Author: महेन्द्रनगर पोष्ट

पोखरा – गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष ०७९/८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेशसभा भवन नदिपुरमा अहिले नीति तथा कार्यक्रम प्रस्तुतीकरण भैरहेको छ । बहालवाला सरकारको यो नै अन्तिम नीति तथा कार्यक्रम हुनेछ । संविधानतः बजेटभन्दा अघि नीति तथा कार्यक्रम पेश र पारित गर्नुपर्छ । प्रदेश सरकारले १ असारमा बजेट ल्याउँदैछ । त्यसैका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो । नीति कार्यक्रम पेश गर्न पुगेका गुरुङलाइ नेपाल प्रहरीकाे टुकडीले सलामी दिएकाे छ ।

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३३७६ जनाको परिक्षण गरिएकोमा पीसीआर विधिबाट ७ र एन्टीजेन विधिबाट २१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मन्त्रालयका अनुसार उक्त अवधिमा नेपालमा ९ जना संक्रमणममुक्त भएका छन् । यससँगै नेपालमा अहिलेको अवस्थामा सक्रिय संक्रमितको संख्या १ सय ७ रहेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १ लाख ८ हजार ७९२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

Read More

काठमाडौं– बन्चरेडाँडामा काठमाडौंको फोहोर व्यवस्थापन सुरु भएको छ । फोहोर बोकेर पुगेका टिपरलाई अवरोध गर्न खोज्ने १४ जना स्थानीहरू पक्राउ परेपछि फोहोर व्यवस्थापन पुनः सुरु भएको हो । उपत्यकामा थुप्रिएको फोहोर विसर्जनको लागि बञ्चरेडाँडा पुर्‍याइएका काठमाडौं महानगरका गाडी स्थानीयले अवरोध गरेका गरेका थिए । फोहोर बोकेका गाडी रोक्न खोजेपछि प्रहरीले संघर्ष समितिका संयोजकसहित १४ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । नुवाकोट प्रहरी प्रमुख रामप्रकाश शाहले फोहोर व्यवस्थापनमा अवरोध गर्नेहरूलाई पक्राउ गरिएको बताएका छन् । ‘१४ जनालाई नियन्त्रणमा लिएपछि अहिले अवरोध क्लियर भएको छ । फोहोर व्यवस्थापन पनि सुरू भइसक्यो’, शाहले भने । सोमबार सम्बन्धित स्थानीय तहसमेतको सहमतिमा आजबाट फोहोर उठाउन थालिएको थियो । सोही सहमतिअनुसार बन्चरेडाँडामा फोहोर पठाइएको थियो ।…

Read More

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले बर्दिया घटनामा कसैको आदेश बिना नै प्रहरीले गोली चलाएको बताएका छन् । बर्दिया घटनाको जानकारी दिने क्रममा प्रतिनिधिसभाको आज (मंगलबार)को बैठकमा गृहमन्त्री खाँणले प्रहरीले गोली चलाएको भए पनि गृह मन्त्रालयबाट गोली चलाउने आदेश नभएको र प्रमुख जिल्ला अधिकारीले पनि आदेश नदिएको जानकारी गराएको बताए । ‘गोली चलाउने आदेश छँदै छैन, नागरिक प्रदर्शनमा कमभन्दा कम बल प्रयोग गर्नु भन्ने निर्देशन गृह मन्त्रालयबाट भएको छ,’ गृहमन्त्री खाँणले भने, ‘प्रमुख जिल्ला अधिकारीबाट पनि गोली चलाउने आदेश भएको छैन भनिएको छ । नबिना चौधरीको मृत्यु भएको छ । कसको आदेशमा गोली चल्यो, कसरी मृत्यु हुने अवस्था निर्माण भयो ?…

Read More

काठमाडौं – पछिल्लो समय यातायात कार्यालयको असारभित्र इम्बोस्ड नम्बर प्लेट राख्ने निर्देशनको व्यापक विरोध भइरहेको छ । सडकदेखि सदनसम्म विरोध भएको उक्त निर्देशनमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले चर्को आवाज उठाइरहेका छन् । सांसद थापाले इम्बोस्ड नम्बर प्लेट राख्नका लागि यातायात कार्यालयको लाइनमा बस्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई सुझाव दिएका छन् । शहरी विकास मन्त्रालयको बजेटमाथि संसदमा भएको छलफलमा भाग लिँदै सांसद थापाले असारभित्र इम्बोस्ड नम्बर राखिसक्नुपर्ने निर्णय फिर्ता लिन आग्रह गरे । ‘काठमाडौंमा यातायात कार्यालयहरुमा जे खालको अवस्था छ, एकपटक मन्त्री नभई साधारण नागरिक भएर आफ्नो गाडी लिएर इम्बोस्ड नम्बर प्लेट बदल्नका लागि लाइनमा बस्नुभयो भने नागरिकले…

