Author: महेन्द्रनगर पोष्ट

कैलाली- धनगढी उपमहानगरपालिकाका ५ स्थित एक पसलमा चोरी भएको छ। बिहीबार राति उपमहानगर–४ स्थित सहिदगेट–क्याम्पस रोड सडकमा रहेका पसलहरुमा चोरी भएको हो। पसल पछाडिको भेन्टिलेसन तोडी भित्र गएर चोरी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। भट्ट होटलबाट नगद २८ हजार, चुरोट २६ वटा र वियर ५ वटा चोरी भएको छ। यस्तै अनिल गुरुङले सञ्चालन गरेको एसफोर स्टिगरबाट नगद ५० हजार चोरी भएको छ। यस्तै रिलायन्स स्टिगर एण्ड प्रिन्टिङबाट नगद १० हजार चोरी भएको र गंगा ईम्पेक्स र सुमित पौडेलको पसलमा चोरी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता जोशीले बताए।

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको ३०७० नमूनामा उक्त संख्यामा कोरोना पुष्टी भएको हो । मन्त्रालयका अनुसार उक्त अवधिमा ७ जना कोरोनामुक्त भएका छन् । त्यस्तै गत २४ घन्टामा देशभर ८० हजार ५ सय १ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको संख्या १ सय ९ रहेको छ ।

Read More

काठमाडौं – काठमाडौंउपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकले काठमाडौं उपत्यकामा कार्यरत प्रहरी कर्मचारीहरूलाई शान्तिसुरक्षा कायम गर्न व्यावसायीक ढंगबाट अगाडी बढ्न निर्देशन दिएका छन् । आज एक समारोहबीच यस कार्यालय तथा मातहत कार्यालय प्रमुखहरूलाई निर्देशन दिंदै धानुकले काठमाडौं उपत्यकामा कार्यरत प्रहरी कर्मचारीहरूलाई आपसी भाईचारा अभिवृद्धी गरी एक जुट भएर उपत्यकाको शान्तिसुरक्षा कायम गर्न व्यावसायीक ढंगबाट अगाडी बढ्न निर्देशन दिएक हुन् । उनले भ्रष्टचारमा सुन्य सहनशिलता, गुण्डागर्दीसंगको अवैध साँठगाँठलाई पुर्णरुपले बन्द गर्न र आफ्नो आचरण व्यवहारलाई सुधार गरी प्रहरी बर्दिको मर्यादालाई समेत ख्याल राखी उच्च मनोबलका साथ काम गर्न निर्देशन दिए । उपत्यका प्रहरीको कार्यशैलीले राष्ट्रिय तथा…

Read More

महेन्द्रनगर – महेन्द्रनगरका सुशील चटौतआफ्नै घरमा कामगर्ने १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गत चैतमा पक्राउ परेर हाल पुर्पक्षको लागि ललितपुरको नक्खुकारागारमा राखिएको छ । हाल ललितपुर जिल्ला अदालतमा चटौतको मुद्दासंग सम्बन्धित पक्षसंग बकपत्र चलिरहेको छ । आफ्नै घरमा घरायसी कामकोलागि राखेकी बझाङकी १४ वर्षीया बालिकालाई तीन वर्षदेखि पटक–पटक बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका थिए । बालिकाले आफैं बलात्कृत भए भनेर प्रहरीमा उजुरी भने दिएकी थिइनन् । घरमै काम गर्न साहुका छोराले पटक–पटक बलात्कार गरेको उजुरी गरे आफ्नै ज्यान जोखिममा पर्ने त्रासले उनी प्रहरीकोमा जान सकेकी थिइनन् । तर, उनको मानसिक अवस्था भने बिग्रिदो थियो । ललितपुरको महालक्ष्मी नगरपालिकाको…

