्यक्त गरे । बिहीबारदेखि सुरू भएको एक्स्पो आगामी सोमबारसम्म चल्नेछ ।

Read More

काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओली सरकारको पालामा अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’(एसपिपी) सम्झौता नभएको बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा पोखरेलले ओली सरकारको पालामा एसपिपी भएको भन्ने सत्तारूढ दलका नेताको अभिव्यक्ति भ्रामक रहेको भन्दै आपत्ति जनाए। ओली सरकारको पालामा एसपिपी भएको भन्ने सत्तारूढ दलका नेताको अभिव्यक्ति एमालेविरुद्ध रचिएको षड्यन्त्रको रूपमा रहेको भन्दै उनले यसलाई पुष्टि गर्न चेतावनीसमेत दिए। पुष्टि गर्न नसक्ने हो भने आफ्नो अभिव्यक्तिप्रति माफी माग्नुपर्ने पोखरेलको माग छ। सन् २०१५ र २०१७ मा प्रस्तावमा आउन सुशील कोइराला र शेरबहादुर देउवा प्रधानमन्त्री रहेको भन्दै उनले केपी ओली नेतृत्वको सरकारको पालामा आफू रक्षामन्त्री रहेकाले यस्तो कुनै…

Read More

काठमाडौं – नेकपा एमालेले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिलाई आजबाट दिने दुई दिने प्रशिक्षण सुरु भएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित प्रशिक्षण कार्यक्रमको नेकपा एमाले अध्यक्ष केपी ओलीले सम्बोधन गरेका छन् । प्रशिक्षण कार्यक्रममा देशभरबाट पार्टीको प्रतिनिधित्व गरी निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख सहभागी रहेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले प्रशिक्षण दिने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेबाट २०५ जना पालिका प्रमुख र २४० जना उपप्रमुखहरु निर्वाचित भएका छन् ।

Read More

धनगढी – नक्कली नोट छाप्ने गरेको आरोपमा कैलाली प्रहरीले एक जना फोटो स्टुडियो सञ्चालकलाई पक्राउ गरेको छ । प्रहरीले धनगढी उपमहानगरपालिका–८ स्थित बी युनिक फोटो स्टुडियोका सञ्चालक २१ वर्षीय रामदास रानालाई फोटो स्टुडियोमा नक्कली नोट छाप्ने गरेको आरोपमा पक्राउ गरेको हो । यसैगरी, हजारको एक थान नक्कली नोटसहित सोही ठाउँका १८ वर्षीय अनुराग रानालाई पनि पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अनुरागले धनगढीको मायामेट्रो अस्पतालमा एक हजारको नक्कली नोट दिंदा जाली नोट छाप्ने गरेको तथ्य पत्ता लागेको हो । बुधबार साँझ अनुरागले चलाएको लु८५ प५१८४ नम्बरको मोटरसाइकलले धनगढी उपमहानगरपालिका–५ हसनपुरका १६ वर्षीय टेकबहादुर छेडाललाई ठक्कर दिएपछि दुवै…

Read More

काठमाडौं – सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ । बुधबारको तुलनामा बिहीबार तोला ८०० रुपैयाँले बढेर ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार प्रतितोला ९६ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० कायम गरिएको छ । त्यस्तै चाँदीको मुल्य भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

दमौली – पृथ्वीराजमार्ग अन्तरगत तनहुँको आबुखैरेनी गाउँपालिका वडा नं. ४ रुवाखोलाको पुलबाट टिपर खस्दा चालकको मृत्यु भएको छ । मुग्लिनबाट आबुँखैरेनी जाँदै गरेको ग १ क ४४६९ नम्बरको मिनि टिपर दुर्घटनामा सोही टिपरका चालक म्याग्दे–६ मनपाङ निवासी ४७ वर्षीय रामबहादुर दमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले जानकारी दिए । दुर्घटनामा घाइते दमैको उपचारका क्रममा चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले बजेट पारित हुनासाथ पार्टीबाट सहभागी हुने मन्त्री हेरफेर गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । यसअघि पार्टी सचिवालयले मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो । सो निर्णयलाई आज बसेको स्थायी कमिटीले अनुमोदन गरेको उहाँले बताउनुभयो । “उचित समयमा बजेटको काम सकिएपछि हामीले नयाँ मन्त्री पठाउनेछौँ”, उहाँले भन्नुभयो । यस्तै बैठकले राष्ट्रिय हितमा प्रतिकूल पार्ने कुनै पनि किसिमका सन्धि सम्झौता गर्न नदिने र सरकारले त्यो कुरामा सजक गराइने निर्णयसमेत गरेको उहाँले जानकारी दिनुभयो । पार्टीले…

Read More

रौतहट – सशस्त्र प्रहरीले रौतहटको सीमावर्ती क्षेत्र बंकुल चौकबाट नेपाली र भारु नक्कली नोटसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट सरमुजवाको टोलीले आज बिहान भारत गोरखपुर घर भएका २३ वर्षीय सन्जय सक्सेनालाई नक्कली नोटसहित पक्राउ गरेको हो । पक्राउ परेका सक्सेनाको साथबाट नेपाली एक हजार दरका ५० थान, भारु २ हजार दरका २३ थान र भारु ५ सय दरकख १० थान नक्कली नोट बरामद भएको सशस्त्र प्रहरी छिनमस्ता बाहिनी बर्दिबासका प्रमुख डिआईजी गणेश ठाडा मगरले बताए ।

Read More

सुर्खेत – सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले बिहान ८ बजेदेखि सेवा सुरु गरेको छ । राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको सङ्ख्या बढेपछि बिहानैदेखि सेवा दिन थालिएको सहायक प्रमुख जिल्ला अधिकारीले बताए । यहाँ पछिल्लो समय राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्या बढेको छ । राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि राष्ट्रिय परिचयपत्र बनाउने बढेका हुन् ।

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्न लाग्यो भनेर राष्ट्रवादको झुटो प्रचार भइरहेको बताएका छन् । रितबहादुर खड्का स्मृति दिवसका अवसरमा पेरिस डाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले अमेरिकासँग सैन्य सम्झौता हुँदैछ भन्ने प्रचार झुटो रहेको र त्यो कुनै पनि हालतमा नहुने दाबी गरेका छन् । प्रचण्डले भने, ‘अहिले राष्ट्रवादको झुटो र पाखण्डी प्रचार हुँदैछ । हिजो जसले आत्मसमर्पण गरेर आज उनीहरू नै एसपीपी हुँदैछ रे भनेर भइनै सक्यो जसरी प्रचार गर्दै छन्, त्याचे बिल्कुल झुटो हो । गठबन्धनमा भएको छलफलमा त्यस्तो कुनै सम्झौता भएको छैन र हुँदैन भनेर प्रधानमन्त्रीले भन्नुभएको छ…

Read More