Author: महेन्द्रनगर पोष्ट

कैलाली- नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयले ९ ओटा कम्पनीसँगको ठेक्का सम्झौता रद्द गर्ने भएको छ। लिखित तथा मौखिक जानकारी गराउँदा पनि निर्माणकर्ताले निर्माण कार्य नगरेको र सन्तोषजनक कार्य नभएको विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ। कार्यालयले सम्झौता रद्द गर्न नपर्न कुनै कारण भएमा एक साता भित्र निर्माण व्यवसायी तथा आपूर्तिकर्ता आफै कार्यालयमाउपस्थित भइ स्पष्टीकरण दिन आग्रह गरेको छ। बाजुरा तथा बझाङ जिल्लामा ११.०.४–०.२३ केभी लाइन निर्माण तथा ट्रान्सफर्मर जडान कार्य, राजेन्द्र÷उदयदेव, लक्ष्मीदुर्गा जेभी डडेल्धुरा तथ कैलाली जिल्लामा बैजनाथ, रेनु निर्माण सेवा एण्ड रोयल कन्स्ट्रक्सन प्रा. लि, जे.भी सिद्धनाथ तथा ओम विरभद्र ग्राविसको लाइन वितरण निर्माण कार्यको जिम्मा…

Read More

अछाम- अछाममा मृत फेला परेका किशोर विनोद शाहीको शव ४ दिन वितिसक्दा पनि उठ्न सकेको छैन। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका– ४ का १६ वर्षीय विनोद शाही शनिबार बिहान घर नजिकैको भिरमा मृत अवस्थामा फेला परेका थिए। यहि जेठ २१ गते बिहान करिब १० बजे नै किशोरको शव भेटिएको भए पनि मृतकका आफन्तले उनको शव उठाउन दिएका छैनन्। आफन्तले नगरप्रमुख अम्बिका चलाउनेसहित १८ जना विरुद्ध किटानी जाहेरी दर्ता गर्न खोजे पनि जिल्ला प्रहरी कार्यालय अछामले जाहेरी दर्ता गर्न नमानेको आरोप लागाएका छन्। किटानी जाहेरी दर्ता गर्नुपर्ने र जाहेरी अनुसार आशङ्का गरिएकाहरूलाई नियन्त्रणमा लिनुपर्ने आफन्तको माग छ। जेठ १७ गते साँझ नेपाली…

Read More

काठमाडौं- आइसीसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ। पराजित भएसँगै नेपालको आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यु–१९ महिला टि–२० विश्वकप खेल्ने सम्भावना सकिएको छ। मलेसियाको युकेएम ओभलमा भएको खेलमा नेपाल थाइल्याण्डसँग ४१ रनले पराजित भएको हो। जितका लागि ९० रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ४० रनमा समेटियो। नेपालले बिहीबार अन्तिम खेल आयोजक मलेसियासँग खेल्नेछ।

Read More

कैलाली- नेपाल ट्रेड युनियन महासंघ जिफन्ट सुदूरपश्चिम प्रदेशको अध्यक्षमा जितबहादूर मल्ल चयन भएका छन्। मंगलवार भएको प्रदेशको प्रथम अधिवेशनबाट मल्ल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्। जिफन्टको प्रदेश सचिवमा चन्द्र प्रकाश गैरे, उप सचिवमा सोभा रावल निर्बिरोध चयन भएका छन्। यस्तै सदस्यमा कृष्णप्रसाद ढुंगेल, चन्द्रा खड्का, कर्णबहादुर हमाल, दानबहादुर बिष्ट, अर्जुन न्यौपाने, भोजबहादुर ऐर, चित्रा ओझा, गीता सिहं, विष्णुमाया अर्याल, कमला देवकोटा, दानबहादुर चन्द, कृतिबहादुर शाही, माधवी शाही र हिरादेवी बिष्ट चयन भएका छन्।

Read More

काठमाडौं- स्रोत नखुलेको झण्डै चार करोड रुपैयाँसहित ५ जना पक्राउ परेका छन्। चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँसहित ५ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका–८ का ४४ वर्षीय फुलबहादुर गुरुङ र अरु चारजना चिनियाँ नागरिक छन्।नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बिएबी ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डिक्कीमा प्लाष्टिकको दुई वटा बोरामा लुकाई छिपाइ ल्याएको अवस्थामा नगद बरामद भएको प्रहरीले जनाएको छ।

