Author: महेन्द्रनगर पोष्ट

बारा – रौतहटको फतुवा विजयपुर नगरपालिकामा मुचुल्काकोभन्दा ४१ वटा बढी मतपत्र फेला परेपछि मतगणना स्थगित गरिएको छ। बढी मतपत्र फेला परेपछि पुनस् मतदानको माग गर्दै नेकपा एमाले र नेकपा माओवादीले मतगणना स्थल बाहिर बिरोध प्रर्दशन गरेका छन् । फतुवा विजयपुर नगरपालिका-३ को मेवा गाउँको बुथमा मतदान अधिकृतले मुचुल्का उठाएर पठाएको तथ्यांकभन्दा ४१ वटा बढी मतपत्र फेला परेको प्रमुख निर्वाचन अधिकृत नारायण प्रसाद वाग्लेले बताए । निर्वाचन आयोगले बाकसमा खसेको मतलाई सदर मानेर गणना जारी राख्न निर्देशन दिएकाले आफूले मतगणना जारी राखेको निर्वाचन अधिकृत वाग्लेको भनाइ छ । नेकपा माओवादीका मेयरका उम्मेदवार अजय तिमल्सिनाले नेपाली कांग्रेसले सेटिङमा धाँधली गरेको आरोप लगाएका…

Read More

बारा – बारामा गुडिरहेको कारमा अचानक आगलागी भएको छ । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका-१६ सडकखण्डको बंगरी पुल नजिकै गुडिरहेको प्र२-०२-००१ च.०१६५ नम्बरको कारमा आगलागी भएको हो । आगलागीबाट कारमा पूर्ण रुपमा क्षति पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक सुदर्नशन थापाले बताए । प्रहरीका अनुसार कार जलेर नष्ट भए पनि मानवीय क्षति भने हुन पाएन । लालबन्दीबाट हेटौंडा जाँदै गरेको कारमा आज बिहान ५:३० बजे अचानक आगलागी भएको हो । दमकल, प्रहरी र स्थानीयको सहयोगले ६:०० बजे आगो नियन्त्रणमा लिइएको थियो । कारको वायर सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक गर्दैछ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय भएको छ। नीति तथा कार्यक्रम आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन, चुनावमुखी लोकप्रिय कार्यक्रमलागायतमा केन्द्रत हुनेछन्। सरकारले आज प्रस्तुत हुने नीति तथा कार्यक्रमका आधारमा जेठ १५ गते बजेट सार्वजनिक हुनेछ। दिउँसो ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत भएपछि साँझ ६ बजे उक्त कार्यक्रम प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठकमा टेबुल गर्नेछन्।

Read More

काठमाडौं – सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) चन्द्रप्रकाश गौतम अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले उनलाई रिक्त एआईजी पदमा सिफारिस गरेको हो । गौतमले ३ वैशाख २०५२ मा नेपाली सेनाको अधिकृतको रुपमा सेवा प्रवेश गरेका थिए ।

Read More

बाजुरा– माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजबादी) पार्टी बाजुरामा दुई वडा सदस्यमै सीमित भएको छ । जिल्लाका ९ वटा स्थानीय तहका ६९ वडामध्ये समाजबादी दुई वडा सदस्यमै सीमित बन्न पुगेको हो । जिल्लाका बुढीग‌गा नगरपालिको मतपरिणाम नतिजा नआएको भए पनि बाँकी ८ पालिकाका ५९ वडामा नेकपा एकीकृत समाजबादी पार्टी दुई वडा सदस्यमै सीमित भएको छ । बुढीग‌गा बाहेकका सबै वडाको मतगणना सकिएको छ । निर्बाचन आयोगका अनुसार एकीकृत समाजबादीले जिल्लाको जगन्नाथ गाउँपालिका वडा न २ को खुला सदस्य र दलित महिला सदस्यमा मात्रै जितेको छ । नेकपा एकीकृत समाजबादी पार्टीको तर्फबाट उम्मेदवारी दिएका वडा न २ को खुला सदस्यमा कृष्ण…

