Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा.मुकुल ढकाललाई निलम्बन गरेको छ । ढकाललाई रास्वपाले महामन्त्री तथा प्रवक्ता पदबाट एक हप्ताका लागि निलम्बन गरेको हो । बुधबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै सात दिनका लागि निलम्बन गरेको हो । बुधबार नै अनुशासन आयोगको बैठकले ढकाललाई कारबाहीको लागि सिफारिस गरेको थियो । महामन्त्री ढकाललाई कारबाहीसँगै रास्वपाले कार्यवाहक महामन्त्रीमा कवीन्द्र बुर्लाकोटीलाई तोकेको छ । त्यस्तै, प्रवक्तामा मनिष झालाई तोक्ने निर्णय गरेको रास्वपाले जनाएको छ ।

Read More

धनगढी: देशमा राजनीतिक उथलपुथल चलिरहेकै बेला प्रहरीभित्र पनि विभिन्न उथलपुथल भैरहेका घटना परिघटना सार्वजनिक भैरहेका छन्। हालैमात्र कैलालीस्थित नाकाका प्रहरी इन्चार्जहरु हेरफेर भएका थिए भने एक प्रहरी चौकीका इन्चार्ज आफैं प्रहरी फन्दामा परेका थिए। त्यसमध्ये त्रिनगर प्रहरी चौकीमा भने इन्चार्ज पठाइएका सईहरु एकैदिनमा समेत तानिएका छन्। सुरुमा त्रिनगर प्रहरी चौकीका इन्चार्ज सई भरतनाथ योगीलाई जिल्ला तानेर अर्का सई दिपेन्द्र किमाडीलाई पठाइयो। तर उनी त्यहाँ एकै दिनसमेत टिकेनन्। उनलाई पनि तानेर त्यसपछि उनको स्थानमा जिल्लाबाट वरिष्ठ सई गणेश थापालाई पठाइयो। तर थापा पनि एक दिनमै तानिए। उनलाई त्यहाँ गएको दोस्रो दिन नै फिर्ता बोलाएर अहिले प्रदेश प्रहरी कार्यालयमा दरबन्दी रहेका सई…

Read More

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले गृहमन्त्री रवि लामिछानेले प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई ‘डमी’ बनाएको आरोप लगाएका छन्। बुधबार पार्टीको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले नेपाल प्रहरीको सरुवा र बढुवामा गृहमन्त्री रविले आईजीलाई डमी आईजीको रुपमा प्रयोग गरेको आरोप लगाए। उनले भने, ‘एआईजी बढुवा गर्दा एकदिनको बढुवा गर्दा आइजी थुपार्नु भएको छ। डीएसपीदेखि साराको बढुवामा आईजीलाई डमी आईजीको रुपमा प्रयोग गर्नु भएको छ।’ रविको चरित्रबारे बुझ्न आईजीपी र गृहसचिवलाई सोध्दा पनि हुने उनको भनाई छ।

Read More

धनगढी : कञ्चनपुरबाट प्रहरीले अवैध सामान बरामद गरेको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीले अन्दाजी १ लाख १९ हजार ४५०, इलाका प्रहरी कार्यालय त्रिभुबनबस्तीले अन्दाजी १८ हजार ८५० मुल्य बराबरको भन्सार छलिको सामान बरामद गरेको छ। यस्तै प्रहरी चौकी झिलमिलाले अन्दाजी ३५ हजार ६९० मुल्यको गरेर जम्मा १ लाख ७३ हजार ९९० मुल्य बराबरको भन्सार छलिको सामान बरामद गरेको छ। बरामद गरेका कपडा, पेन्ट, तेल, मिश्री, चिनि, हाड वेयरका सामान लगाएत किरानाका सामान कारबाहीको लागि भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Read More

काठमाडौँ : नेकपा (एमाले)का मन्त्रीहरूले राजीनामा दिएका छन् । बुधबार साँझ बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई राजीनामा पत्र बुझाएको मन्त्री ज्वालाकुमारी साहले जानकारी दिइन् । कांग्रेस एमाले सत्ता समीकरणका लागि सहमति जुटेपछि एमाले मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता भएको जनाएका हुन् ।

