Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – बजेट निर्माणमा खेताला विज्ञकाे सहयाेग लिने अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले सांसद योगेश भट्टराईले मध्यराति पूर्वनासुलाई मन्त्रालयमा लगेर करको दररेट परिवर्तन गराउने अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने बताएका हुन् । सोमबार सञ्चारमाध्यममा बजेट ल्याउने अघिल्लो दिन १४ जेठको मध्यरातमा अर्थमन्त्री शर्माले पूर्वनासुलाई मन्त्रालयमा लगेर करको दररेट परिवर्तन गरेको समाचार आएपछि संसदमा प्रतिपक्षी दल एमालेले अर्थमन्त्रीले राजीनामा मागेको हो । बेलायती संसद र अर्थमन्त्रीको राजीनामा प्रकरण उल्लेख गर्दै सांसद भट्टराईले सोही विषय नेपालमा लागू हुन्छ कि हुँदैन भन्दै अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने बताए । यसबारे सदन, सांसद, प्रधानमन्त्रीसहित सबैका ध्यानाकर्षण हुनुपर्ने उनको भनाइ छ ।

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय र प्रदेश सभा चुनावको तयारी भइरहेको बताएका छन् । कात्तिक मसान्त वा मङ्सिर पहिलो साता संघीय र प्रदेश सभा चुनाव हुने भएकोले तयारी गर्न उनले नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । आज (सोमबार) बर्दिया पुगेका उनले पत्रकारहरूसँग कुराकानी गर्दै स्थानीय चुनावजस्तै एकै चरणमा संघीय र प्रदेशको चुनाव गर्ने तयारी रहेको बताए । ‘संघीय र प्रदेशको चुनावको तयारीमा छौँ । कात्तिक मसान्त वा मङ्सिर पहिलो साता चुनाव गर्ने गरी सत्ता गठबन्धनमा छलफल भइरहेको छ,’ उनले भने, ‘प्रतिपक्षको कुरा पनि यही समयमा चुनाव गर्ने भन्ने छ ।’ उनले एकै चरणमा चुनाव…

Read More

काठमाडौं – रासायनिक मलको अभाव भएको बारेमा नेकपा एमालेका सांसदहरूले पेस गरेको प्रस्तावमाथि छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले २ घण्टाको समय छुट्याएका छन्। प्रतिनिधि सभाको बैठकमा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले रासायनिक मलको विषयमा छलफल गर्न भन्दै प्रस्ताव पेस गरेका थिए । भट्टराईले प्रस्ताव पेस गरेपछि सभामुखले छलफलका लागि २ घण्टाको समय निर्धारण गरेका हुन् । संसदमा आगामी आर्थिक वर्षको बजेटमाथि विषयगत छलफल गर्ने नियमित कार्यसूची स्थगित गरेर २ घण्टा मलको आपूर्तिका सन्दर्भमा छलफल हुन लागेको छ । एमालेका १५ सांसदले संघीय संसद् सचिवालयमा मलको विषयमा छलफल गर्ने प्रस्ताव दर्ता गराएका थिए। धान रोप्ने समय सुरु भइसक्दा…

Read More

काठमाडौं – गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूले गेटा मेडिकल कलेजलाई मेडिकल राष्ट्रिय चिकित्सा विश्वविद्यालयका रूपमा अगाडि बढाउने तर्फ सरकारको ध्यान जानुपर्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका हुन् । कैलालीमै रहेको सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, बयलपाटा अस्पताल र डडेलधुरामा रहेको सङ्घीय अस्पतालका अन्य जिल्ला अस्पतालहरूलाई समेत विश्वविद्यालय अन्तर्गत आङ्गिक मेडिकल संस्थानका रूपमा सञ्चालन गर्न सकेमा त्यसले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा ठुलो फड्को मार्ने देखिएको उनीहरूको भनाई छ । राष्ट्रिय चिकित्सा विश्वविद्यालय, गेटाको आवश्यकताबारे उनीहरूले विभिन्न सात वटा कारणहरू दर्साएका छन् । प्रस्तावित गेटा मेडिकल कलेजलाई स्तरोन्नति गरेर…

Read More

काठमाडौं – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज पाँच दिने भ्रमणका लागि रुस प्रस्थान गरेका छन् । रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारिक निमन्त्रणामा मन्त्री गहतराज मन्त्रालयका सचिव दामोदर रेग्मी सहित आज(सोमबार) बिहान रुस प्रस्थान गरेका हुन् । रुस र युक्रेनबीच लडाइँ जारी रहँदा युक्रेनको पक्षमा विज्ञप्ति नै जारी गरेका प्रधानमन्त्री शेरबहादुर देउवाको अनुमतिमा नै मन्त्री गहतराज रुस जानुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । रुस प्रस्थान गर्नुभन्दा अघि मन्त्री गहतराजले खेलकुद कूटनीति मार्फत नेपाल-रुसको ६६ वर्ष पुरानो सम्बन्ध सुधारमा भूमिका खेल्ने बताए । मन्त्री गहतराजले रुस सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनसँग औपचारिक भेट गर्ने कार्यक्रम छ ।…