Read More

चितवन- चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओबादी केन्द्रकी रेणु दाहाल दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् । सत्ता गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी दाहालले एमाले नेता विजय सुवेदीलाई पराजित गर्दै विजयी भएकी हुन् । यसैगरी सत्ता गठबन्धनबाट उपमेयरको उम्मेदवार नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । उनका प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले पराजित गरेका हुन् । निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक मत परिणाम केही सयमा सार्वजनिक गर्ने तयारी गरेको छ। भरतपुरमा १७ वडा कांग्रेस, ५ वडामा एमाले, ३ वडामा माओवादी केन्द्र, ३ वडामा एकीकृत समाजवादी र १ वडामा स्वतन्त्रले जितेको छ। कांग्रेसले टिकट नदिएपछि वागि उठेका उम्मेदवार निर्वाचित भएका हुन्…

Read More

काठमाडौं- हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही र अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति प्रदेश १, मधेश, बाग्मती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा र बाँकी भूभागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Read More

वीरगञ्ज- वीरगञ्ज महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राजेशमान सिंह विजयी भएका छन् । जसपाका सिंहले ४६ हजार २ सय १५ मत ल्याउँदा नेकपा एमालेका बिजय सरावगीले २३ हजार ६ सय ७१ मत मात्र प्राप्त गरेका छन् । सिंह २२ हजार ५ सय ४४ मतान्तरले विजयी भएका हुन् । राप्रपाका गिरीश गिरीले ३ हजार ३ सय १३ मत प्राप्त गरेका छन् । त्यसैगरी उपप्रमुखमा गठबन्धनबाट नेपाली काँग्रेस उम्मेदवार इम्तियाज आलम ठूलो मतान्तरले विजयन्मुख छन् । उपप्रमुखको अन्तिम नतिजा भने आउन बाँकी छ ।

Read More

कञ्चनपुर- कञ्चनपुरका नौवटै पालिकामा स्थानीय तहको निर्वाचन परिणाम आएसंगै नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । वि.सं. २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लाका पालिकामा राम्रो पकड जमाएको नेकपा (एमाले) यसपटक भने तीन पालिकामा सीमित हुन पुगेको छ । दुई गाउँपालिका र सात नगरपालिका रहेको कञ्चनपुरमा नेपाली कांग्रेसले चार नगर र एउटा गाउँपालिकासहित पाँच पालिकामा विजयी हासिल गरेको छ । यहाँको भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका, कष्णपुर नगरपालिका, पुनर्वास नगरपालिका र बेल्डाँडी गाउँपालिकामा नेपाली कांग्रेसले जीत हासिल गरेको छ । अघिल्लो निर्वाचनमा यी चारवटै नगरपालिकामा एमाले विजयी भएको थियो । त्यसैगरी एमालेले यहाँको दोधाराचाँदनी र शुक्लाफाँटा नगरपालिका तथा लालझाडी गाउँपालिकामा जीत हासिल…

Read More

कञ्चनपुर- कञ्चनपुरको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दिइने पहिलो निर्णय गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै उनले यस्तो निर्णय गरेका हुन् । पहिलो निर्णयअनुसार नगरपालिका क्षेत्रभित्र बसोवास गर्ने सुत्केरी महिलालाई आकस्मिक अवस्थामा घरदेखि नगरपालिका अन्तर्गतका स्वास्थ्य केन्द्र, सेती प्रादेशिक अस्पताल तथा महाकाली प्रादेशिक अस्तालसम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिने भएको हो। नगर प्रमुख चौधरीले पदभार ग्रहण गरेसँगै उपप्रमुख जोगराम चौधरीले पनि पदभार ग्रहण गरेका छन् । चौधरी दोस्रो पटक नगर प्रमुखमा निर्वाचित भएका हुन् । उनी २०७४ को निर्वाचनमा पनि नगर प्रमुखमा निर्वाचित भएका थिए ।

Read More