Author: महेन्द्रनगर पोष्ट

बझाङ- बझाङका पत्रकार कर्ण धामीमाथि कुटपिट भएको छ। रेडियो जयपृथ्वी एफएममा कार्यरत धामीमाथि विहीबार राति ९ बजे कुटपिट भएको बताइएको छ। शुक्रबार एफएमले एक प्रेस विज्ञप्ति जारी गर्दै धामीमाथि कुटपिट भएको भन्दै दोषीलाई कारबाही गर्न माग गरेको छ । बिहीबार राति श्रद्धाञ्जली प्रसारण गराउन भनी आएका सुर्मा गाउँपालिका ४ का खडक बोहरा नाम बताउने व्यक्तिले धामीमाथि कुटपिट गरेको एफएमले प्रेस विज्ञप्तिमार्फत जनाएको छ। उनी मदिरा सेवन गरी एफएम स्टुडियोभित्र पसेका र श्रद्धाञ्जली छिटो प्रसारण गर्नुपर्छ भन्दै गालीगलौच र कुटपिट गरी ज्यान मार्ने धम्की समेत दिएको जनाइएको छ। श्रद्धाञ्जलीमा मृतकको नाम नभएको अवस्थामा सूचना दिने बोहरालाई पनि नाम थाहा नहुँदा अन्यत्र…

Read More

काठमाडौं- नेपाल वायुसेवा सञ्चालक सङ्घले एकमात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न असम्भव रहेको जनाएको छ । प्राधिकरणले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरिरहेको बेला सङ्घले व्यावसायिक उडानमा उक्त कदम उपयुक्त नहुने धारणा अगाडि सारेको हो । हेलिकोप्टरमा दुई पाइलट राख्नेबारे नागरिक उड्डयन प्राधिकरणले पाँच सदस्यीय प्राविधिक टोली गठन गरेर अध्ययन गरिरहेको छ । एक इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट राख्दा तलबमा धेरै रकम खर्च गर्नुपर्ने भएकाले कम्पनी धरासायी हुने नेपाल वायु सेवा सञ्चालक सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापा बताउनुहुन्छ । नौ सिट क्षमताभन्दा माथिका हेलिकोप्टरमा दुई पाइलट…

Read More

काठमाडौं- हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश देखि पूर्वी बंगलादेशसम्म पूर्व९पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ। हाल प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई प्रदेश १ को एक÷दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ। देशको बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र मधेश प्रदेशका एक वा दूई स्थानमा मेघ गर्जन र चट्याङ्ग र हावा हुरी सहित हल्का…

Read More

बैतडी- बैतडीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका ६ खिपालीका ४१ वर्षीय भानदेव अवस्थीको भिरबाट लडेर मृत्यु भएको हो । पाटन नगरपालिका ६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्टका अनुसार बिहीबार साँझ ७ बजेतिर खिपाली नजिकै रहेको बान्नरो भिर भन्ने स्थानबाट लडेका अवस्थीको घटनास्थलमै मृत्यु भएको हो।

Read More

डडेल्धुरा- डडेल्धुरामा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको गन्यापधुरा गाउँपालिका–३ सकायलस्थित डडेल्धुरा–दीपायल सडकखण्डमा गन्यापधुरा–३ कै अन्दाजी ४५ वर्षीय भल्लु दमाई मृत फेला परेका हुन् । उनको सवारी साधनको ठक्करबाट घटनास्थलमै मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। उनी गएराति साढे १२ बजेतिरको समयमा सडकमा मृत भेटिएका प्रहरीले बताएको छ। ठक्कर दिने सवारी साधन के हो भन्ने नखुलेको र खोजतलास भइरहेको जनाइएको छ। मृतक दमाईको मानसिक अवस्था ठिक नभएको बताइएको छ।

Read More

कैलाली- कैलालीमा जिल्ला समन्वय समिति गठनका कांग्रेस बाहिरै रहने देखिएको छ । समन्वय समिति नागरिक उन्मुक्ति पार्टी नेतृत्वमा माओवादी केन्द्र र नेकपा एमाले तालमेल गर्ने भएका छन्। स्थानीय तह निर्वाचनमा काँग्रेस र नेकपा एकीकृत समाजवादीसंग तालमेल गरेको माओवादी केन्द्रले जिल्ला समन्वय समितिको निर्वाचनमा एमाले र नागरिक उन्मुक्ति पार्टीसंग तालमेल गर्ने भएको हो। त्यसका लागि लिखित सहमति भएको एमाले कैलालीका उपाध्यक्ष दुर्गा जोशीले बताए। उनका अनुसार ३० गते हुने जिसस कैलालीको निर्वाचनमा अध्यक्षसहित दुई सदस्य नागरिक उन्मुक्ति पार्टीलाई, उपाध्यक्षसहित २ सदस्य एमालेलाई र ४ सदस्य माओवादी केन्द्रलाई दिने सहमति भएको छ छ । १३ स्थानीय तह रहेको कैलालीमा जिससको निर्वाचनका लागि…

