Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – सरकारले यस पटक तीन दिनसम्म गणतन्त्र दिवस मनाउने भएको छ । यही १४, १५ र १६ जेठमा सरकारले गणतन्त्र दिवस मनाउने भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बिहीबार बसेको ‘गणतन्त्र दिवस २०७९’ मुल समारोह समितिको बैठकले दिवसलाई तीन दिनसम्म विभिन्‍न कार्यक्रम गरी मनाउने निर्णय गरेको हो । निर्णयअनुसार १४ जेठको साँझ संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयले राष्ट्रिय झण्डा एवं ब्यानर सजाइ साँझ दिपावली गर्नुपर्ने भएको छ । सरकारले उक्त दिन आम नागरिकलाई दिपावली गर्न अनुरोध गर्ने निर्णय पनि गरेको छ । १५ जेठमा भने हेलिकोप्टरबाट पुष्पबृष्टि र झण्डा प्रदर्शन गरी…

Read More

दार्चुला- दार्चुलाका ९ वटै स्थानीय तहमा निर्वाचित भएका पालिका प्रमुखहरुले विहिबार शपथ लिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय दार्चुलामा जिल्ला न्यायधिश कोमलप्रसाद आचार्यले नगरपालिकाका प्रमुख र गाउँपालिका अध्यक्षहरुलाई सपथ ग्रहण गराएका हुन्। नगरपालिकाका उपप्रमुख, गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्ष लगायत अन्य जनप्रतिनिधिहरुले पालिकामै सपथ ग्रहण गर्नेछन्। दार्चुलामा दुई नगरपालिका र तीन गाउँपालिका गरी पाँच स्थानीय तहको प्रमुखमा नेकपा (एमाले) उम्मेदवार विजयी भएका छन् भने चार गाउँपालिका अध्यक्षमा नेकपा माओबादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । महाकाली नगरपालिकाको प्रमुखमा एमालेका नरसिंह चैसीर, शैल्यशिखर नगरपालिकाको प्रमुखमा एमालेका विजयसिंह धामी, व्यास गाउँपालिकामा नेकपा एमालेका मंगलसिंह धामी, दुहुँ गाउँपालिकाको अध्यक्षमा एमालेका नरेन्द्र सिह बडाल, मालिकार्जुन…

Read More

चितवन – भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार रेणु दाहालले तीन हजार १२६ मतले अग्रता लिएकी छिन् । महानगरपालिकामा ४० हजार ९६३ मतगणना हुँदा दाहालले अग्रतालाई फराकिलो बनाएकी हुन् । दाहालले १५ हजार ५१३ मत प्राप्त गर्दा नेकपा (एमाले)बाट प्रमुखका उम्मेदवार विजय सुवेदीले १२ हजार ३८७ मत प्राप्त गरेका छन् । यस्तै स्वातन्त्र उम्मेदवार जगन्नाथ पौडेलले छ हजार ४०३ मत प्राप्त गरेका छन् । उपप्रमुखमा गठबन्धनबाटै कांग्रेसका चित्रसेन अधिकारीले १७ हजार ९७० मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले नौ हजार ९६१ मत प्राप्त गरेका छन् । छ । भरतपुर महानगरमा वडा नं १, २, ४, ५, ६ र…

Read More

बुटवल – बुटवल उपमहानगरपालिकामा मतगणना स्थगित भएको छ । उपमहानगरपालिकाको वडा नम्बर ११ को मत पेटिकाको शिल तोडिएको भेटिएपछि मतगणना स्थगित भएको हो । निर्वाचन कार्यालका अनुसार मतगणना रोकेर सर्वदलीय बैठक राख्ने तयारी भएको छ । अन्य वडाको मतगणना जारी रहेको छ । बुटवलमा नेपाली काँग्रेसले मेयरमा लिड गरेको छ भने उपमेयर नेकपा एमालेले लिड गरिरहेका छ ।

