Author: महेन्द्रनगर पोष्ट

झापा – झापामा आज यात्रुवाहक बसको ठक्करबाट प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–धरमपुर सडक खण्डमा आज बिहान को१ख ७१८७ नंको झुल्केदेवी यातायात (बस)ले प्रदेश१–०२०४०प ७१४९ नंको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । मृत्यु हुनेमा मोरङ पथरी–शनिश्चरे–८ का २६ वर्षीय प्रकाश राई र भोजपुरको षडानन्दका २६ वर्षीय जितुहाङ राई छन् । मृतक प्रकाश जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी जवान हुन् भने जितुहाङ म्यादी प्रहरी हुन् । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More

खोटाङ – जाजरकोटका नवराज बिकसहित ६ युवाको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै खोटाङको दिक्तेलबजारमा मुलुकी ऐन र जंगबहादुर राणाको तस्बीर जलाइएको छ । आफ्नो प्रेमीका लिन पश्चिमरुकुम पुगेका नवराजसहित उनका पाँच साथीहरूको हत्यामा संलग्न दोषीमाथि कारबाहीको सुनिश्चितताका लागि दवाव सिर्जना गर्न गठित संयुक्त संघर्ष समितिले मंगलबार दिक्तेलको त्रिबेणी चोकमा मुलुकी ऐन १९१० र मुलुकी ऐन लागू गर्ने जंगबहादुर राणाको तस्बीर जलाएको हो । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा प्रेमीका पक्षले कुटीकुटी नवराजसहित ६ जनाको १० जेठ २०७७ मा हत्या गरेका थिए । सोही हत्याकाण्ड भएको दुई वर्ष पुगेको दिन पारेर संघर्ष समितिले जात व्यवस्था विरुद्धको प्रतिरोध दिवस आयोजना गरेको…

Read More

वालिङ – स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले प्रत्येक घरधुरीमा इन्डक्शन चुल्हो वितरण गर्ने भएको छ । गाउँपालिकाभित्र बसोबास गर्ने झण्डै चार हजार ६०० घरधुरीलाई लक्षित गरी पालिकाले ग्यास चुल्हो प्रतिस्थापन गर्दै इन्डक्शन चुल्हो वितरण गर्ने योजना अगाडि सारेको हो । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहण गर्दै ग्यासको बढ्दो मूल्यवृद्धिलाई मध्यनजर गर्दै गाउँपालिकाभित्रका सबै घरधुरीमा विद्युतीय इन्डक्शन चुल्हो वितरण गर्ने पहिलो निर्णय गरेका छन् । गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले भने, ‘घर–घरमा रहेका ग्यासका सिलिण्डर लिने र इन्डक्शन चुल्हो दिने निर्णय गरेका छौँ ।’ यसलाई आगामी गाउँसभाबाट पारित गरेर लागू गर्ने उनले बताए । कालीगण्डकीलाई धुँवारहित पालिका बनाउने लक्ष्यका साथ अगाडि बढेको उल्लेख…

Read More

रौतहट- मधेश प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर रौतहटको गढीमाई नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका शेख अबुलकलाम आजाद पराजित भएका छन् ।प्रदेशसभा सदस्यबाट राजीनामा दिएर गढीमाई नगरपालिमामा जनता समाजवादी पार्टी (जसपा)बाट मेयर पदका उम्मेदवार बनेका अबुलकलाम आजादलाई नेपाली कांग्रेसका श्यामप्रसाद यादवले पराजित रेका हुन् । दोस्रो कार्यकालका लागि निर्वाचित भएका श्यामप्रसाद यादवले ८६३१ मत ल्याउँदा आजादले भने ८०७३ मत ल्याए । यसैगरी गढीमाई नगरपालिकाको उपमेयरमा भने जनता समाजवादी पार्टीकी स्मिता कुमारी यादव निर्वाचित भएकी छिन् । यादवले ६६७१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्प्रर्धी एकीकृत समाजवादीका नागेन्द्र सिंहले ५९०२ मत प्राप्त गरेका छन् ।

Read More

काठमाडौं- हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेशका र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग र हावा हुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती प्रदेश १, मधेश प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का…