Read More

काठमाडौं – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी अस्पताल महाराजगञ्जको शुक्रबार निरीक्षण गरेका छन् । निरीक्षणको क्रममा उनले अस्पतालस्थित अक्सिजन प्लान्ट, पूर्व प्रहरी अधिकृत प्रतिक्षालय, फिजियो थेरापी विभाग, क्लिनिकल प्रयोगशाला, अपरेशन थिएटर, आईसीयू, सीसीयू, विभिन्न वार्डहरू लगायत विभिन्न यूनिटहरूको अवलोकन गरेका थिए । निरीक्षण पश्चात अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायतका प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा उनले हरेक प्रहरी कर्मचारीको शारीरिक तथा मानसिक स्वास्थ्य उसको कार्य सम्पदान गर्ने सामर्थ्य र मनोबलसँग जोडिने बताए । संगठनात्मक लक्ष्य प्राप्तिका लागि बिरामी जाँच र उपचारमा अस्पताल प्रशासन तथा कार्यरत कर्मचारीहरू संवेदनशील हुनुपर्ने उनले जनाए । उक्त अवसरमा अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिएका छन् । उनले आज गृहमन्त्री बालकृष्ण खाँणलाई मिटरब्याजी तेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । तेलीले चर्को ब्याज लिएर जिल्लाका विपन्न सर्वसाधारणको शोषण गर्ने गरेको समाचार सार्वजनिक भएको थियो ।

Read More

काठमाडौं – अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्रका कमान्डिङ जनरल चाल्र्स ए. फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगी उनले देउवासँग आज शिष्टाचार भेट गरेका हुन् । भेटमा मानवीय सहायता र विपद् व्यवस्थापन लगायतका विषयमा छलफल भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । भेटमा फ्लिनले राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरूमा नेपालको निरन्तर योगदानको प्रशंसा गरेका थिए ।

Read More

काठमाडौं – नेपाल भित्रने रेमिट्यान्समा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपाल भित्रने रेमिट्यान्स ०.२ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आथिक वर्ष २०७७/७८ को सोही अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेको थियो । चालु आर्थिक वर्षमा रेमिट्यान्स अमेरिकी डलरमा १.६ प्रतिशतले कमी आई ६ अर्ब ७६ करोड कायम भएको छ ।

Read More

रसुवा – गंगादशहराको अवसरमा लागेको गोसाइँकुण्ड मेलामा एक हजार ५०० भन्दा बढी तिर्थयात्रीले मेला भरेका छन् । ज्येष्ठ शुक्लठ प्रतिपदादेखि दशमीसम्म लागेको गोसाइँकुण्ड मेलामा एक हजार ५०० भन्दा बढीले मेला भरेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । यो वर्ष गंगादशहरा मेला १० दिनसम्म लागेको थियो । अघिल्लो वर्षहरुमा कोरोना महामारीका कारण प्रभावित भएको मेला यो वर्ष भने संचालन भएको हो । कोभिड १९ को जोखिम कम भएको र गोसाइँकुण्ड पुग्ने पदमार्गमा पनि कुुनै समस्या नभएको कारण यसपटक मेला संचालन भएको हो । पौराणिक कथनअनुसार परापूर्व कालमा देवता र दानवबीच लडाइँ हुँदा समुद्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरि विषको डाह शान्त पार्न…

Read More

काठमाडौं – नेकपा एमाले सांसद तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले सशस्त्र प्रहरीमा कार्यरत प्रधानमन्त्रीका भान्जालाई बढुवा गर्नका लागि बढुवासम्बन्धी सूचना हटाइएको बताएका छन् । गृहमन्त्रालयको खर्च कटौतीको प्रस्ताव राख्ने सांसद क्रममा अधिकारीले सशस्त्र प्रहरी एसएसपी बढुवासम्बन्धी सूचना हटाइएको बताए । उनले भने, ‘यो विषयमा सामाजिक सञ्जालदेखि सञ्चार माध्यमसम्बन्धी सबै ठाउँमा आएको छ । गृहमन्त्रीज्यू यसमा सहमति हुनुहुन्छ वा हुनुहुन्न, गृहमन्त्रालय छ कि छैन । विज्ञापन प्रकाशित गर्ने ठाउँमा उहाँहरू हुनुहुन्छ कि हुनुहुन्न ? प्रधानमन्त्रीको साख्खै भान्जा पर्ने धेरै जुनियर र तान्नु पर्ने भएकाले एकाएक वेबसाइटबाट यो सूचना हटाइएको जानकारी छ ।’अधिकारीले अहिलेजसरी गृह प्रशासन चल्न नसक्ने बताए । अधिकारीले प्रश्न…

Read More