काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट बनाउँदा कायम गरिएका राजश्वका दर हेरफेर आवश्यक प्रक्रिया अनुसार नै गरिएको बताएका छन् ।
आज प्रतिनिधिसभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले सम्बन्धित विभागीय प्रमुख र सचिवहरू बसेर निर्धारण गर्ने प्रचलन छ । र, सोहीअनुसार करका दरहरू हेरफेर गरिएको शर्माले बताएका हुन् ।
‘राजश्वका दररेटहरूमा भएको परिवर्तनमा म पूर्ण जिम्मेवार छु । राष्ट्रघात भएको भए र कतै गद्दारी भएको भए त्यसको जिम्मेवारी लिन म तयार छु,’ अर्थमन्त्री शर्माले भने, ‘डलरको सञ्चितीलाई ध्यान दिएर र औद्योगिक उत्पादन बचाउनतर्फ अग्रसर भएर नै राजश्वका दर हेरफेर गरिएको छ ।’
Facebook Comments Box