Read More

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित सुनिश्चित भएको छ। बालेका प्रतिद्वन्द्वी र गणना गर्न बाँकी मत झण्डै बराबर रहेपछि बालेनको जित सुनिश्चित मएको हो । २२ हजार ५६४ मत गणना हुन बाँकी रहँदा सत्ता गठबन्धन तर्फकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहलेसमेत आफ्नो हार स्विकार गरेकी छन् । मतगणनाको सुरुवाती चरणदेखि नै अग्रता कायम गरेका बालेन र सिर्जनाबीच २० हजार ११० मतान्तर रहेको छ । जम्मा गणना भएको १ लाख ६८ हजार ४८७ मतमध्ये मेयरमा बालेनले ५४ हजार ७१८ मत प्राप्त गरेका छन् । उनकी निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धन तर्फकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले ३४ हजार ६…

Read More

गण्डकी- कास्कीको पोखरा महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य र उपप्रमुखमा नेकपा (एमाले) की मञ्जुदेवी गुरुङ विजयी भएका छन्। स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत गत वैशाख ३१ गतेदेखि सुरु भएको मतगणनाको आज बिहान सार्वजनिक गरिएको अन्तिम मतपरिणामअनुसार प्रमुखमा आचार्यले एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतले पराजित गरेका हुन्। आचार्यले ५८ हजार ८९३ मत प्राप्त गर्दा उनका निकटतम् प्रत्यासी थापाले ५२ हजार ८४८ मत ल्याए। यसैगरी प्रमुखमा राप्रपाका शङ्कर खरालले पाँच हजार ६७४, स्वतन्त्रका खडकराज पौडेलले तीन हजार ३०, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमप्रसाद गुरुङले ५४६ र विवेकशील साझाका सुशीला केसीले ३३८ मत प्राप्त गरे। पोखराको…

Read More

न्युयोर्क- अमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ । गोलीबारीमा बालबालिका र एक शिक्षकको मृत्यु भएको बताइएको छ। रब एलिमेन्ट्री स्कुलमा १८ वर्षीय बन्दुकधारीले एक प्राथमिक विद्यालयमा हमला गर्दा उनीहरुको मृत्यु भएको राज्यका गभर्नरले जानाकारी दिए। उक्त विद्यालयमा सातदेखि ११ वर्षका बालबालिका अध्ययन गर्छन् । गभर्नर ग्रेग एबोटले गोलबारी गर्ने व्यक्ति पक्राउ परिसकेको बताएका छन् । कानुन पालना गराउने अधिकारीको कारबाहीमा उनी मारिएको प्रारम्भिक विवरणमा जनाइएको छ । राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन् ।

Read More

बाजुरा- बाजुराको बुढीगंगा नगरपालिकामा फेरि मतदान कि मतगणना गर्ने भन्ने विषयमा निर्वाचन आयोगले स्थलगत अध्ययन प्रतिवेदनको अध्ययनपछि मात्रै निर्णय लिने भएको छ। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगलाई बूढीगंगा नगरपालिकाको स्थलगत अध्ययन प्रतिवेदन प्राप्त भइसकेको छ । त्यहाँ आयोगका आयुक्त सगुनशम्शेर राणा संयोजकत्वको टोली गएको थियो । प्रतिवेदनको अध्ययनपछि प्रमुख निर्वाचन आयुक्तसँगै आयुक्तहरूको बैठकले के गर्ने भन्ने निर्णय लिने सहायक प्रवक्ता अर्यालले बताए । बुढीगंगा नगरपालिकामा फेरि मतदान गर्नुपर्ने नेपाली कांग्रेसले माग गरेको छ। नगरपालिकाका विभिन्न मतदान केन्द्रमा नेकपा एमालेका कार्यकर्ताले बुथ कब्जा गरेर फर्जी मत हालेको कांग्रेसको आरोप छ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले ३० वैशाखमै विज्ञप्तिमार्फत…

Read More

काठमाडौं- सिन्धुलीका डोरबहादुर खपाङ्गीले विश्वकै होचो किशोरको रुपमा विश्व कीर्तिमान बनाएका छन् । ७३.४३ सेन्टिमिटर अर्थात २ फिट ४.९ इन्च अग्ला १८ वर्षका खपाङ्गीले संसारकै होचा किशोर (टीनएजर) को रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाएका हुन् । उनलाई मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा गिनिज बुक अफ वर्ल्ड रेकर्डसको प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।

Read More