काठमाडौं – नेपाल भित्रने रेमिट्यान्समा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपाल भित्रने रेमिट्यान्स ०.२ प्रतिशतले वृद्धि भएको छ ।
सो अवधिमा ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो आथिक वर्ष २०७७/७८ को सोही अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेको थियो ।
चालु आर्थिक वर्षमा रेमिट्यान्स अमेरिकी डलरमा १.६ प्रतिशतले कमी आई ६ अर्ब ७६ करोड कायम भएको छ ।
Facebook Comments Box