काठमाडौं – प्रमुख प्रतिपक्षी एमालेले संसद्मा स्थगनको प्रस्ताव दर्ता गराएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित १५ सांसदले संसद्मा जारी बजेटमाथिको छलफल रोकेर मलको बारेमा छलफल गर्नुपर्यो भन्दै स्थगनको प्रस्ताव दर्ता गराएका हुन् ।
किसानहरूले समयमा मल नपाएको र सरकार त्यस विषयमा गम्भीर नभएको भन्दै एमालेले स्थगनको सूचना संसद् सचिवालयलाई दिएको छ । उक्त प्रस्तावमाथि संसद्मा छलफल हुने भएको छ ।
स्थगन प्रस्ताव स्वीकृत भए संसद्मा उक्त प्रस्तावमाथि छलफल हुनेछ भने मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यक्रम स्थगित हुने संसद् सचिवालयका अधिकारीले बताएका छन् ।संसद् सचिवालयले उक्त प्रस्तावलाई आजको प्रतिनिधिसभा बैठकको कार्यसूचीको १ नम्बरमा राखेको छ ।
Facebook Comments Box