Read More

काठमाडौं- रूसले युक्रेनको २० प्रतिशत भूभाग कब्जा गरेको यूक्रेनले दावी गरेको छ ।  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले बिहीबार यस्तो दाबी गरेका हुन् । “हाम्रो कुल भूभागको झण्डै २० प्रतिशत भूभाग रुसले कब्जा गरेको छ” उनले भने । उनले देशको पूर्वी सिमा क्षेत्रमा पृथकतावादीहरूले कब्जा गरिरहेकै ठाउँमा रूसले कब्जा गरेको बताए । यूक्रेनमा लामो समयदेखि आन्दोलनरत पृथकतावादीहरुलाई पहिले पनि रुसको सहयोग र समर्थन रहेको यूक्रेनले आरोप लगाउदै आएको छ । लक्जम्बर्गमा सांसदहरुलाई सम्बोधन गर्दै यूक्रेनी राष्ट्रपति जेलेनेस्कीले आफ्नो भूमि रक्षाका लागि आफुहरु सधैँ संघर्ष गरिरहनु पर्ने बताए । उनले निराश नहुन र कुनैपनि हालतमा पछाडि नहट्न सबैलाई आग्रह गरे ।

Read More

हेटौंडा हेटौडाबाट लोकसेवा र लाइसेन्सको जाँच दिने एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। लोकसेवा आयोगको प्रशासन लेखा सहायक चौथो तहको परीक्षाको परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका हुन्। लोकसेवाको सहायक चौथो तहको परीक्षामा महोत्तरीको साविक पोखभिण्डा गाविस बस्ने अभयकुमार यादवको परीक्षा दिइरहेका कास्कीको पोखरा महानगरपालिका–२ का ४२ वर्षीय दीपेन्द्रप्रसाद बास्ताकोटी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले बास्ताकोटीलाई नियन्त्रणमा लिएको हो। बस्ताकोटीको झोलाबाट प्रहरीले ५८ हजार ५ सय रुपैयाँ, अभयकुमार यादवको नामको नागरिकता, महोत्तरीकै सुजितकुमार साह, धनुषाका हीरा कुमारी, र विनोदकुमार महतोको नामको नागरिकता समेत बरामद गरेको छ।

Read More

महोत्तरी- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको श्री मावि एकडाराका अध्यक्ष र प्रधानाध्यापकलाई घुससहित नियन्त्रणमा लिएको छ । विद्यालयका प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवानलाई ५० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।

Read More

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकाले १ हप्ता भित्रमा गाउँपालिकामा जोखिममा रहेका सम्पूर्ण बालबालिकाको तथ्यांक अध्यावधिक गर्ने भएको छ । योसँगै वडा स्तरबाट योजना तर्जुमा गर्दा टुहुरा, अपांगता भएका, बिपन्न बालबालिकाको संरक्षणको लागि आवश्यक बजेट बिनियोजन गर्ने र पठनपाठनको अनिवार्य व्यवस्था मिलाउने, जोखिममा रहेका बालबालिकाको संरक्षकत्व ग्रहण गरेका अभिभावकहरुको लागि पालिकाले प्रथामिकतामा राखी सीपमूलक तालिम प्रदान गर्ने र जोखिममा रहेका बालाबालिकालाई सामाजिक सुरक्षा प्रणालीमा जोडन निशुल्क व्यवस्था मिलाउनेलगायतका ४ बुँदे प्रतिबद्धता गरिएको छ। युनिसेफ नेपालको सहयोगमा बास नेपालद्वारा बित्थड्चिर गाउँपालिकामा आयोजित सार्वजनिक सेवा प्रवाहमा जोखिममा रहेका बालबालिकाको सहभागीता विषयक १ दिने बैठकमा उक्त प्रतिबद्धता जाहेर भएको हो। बैठकमा रुपान्तरण अभियान संचालन भइरहेको…

Read More