Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले राज्य साझेदारी कार्यक्रम स्टेट पाटर्नससिप प्रोग्राम (एसपीपी) कार्यान्वयन भए नेपाल अमेरिकी सेनाको अखडा बन्ने दाबी गरेका छन् । बिहीबार काठमाडौंमा भएको पूर्व सुरक्षाकर्मी सुरक्षा परिषदको पत्रकार सम्मेलनमा बोल्दै पूर्वरक्षामन्त्री समेत रहेका रावलले भने, ‘यदि त्यो दिशामा गयो भने नेपाल अमेरिकी सेनाको अखडा हुन्छ । नेपालको संविधान मिचिन्छ । नेपालको स्वतन्त्र परराष्ट्र नीति ध्वस्त हुन्छ र नेपाल आजको प्रतिस्पर्धी विश्वमा एशिया प्रशान्त क्षेत्रको भुमरीमा फस्छ ।’ नेता रावलले एसपीपी सम्झौताले नेपालको अस्मिता र अस्तित्वमा नै खतरा पैदा हुने भन्दै राष्ट्रवादी नेपाली जनता सचेत हुन जरुरी रहेको बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिबिना…

Read More

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता रमेश लेखकले एसपीपी सम्झौताबारे कुन सरकारको पालामा के के भएको हो? वर्तमान सरकारले त्यो सबै कुरा बाहिर ल्याउनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा नेता लेखकले भने, ‘हिजोमात्रै अमेरिकी दूतावासले सन् २०१५ र २०१७ मा नेपालले आग्रह गरेको र सन् २०१९ मा स्विकृत भएको भन्ने कुरा बाहिर ल्याएको छ । नेपाली सेनाले यसमा संलग्न नभएको कुरा स्पष्ट पारेको छ । एसपीपी २०१९ मा यो स्विकार भएको हो भने त्यो बोलामा पनि सरकार थियो होला, कसको पालामा के भएको हो ? भन्ने कुरा अहिलेको सरकारले छानबिन गर्नुपर्छ । २०१९ मा स्वीकार भएको हो भने…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा कार्यव्यस्तताको कारण देखाउँदै संसदमा अनुपस्थित भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षामन्त्रालय, राष्ट्रपति र उपराष्ट्रपति कार्यालय तथा राष्ट्रिय योजना आयोगका लागि विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री देउवाको सट्टा गृहमन्त्री बालकृष्ण खाँणले दिइरहेका छन् । प्रतिनिधिसभाको आज ९बिहीबार०को बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट संसद्लाई प्रधानमन्त्री देउवा कार्यव्यस्तताले उपस्थित हुन नसक्ने पत्र आएको जानकारी गराएका थिए । नेमकिपाका सांसद प्रेम सुवालले प्रधानमन्त्री देउवा बिरामी वा विदेश भ्रमणमा रहेको अवस्थामा मात्रै अरुले जवाफ दिनुपर्ने माग गरेका थिए । उनले त्यसबारे जानकारी माग गरेका थिए । सभामुखले भने विगतको अभ्यास र प्रधानमन्त्री कार्यालयको…

Read More

काठमाडौं – नेकपा एमालेले प्रतिनिधिसभाको बैठक बहिस्कार गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेर एमालेका सांसदहरु बैठक स्थलबाट बाहिरिएका छन्। बजेट निर्माणका क्रममा १४ जेठको मध्यराति अर्थ मन्त्रालयमा दुई जना अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर अर्थमन्त्रीले करको दर परिवर्तन गरेको विषयलाई लिएर एमालेले बैठक बहिस्कार गरेको हो। सो घटनाको छानबिनका लागि संसदीय समिति गठन र सो दिनको मन्त्रालयको सीसीटिभी फुटेज सार्वजनिक गर्न माग गरेको र सुनुवाइ नभएको भन्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले बैठकको बाँकी कामकारबाहीमा आफ्नो पार्टी सहभागी हुन नसक्ने सभामुख अग्निप्रसाद सापकोटालाई जानकारी गराए। यसपछि प्रमुख प्रतिपक्षी दल एमालेका सांसद बैठकबाट बाहिरिए। एमालेका सांसद बाहिरिए पनि सभामुख सापकोटाले…

Read More

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट बनाउँदा कायम गरिएका राजश्वका दर हेरफेर आवश्यक प्रक्रिया अनुसार नै गरिएको बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले सम्बन्धित विभागीय प्रमुख र सचिवहरू बसेर निर्धारण गर्ने प्रचलन छ । र, सोहीअनुसार करका दरहरू हेरफेर गरिएको शर्माले बताएका हुन् । ‘राजश्वका दररेटहरूमा भएको परिवर्तनमा म पूर्ण जिम्मेवार छु । राष्ट्रघात भएको भए र कतै गद्दारी भएको भए त्यसको जिम्मेवारी लिन म तयार छु,’ अर्थमन्त्री शर्माले भने, ‘डलरको सञ्चितीलाई ध्यान दिएर र औद्योगिक उत्पादन बचाउनतर्फ अग्रसर भएर नै राजश्वका दर हेरफेर गरिएको छ ।’