Read More

काठमाडौं – प्रमुख प्रतिपक्षी एमालेले संसद्मा स्थगनको प्रस्ताव दर्ता गराएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित १५ सांसदले संसद्मा जारी बजेटमाथिको छलफल रोकेर मलको बारेमा छलफल गर्नुपर्‍यो भन्दै स्थगनको प्रस्ताव दर्ता गराएका हुन् । किसानहरूले समयमा मल नपाएको र सरकार त्यस विषयमा गम्भीर नभएको भन्दै एमालेले स्थगनको सूचना संसद् सचिवालयलाई दिएको छ । उक्त प्रस्तावमाथि संसद्मा छलफल हुने भएको छ । स्थगन प्रस्ताव स्वीकृत भए संसद्मा उक्त प्रस्तावमाथि छलफल हुनेछ भने मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यक्रम स्थगित हुने संसद् सचिवालयका अधिकारीले बताएका छन् ।संसद् सचिवालयले उक्त प्रस्तावलाई आजको प्रतिनिधिसभा बैठकको कार्यसूचीको १ नम्बरमा राखेको छ…

Read More

काठमाडौं – आज साताको दोस्रो कारोबार दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ । आइतबारको तुलनामा सोमबार तोलामा ३ सय रुपयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आइतबार प्रतितोला ९९ हजार २०० रुपैयाँकिनबेच भएको सुन सोमबार ९८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुनको मूल्य भने प्रतितोला ९८ हजार ४०० रुपैयाँ कायम गरिएको छ। चाँदीको मूल्य भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ पनि १५ रुपैयाँले घटेको छ।

Read More

काठमाडौंः बारामा पुलबाट मोटरसाइकल खस्दा दुई जनाको मृत्यु भएको छ। महागढीमाई नगरपालिका वडा नम्बर ८ थलही पुलस्थित हुलाकी राजमार्ग सडकखण्डमा बरियापुरबाट लंगडाचोक जाँदै गरेको मोटरसाइकल आइतबार बेलुकी साढे १० बजे पुलबाट खसेको हो। मोटरसाइकल चालक सुवर्ण गाउँपालिका वडा नम्बर ७ सनफुल्वाका ३५ वर्षीय बिरूलाल यादव र भारत मोतिहारी पूर्वी चम्पारण समरपुर-२ का ३० वर्षीय मेवाचन्द्र राय यादवको मृत्यु भएको हो। प्र.०२-०३-००४ प ७९३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलबाट करिब २५ फिट तल खसेको प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए। पुलबाट मोटरसाइकल खस्दा दुई जना गम्भीर घाइते भएका थिए। कलैया अस्पतालमा उपचारका लागि पठाइएकोमा गए राति दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको…

Read More

काठमाडौंः स्थानीय तह निर्वाचनको समीक्षा र भावी रणनीति तय गर्न नेकपा (एमाले) को सचिवालय बैठक आज दिउँसो बस्दैछ। च्यासलस्थित पार्टीको कार्यालयमा आज दिउँसो १ बजे बस्ने सचिवालय बैठकमा गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीको अवस्थाको समीक्षा, निर्वाचित जनप्रतिधिलाई प्रशिक्षण, केन्द्रीय विभागमा पूर्णता, भावी रणनीतिलगायत विषयमा छलफल हुने जनाइएको छ। आजको बैठकले पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठक पनि तय गर्नेछ। एमालेको सचिवालयमा अध्यक्षसहित १७ पदाधिकारी रहनेछन्।

Read More

काठमाडौं – आर्थिक वर्ष २०७९/८० को बजेटमाथि प्रतिनिधि सभा सदस्यहरुले उठाएका प्रश्नको आज सम्बन्धित मन्त्रीहरुले जवाफ दिंदै छन् । आइतबार बजेटमा मन्त्रालयगत छलफल सकिएकाले आज सम्बन्धित मन्त्रीहरुले जवाफ दिन लागेका हुन् । प्रतिनिधि सभाको बैठक आज जेठ ३० गते बिहान ११ बजेदेखि सुरु भएको छ । संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा आज ८ मन्त्रीहरुले जवाफ दिने कार्यक्रम छ । संघीय संसदका महासचिव डा। भरतराज गौतमका अनुसार आज कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, शहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र कृषि तथा…

Read More