काठमाडौं : मोरङस्थित नेपाल-भारतको सीमा नाका जोगबनीबाट एक जना बंगलादेशी नागरिक फर्काइएको छ।
मंगलबार दिउँसो सवा १ बजे विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट प्रवेश गर्न खोजेका बंगलादेशी नागरिकलाई फर्काइएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले जानकारी दिए।
बंगलादेश टाङगाई पुराबरी बस्ने ४६ वर्षीय उत्तम सरकारलाई प्रहरीले भारतबाट अनधिकृत रूपमा प्रवेश गर्दैगर्दा भेटाएको थियो।
‘बंगलादेशको राजनीतिक अवस्थापछि केन्द्रबाट हामीलाई सतर्क रहन निर्देशन भएको थियो। त्यसअनुसार कडाइ गर्दा एक जना प्रवेश गर्न खोजेको पायौं,’ एसपी कार्कीले भने, ‘हामीले उनलाई पुनस् भारतमै फर्काएका छौं।’
बंगलादेशी नागरिकहरू प्रवेश गर्नसक्ने भन्दै सीमामा प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा बढाएको छ।
सशस्त्र प्रहरी बलले फौज समेत बढाएको छ।
Facebook Comments Box