Read More

झापा – प्रहरीले अवैधरुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको रु २८ लाख बढीको सुनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा कैलाली घर भई हाल दमक नगरपालिका–२ बस्ने ३३ वर्षीय धीरेन्द्र जैसी रहेको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । जैसीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले मङ्गलबार मेचीनगर–६ स्थित पुरानो मेची पुलछेउबाट पक्राउ गरेको हो । जैसीको साथबाट बरामद गरिएको ३४९ दशमलव ७०० ग्राम सुन हालको बजार मूल्यअनुसार रु २८ लाख ८७ हजार १८२ रकम बराबरको रहेको १ नं प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नवीनराज राईले बताए। पक्राउ गरिएका जैसीलाई सुनसहित मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिनिधिसभा बैठकमा उपस्थित हुन निर्देशन दिएका छन् । बुधबारबाट प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा सहभागी भइरहेको छ । मंगलबार पेस गरिएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि बुधबारबाट छलफल सुरु भएको हो । बिहीबार छलफल सुरु भइसक्दा पनि अर्थमन्त्री शर्मा उपस्थित नभएपछि प्रमुख प्रतिपक्षी एमाले संसदीय दलका प्रमुख सचेत विशाल भट्टराईले सभामुख सापकोटाको ध्यानाकर्षण गराए । त्यसपछि सभामुख सापकोटाले अर्थमन्त्री शर्मालाई बैठकमा उपस्थित हुन र उनको अनुपस्थित रहुन्जेलसम्म उपस्थित अन्य मन्त्रीले टिपोट गरेर रिपोर्टिङ गर्न पनि निर्देशन दिए । यसपछि…

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयर पदको जारी मतगणनामा अग्रता लिइरहेका बालेन साहको घरमा पुत्री लाभ भएको छ । मेयर उम्मेदवार बालेनले मतगणनामा अग्रता लिइरहेका बेला घरमा पुत्री लाभ भएकोमा उनका समर्थक एवं शुभचिन्तकहरुले शुभ संकेत भन्दै बधाई दिइरहेका छन् । बालेन पछिल्लो अपटेडअनुसार काठमाडौं महानगर प्रमुखमा प्रतिस्पर्धी केशव स्थापित र सिर्जना सिंहभन्दा करिब दोब्बर मतले अगाडि रहेका छन् । उनले प्रत्येक अपडेटमा मतान्तर बढाउँदै गरेका छन्

Read More

कैलाली – कैलालीमा प्रहरीले हतियार देखाएर चालकमाथी आक्रमण गरी गएराति ब्यवस्थीतनगर बाट पल्सर मोटरसाइकल लुट्ने एक जनालाई मोटरसाईकल सहित पक्राउ गरेको छ । पिडित पक्षले ईलाका प्रहरी कार्यालय लम्कीमा दिएको उजुरीका आधारमा अनुसंधानको क्रममा आज बिहान करीब १० बजेतिर लम्कीचुहा वडा नम्बर १ र तिनको सिमाना सेर्पासेन्टर कुन्टीखेत बाट सोहि ठाँउका लुटेर लगेको सु.प.प्र ०१–००१०–प ३२४१ नम्बरको मोटरसाइकल सहित सुनिल वि.क लाई पक्राउ गरीएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । घटनामा संलग्न अरुको समेत खोजी भईरहेको प्रहरीले जनाएको छ । स्थायी घर टीकापुर भई हाल लम्कीचुहा ३ ब्यवस्थीतनगर शान्ती टोलमा डेरागरी बस्दै आएका रानीजमरा कुलरीया सिचाई आयोजना टीकापुरमा…

Read More

काठमाडौं – आज बिहीबार छापावाल सुनको मूल्य ५ सय रुपैयाँले बढेर ९६ हजार ३०० रुपैयाँमा कायम भएको छ । साथै, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ८ सय रुपैयाँमा कायम भएको छ । साथै, आज चाँदीको भाउ ५ रुपैयाँले बढेर प्रतितोला १२ सय ५५ रुपैयाँमा कायम भएको छ ।

Read More

काठमाडौं – स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले ६७ स्थानमा फराकिलो अग्रता बनाएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा दोस्रो पार्टी भएको काँग्रेसले २०७९ मा आइपुग्दा नतिजामा व्यापक सुधारेको हो । काँग्रेसले बिहीबार बिहानसम्म २४५ स्थानीय तहमा जित हासिल गरेको छ । जसमा मेयर ८३ र अध्यक्ष पद १६२ समावेश छ । यसैगरी, अघिल्लो स्थानीय तह निर्वाचनमा पहिलो स्थान ओगटेको एमालेको नतिजा खस्किएको छ । नतिजाअनुसार एमालेले १५७ स्थानीय तह जितेको छ भने ४४ स्थानमा अग्रता बनाएको छ । यस्तै, १०२ स्थानीय तहमा जित हासिल गरेको माओवादी केन्द्रले १६ स्थानमा अझै अग्रता बनाएको छ । नतिजाअनुसार माओवादी केन्द्रको तेस्रो स्थान कायम…

Read More