Read More

काठमाडौं – देशका विभिन्न नौ स्थानमा जडान गरिएको इन्टरनेट जुनसुकै बेला काटिन सक्ने भएकोे छ । इन्टरनेट सेवा प्रदायकहरुको छाता सङ्गठनका रुपमा रहेको इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान)ले नेपाल विद्युत् प्राधिकरणका कारण उक्त स्थानमा इन्टरनेट जुनसुकै बेला काटिन सक्ने जनाएकोे हो । आइस्पानले एक विज्ञप्ति जारी गर्दै इलाम, विराटनगर, खोटाङ, गाईघाट, इनरुवा, धरान, धुवही, लहान र डोेटीमा जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने जनाएको हो । ‘इन्टरनेट प्वाइन्ट तथा डाटा सेन्टर जडान गरिएको स्थानमा प्राधिकरणले घरबेटीसमेतको विद्युत् लाइन काट्ने कार्य निरन्तर रुपमा गरिरहेको छ, प्राधिकरणले विद्युत् कटौती गरेपछि ब्याकअप सिस्टमको प्रयोग गरिएको छ, ब्याकअप सिस्टमले धान्न छाडेपछि जुनसुकै बेला…

Read More

काठमाडौं – नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले राजनीति सेवा बन्‍न नसकेकोप्रति चिन्ता प्रकट गर्दै ब्यङ्ग्य गरेका छन् । उनले ‘राजनीति’को अर्थ शब्दकोशमा ‘घुस र पक्षपात’ लेख्नुपर्ने बताए । निर्वाचनमा पार्टीको निर्वाचन चिह्न नदिने अवस्थालाई पनि ‘प्रजातन्त्र’ भनिन्छ भन्दै परिभाषा गर्नुपर्ने बताए । सुवाल आबद्ध पार्टीका उम्मेदवारहरूले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकमा निर्वाचन चिह्न ‘मादल’ पाएका थिएनन् । मादल नपाएपछि अदालतमै त्यससम्बन्धी मुद्दा परेको थियो । तर, निर्वाचन चिह्न मादल नेमकिपाको उम्मेदवारहरूले पाएनन् । सोही सवालमा बोल्दै सांसद सुवालले प्रजातन्त्र र राजनीति दुई शब्दको अर्थ र परिभाषा नै शब्दकोशमा परिवर्तन गर्नुपर्ने व्यङ्ग्यात्मक ढङ्‍गले सवाल उठाएका हुन्…

Read More

जनकपुरधाम – जसपाका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूलाई एकतामा आउन आह्वान गरेका छन् । विगतको समिक्षा गरी पुनः मिलेर काम गर्न सकिने उनले बताए । पार्टीको बैठकमा सहभागी हुन जनकपुरधाम आएका यादवले विगतको कदमलाई सच्याएर समिक्षा गर्दै पुनः मिल्न सकिने बताए । प्रधानमन्त्रीले दुई वटा मन्त्रालय दिएर जसपालाई सरकारमा ल्याउन खोजेको चर्चा छ नि भन्ने प्रश्नमा उनले यसमा सत्यता नभएको बताएका छन् । कम्तिमा आगामी चुनावसम्म पाँचदलीय गठबन्धन कायम रहने समेत उनले बताए ।

Read More

काठमाडौं – एमाले सांसदहरूले प्रतिनिधिसभा बैठकमा सरकारको कडा आलोचना गरेका छन् । बर्दियाको मधुवन नगरपालिकामा सोमबार प्रहरीको गोली लागेर मारिएकी नवीना थारुको विषयमा सांसदहरूले सरकारको कडा आलोचना गर्दै प्रहरीलाई गोली हान्ने आदेश कसले दियो भन्दै गृहमन्त्रीको जवाफ माग गरेका छन् । सांसदहरू खगराज अधिकारी, भीम रावल, विमला विक, सूर्य पाठक, लालबहादुर थापा, यज्ञबहादुर बोगटीले बर्दियाको गोलीकाण्डबारे सरकारको विरोध गरेका हुन् । एमाले सांसद घनश्याम खतिवडाले गृहमन्त्री बालकृष्ण खाँणको जवाफप्रति आपत्ति जनाउँदै बर्दियामा भएको गोलीकाण्डबारे छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरे ।

Read More

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले मतदान गराउने जिम्मा सरकारको नभई निर्वाचन आयोगको भएको भन्दै निर्वाचन निष्पक्ष र स्वच्छ भएको बताएका छन् । एमाले सांसद लालकुमार थापाले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान गर्न सरकारकै निर्देशनमा भएको भन्दै मंगलबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री खाँण र प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहको राजीनामा माग गरेका थिए । सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री खाँणले सरकारले मतदान नरोकेको, सुरक्षाकर्मीले मतगणना प्रभावित नपारेको भन्दै निर्वाचनको परिणाममा आशंका नगर्न आश्वस्त पारेका छन् । उनले स्थानीय तहका नयाँ जनप्रतिनिधिलाई सफलताको शुभकामना दिँदै सांसदहरूले उठाएका प्रश्नमा सरकार गम्भीर रहेको भन्दै केही छिटपुटका घटना भएका भए त्यसमा छलफल गर्ने र दोषीलाई…

Read More