Read More

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा पराजित हुनुको कारण आफ्नै पार्टीभित्रको अन्तर्घातले भएको बताएका छन् । आज (बिहीबार) काठमाडौँका जनप्रतिनिधिसँगको अभिमुखीकरण कार्यक्रममा उनले पार्टीभित्रै सकुनीहरु निस्केको टिप्पणी गरे । ‘हाम्रा विरोधीले केही गर्न सक्ने थिएनन्, हामी त झन्डै दुई तिहाइमा थियौँ’ उनले भने, ‘तर हाम्रैभित्रबाट सकुनीहरु निस्किए, मिरजाफरहरु निस्किए र मिरकासिमहरु निस्किए ।’ उनले अङ्ग्रेजले बङ्गाल आक्रमण गर्दा बङ्गालका सेनापति मिरजाफर र मिरकासिमले अङ्ग्रेजलाई सहयोग गरेको उदाहरण दिए । ओलीले साढे दुई सय मत बढाउन सकेको भए थप ८८ सिटमा जित हासिल गर्ने दाबी गरे । उनले १९ वटा पालिकामा १०० भन्दा कमले, १८ वटा…

Read More

बन्दैछ : प्रधानमन्त्री देउवा काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिडका कारण ठप्प बनेको पर्यटन क्षेत्र विस्तार चलायमान बन्न थालेको बताएका छन् । उनले पर्यटन क्षेत्रको प्रवर्द्धन र पर्यटकहरूको आगमन बढाउनका लागि पर्यटन प्रवर्द्धन गर्न कार्यक्रमहरू ल्याउन निजी क्षेत्रसँग आव्हान गरे । भृकुटीमण्डपमा नेपाल चेम्बर अफ कमर्सले गरेको ‘नेपाल चेम्बर एक्स्पो–२०२२’ को समुद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्ता एक्स्पोहरूमा नेपालको पर्यटन प्रवर्द्धनबारे थप प्रचार प्रसार हुने खालका गतिविधिलाई समेत समावेश गर्न सुझाव दिए । उनले चेम्बर अफ कमर्सले नेपालको समग्र आर्थिक विकासमा थप योगदान पुर्‍याउने किसिमका गतिविधि गर्ने विश्वास व्यक्त गरे । बिहीबारदेखि सुरू भएको एक्स्पो आगामी सोमबारसम्म चल्नेछ ।

Read More

काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओली सरकारको पालामा अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’(एसपिपी) सम्झौता नभएको बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा पोखरेलले ओली सरकारको पालामा एसपिपी भएको भन्ने सत्तारूढ दलका नेताको अभिव्यक्ति भ्रामक रहेको भन्दै आपत्ति जनाए। ओली सरकारको पालामा एसपिपी भएको भन्ने सत्तारूढ दलका नेताको अभिव्यक्ति एमालेविरुद्ध रचिएको षड्यन्त्रको रूपमा रहेको भन्दै उनले यसलाई पुष्टि गर्न चेतावनीसमेत दिए। पुष्टि गर्न नसक्ने हो भने आफ्नो अभिव्यक्तिप्रति माफी माग्नुपर्ने पोखरेलको माग छ। सन् २०१५ र २०१७ मा प्रस्तावमा आउन सुशील कोइराला र शेरबहादुर देउवा प्रधानमन्त्री रहेको भन्दै उनले केपी ओली नेतृत्वको सरकारको पालामा आफू रक्षामन्त्री रहेकाले यस्तो कुनै…

Read More

काठमाडौं – नेकपा एमालेले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिलाई आजबाट दिने दुई दिने प्रशिक्षण सुरु भएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित प्रशिक्षण कार्यक्रमको नेकपा एमाले अध्यक्ष केपी ओलीले सम्बोधन गरेका छन् । प्रशिक्षण कार्यक्रममा देशभरबाट पार्टीको प्रतिनिधित्व गरी निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख सहभागी रहेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले प्रशिक्षण दिने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेबाट २०५ जना पालिका प्रमुख र २४० जना उपप्रमुखहरु निर्वाचित भएका छन् ।

Read More

धनगढी – नक्कली नोट छाप्ने गरेको आरोपमा कैलाली प्रहरीले एक जना फोटो स्टुडियो सञ्चालकलाई पक्राउ गरेको छ । प्रहरीले धनगढी उपमहानगरपालिका–८ स्थित बी युनिक फोटो स्टुडियोका सञ्चालक २१ वर्षीय रामदास रानालाई फोटो स्टुडियोमा नक्कली नोट छाप्ने गरेको आरोपमा पक्राउ गरेको हो । यसैगरी, हजारको एक थान नक्कली नोटसहित सोही ठाउँका १८ वर्षीय अनुराग रानालाई पनि पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अनुरागले धनगढीको मायामेट्रो अस्पतालमा एक हजारको नक्कली नोट दिंदा जाली नोट छाप्ने गरेको तथ्य पत्ता लागेको हो । बुधबार साँझ अनुरागले चलाएको लु८५ प५१८४ नम्बरको मोटरसाइकलले धनगढी उपमहानगरपालिका–५ हसनपुरका १६ वर्षीय टेकबहादुर छेडाललाई ठक्कर दिएपछि दुवै…

Read More