Read More

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले भ्रामक समाचार प्रसारण तथा प्रकाशन नगर्न सञ्चार माध्यमहरुलाई आग्रह गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवापत्नी तथा सो पार्टीकी सांसद डा.आरजु राणालाई पक्राउ गर्न सिआइबीबाट टोली परिचालन भएको भनी समाचार प्रकाशन भएको जनाउँदै ब्यूरोले त्यस्तो आग्रह गरेको हो । आज विज्ञप्ति जारी गर्दै ब्यूरोले त्यस्ता समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ । ‘केही अनलाइन मिडिया तथा पत्रपत्रिकामा केही दिनदेखि यस ब्युरोबाट विभिन्न व्यक्तिको नामसमेत तोकी पक्राउ गर्न प्रहरी खटिएको भनी असत्य र भ्रामक विषयवस्तु राखी ब्यूरो प्रमुख तथा सूचना अधिकारीसँग समेत प्रहरी अनुसन्धान तथा कारबाही सम्बन्धमा भएका सत्यता परीक्षण नगरी आफूखुशी…

Read More

काठमाडौँ : नेकपा एमालेका मन्त्रीहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउन बालुवाटार गएका छन्। उनीहरू केहीबेरअघि मात्रै अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटबाट बालुवाटारतर्फ लागेका हुन्। प्रधानमन्त्रीले साढे ८ बजेलाई समय दिएपछि मन्त्रीहरू बालुवाटार गएको एमालेका एक नेताले जानकारी दिए। मंगलबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न २४ घण्टाको समय दिएको थियो।

Read More

काठमाडौं : बालिका बलात्कारको आरोपमा पक्राउ परेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर शिवाकोटीलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । बुधबार न्यायाधीश शिशिरराज ढकालको इजलासले शिवाकोटीलाई थुनामा पठाउने आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । आफ्नो घरमा घरेलु श्रमिकका रुपमा राखिएकी १२ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा २३ जेठमा पक्राउ परेका शिवाकोटीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा जबर्जस्ती करणीको मुद्दा दायर गरेको थियो । बालिकालाई काठमाडौं महानगरपालिकाको बाल उद्दार समितिले उद्दार गरेपछि उनीमाथि जबर्जस्ती करणी भएको सार्वजनिक भएको थियो । महानगरको सामाजिक विकास विभाग अन्तर्गत नाताभन्दा बाहेकका व्यक्तिसँग बसेका…

Read More

काठमाडौँ : नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिएको छ । केहीबेरमै औपचारिक रूपमा समर्थन फिर्ताको पत्र दर्ता गरी प्रधानमन्त्रीलाई बुझाउने तयारी छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमाले मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउने औपचारिक निर्णय गरेपछि प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्ने विश्वास रहेकोमा त्यसो नभएको बताए । उनले प्रधानमन्त्रीबाट मार्ग प्रशस्त नभएपछि नयाँ राष्ट्रिय सहमतिको सरकार गठन प्रक्रिया अघि बढाउन एमालेले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र दर्ता गर्न लागेको बताए । यससँगै एमालेका मन्त्रीहरूको राजीनामासमेत दिइने बताइएको छ ।

Read More

धनगढी : कैलालीमा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका-११ की २० वर्षीया छोरी सुस्मिता चौधरीको कटैनी खोलामा बगेर मृत्यु भएको हो। सुस्मिता आज बिहान काठको पुल तर्ने क्रममा अचानक बढेको पानीले बगाएर बेपत्ता भएकी थिइन्। घटना थाहा पाएपछि स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालय मसुरियामा खबर गरेका थिए। घटनास्थलमा इलाका प्रहरी कार्यालय मसुरियाका प्रहरी निरीक्षक नरेश कुमार ढकालको कमाण्डमा ६ जनाको प्रहरी टोली खटिएको थियो। प्रहरी टोलीले घटनास्थलमा पुगी खोजतलास कार्य गर्दा आजै १२ बजे सुस्मिता चौधरीलाई घटनास्थलबाट करिब १० मिटर दक्षिणमा मृत अवस्थामा फेला पारे। सुस्मिताको शवलाई पानीबाट बाहिर निकालेर सुरक्षित स्थानमा राखिएको र कानूनी…

Read More