Read More

कैलाली- धनगढी उपमहानगरपालिकाले कार्यपालिका बैठकमा बोतलको पानी प्रयोग नगर्ने भएको छ। उपमहानगरपालिकाका मेयर गोपाल हमालले सबैको सुझाव अनुसार अबदेखि बैठकमा बोतलको पानी (मिनिरल वाटर) प्रयोग नगर्ने जानकारी दिए। उनका अनुसार अब बैठकमा सामान्य पिउने पानी प्रयोग गरिने छ। मंगलबार फेसबुकमा प्रमुख हमालले लेखेका छन्, ‘बैठकहरूमा मिनरल वाटर प्रयोग नगर्न सल्लाह दिई तामाको गिलासमा खानेपानी प्रयोग गर्न सुझाव दिनु भएकोमा के आर भट्ट ज्यूलाई धन्यवाद। उहाँको सुझाव पढेर उपमहानगरपालिकाको हिजोको कार्यपालिका बैठकमा मैले सुनाए। कार्यपालिकाका सबै सदस्यहरूले बैठकमा मिनरल वाटर प्रयोग नगरि सामान्य खानेपानी प्रयोग गर्ने प्रतिबद्धता गर्नुभयो।’

Read More

कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट बेहोस अवस्थामा उद्धार गरिएका युवकको मृत्यु भएको छ। परिचय नखुलेका अन्दाजी ३५ वर्षीय युवकको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो। नेपाल–भारत सीमा क्षेत्र डोकेबजारबाट भारतीय सीमा सुरक्षा बल एसएसबीले बेहोस अवस्थामा रहेका युवकलाई सोमबार राति नेपाल प्रहरी जिम्मा लगाएको थियो। त्यसपछि प्रहरीचौकी परिसरबाट खटी गएको टोलीले युवकलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पु¥याएको थियो। युवकको शव सेती प्रादेशिक अस्पताल धनगढीको शवगृहमा राखिएको छ। मृतकको वर्ण गहुँगोरो, उचाइ पाँच फिट, कपाल कालो, अनुहार गोलो, रातो पाइन्ट, कालो रातो बुट्टेदार हाप टिसर्ट लगाएको बाँया गालामा कोठी र बोके दाह्री र जुङ्गा भएको हुलिया रहेको जिल्ला प्रहरी…

Read More

कैलाली- सरकारले फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा सुवाश शाहीलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले युवा तथा खेलकुदमन्त्रालयको सिफारिसमा फाप्ला क्रिकेट रंगशाला निर्माण अभियानका अभियन्ता समेत रहेका शाहीलाई अध्यक्षमा नियुक्त गरेको हो। सरकारले गत वैशाख २६ गते ‘फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति आदेश २०७९’ राजपत्रमा प्रकाशित गरेको थियो। उक्त आदेश बमोजिम मन्त्रीपरिषद्ले समितिलाई पूर्णता दिएको हो। विकास समिति आदेशमा रंगशाला तथा खेलमैदान निर्माणमा मुख्य कार्यकारी भूमिका रहने समिति ९ सदस्यीय हुने व्यवस्था गरिएको थियो। धनगढी मुख्य चौराहादेखि ५ किलोमिटर उत्तरपश्चिममा अवस्थित फाप्ला क्षेत्रको साढे ३८ विघा क्षेत्रफलमा सरकारले फाप्ला अन्तर्राष्ट्रिय…

Read More

काठमाडौं – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल घरको चारतला माथिबाट खसेर गम्भीर घाइते भएकी छिन् । सोमबार आफ्नै घरको चारतला माथिबाट खसेर घाइते भएकी पोखरेलको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सुरुमा मनमोहन अस्पताल पुर्याइएकी पोखरेलको अहिले ट्रमा सेन्टरको सघन उपचार कक्षमा उपचार भइरहेको स्रोतले जनाएको छ । उनको दायाँ तर्फको खुट्टाको दुई ठाउँमा भाचिएको छ भने दायाँ हात पनि भाँचिएको छ । उनको कम्मरको हड्डी भाचिनुको साथै अनुहारमा पनि चोट लागेको छ। छोरीको स्वास्थ्य अवस्था बुझ्न पौडेल मंगलबार ट्रमा सेन्टर पुगेका थिए ।

Read More

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिरका नाममा भएका तर अतिक्रमण गरिएका सबै जग्गा फिर्ता ल्याइने बताउनुभएको छ । भूकम्पका कारण भत्किएको पशुपतिनाथ परिसरमा रहेको विश्वरुपा मन्दिर तथा सतल पुनः निर्माणका लागि आज शुभारम्भ गर्दै उहाँले पशुपतिनाथको जग्गा अतिक्रमण गरी बनाइएका टहरा भत्काइ अतिक्रमण भएको जमिन सबै फिर्ता गराइने प्रतिवद्धता जनाउनुभयोे । मन्त्री आलेले भन्नुभयो, “सरकारी सम्पत्ति र भगवान्को जमिन कसैले मिच्न र अतिक्रमण गर्न पाउँदैैन, अतिक्रमण भएका सबै जग्गा फिर्ता गराएरै छाड्छु ।” उहाँले राणा प्रधानमन्त्री जङगबहादुरका पालमा निर्माण भएको विश्वरुपा मन्दिर विसं २०७२ को भूकम्पका कारण भत्किएकाले अब यो मन्दिर चाँडै पुनःनिर्माण हुने बताउनुभयो…

Read More