Author: महेन्द्रनगर पोष्ट

धनगढी – अवैध लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कन्चनपुर पुनरवास नगरपालिका-१ बस्ने ४२ वर्षीय डब बहादुर तामाङ, पुनरवास नगरपालिका-१ बस्ने ३५ वर्षीय कान्छा तामाङ र पुनरवास नगरपालिका-१ बस्ने २८ वर्षीया अन्जु सार्की रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले धनगढी उपमहानगरपालिका-१ सेती प्रादेशिक अस्पताल नजिकबाट डब बहादुरलाई ३० ग्राम, सोही उपमहानगरपालिका-२ त्रिनगर भन्सारबाट कान्छालाई १० ग्राम र थप अनुसन्धानका क्रममा सोही उपमहानगरपालिका-३ ट्राफिक चौराहबाट अन्जुलाई नगद ४९ हजार रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । लागूऔषध खैरो हेरोईन बिक्री वितरणमा एउटा समूह नै सक्रिय…

Read More

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक शृंखलामा नेपालले आज ओमानसँग पहिलो खेल खेल्दैछ । बुधबारदेखि सुरु भएको श्रृंखलामा ओमान पहिलो खेलमा घरेलु टोली अमेरिकासँग ११४ रनले पराजित भएको थियो । पर्लयाण्डस्थित मोसा क्रिकेट स्टेडियममा ओमानले पहिलो खेल खेलिसक्दा नेपाल भने त्यही टिमसँग आफ्नो पहिलो खेल खेल्न लाग्दैछ । खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ । अमेरिकाको फरक कन्डिसनमा खेल्नु अघि नेपालले १० दिनअघि नै अमेरिका गएर लिग टू का लागि तयारी गरेको थियो । त्यहाँको स्थानीय टिमसँग दुई अभ्यास खेल खेल्नुका साथै नेपालले प्रशिक्षण समेत गरेको थियो ।…

Read More

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)मा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । विवादको कारक भने मन्त्री पद हो । मन्त्री बन्‍ने समयसीमा ६ महिना भएको र २२ असोज २०७८ मा मन्त्री भएकाहरूलाई फिर्ता बोलाउन दुवै पार्टीमा एकथरी सांसदहरूले नेतृत्वलाई चर्को दबाब दिइरहेका छन् । तर, दुवै पार्टीमा मन्त्री बनेकाहरू सरकारबाट फिर्ता हुन चाहिरहेका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले न्युज कारखानासँग भनेका छन्, ‘हामीलाई फिर्ता बोलाउने र नयाँ मन्त्री पठाउने केही भएको छैन । भएको भए पो भन्‍नु । तपाईंहरूले केही नभई बारम्बार सोध्नुहुन्छ ।’ एकीकृत समाजवादीका खतिवडाको यो भनाइले मन्त्री पद छाड्न उनी पनि…

Read More

जलेश्वर – महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरा गाउँमा बुधबार साँझ पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय किशोर सदाकी छोरी ६ वर्षीया आँचल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । बालिकाको शव परीक्षणका लागि गए राति प्रादेशिक अस्पताल जलेश्वर लगिएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं- नेपाल सरकारले मध्य मर्स्याङ्दी जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् भारत निर्यात गर्न थालेको छ। बुधबार रातिदेखि मध्य मर्स्याङ्दीसहित पाँच वटा आयोजनाको ३ सय १२ मेगावाट विद्युत् भारत निर्यात गर्न थालेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। त्रिशूली, देवीघाट, कालीगण्डकी र मर्स्याङ्दी जलविद्युत् आयोजनाले यसअघि नै भारतमा विद्युत् बेच्न थालिसकेका थिए।नेपाली विद्युतले भारतीय बजारमा भाउ पनि राम्रो पाइरहेको छ। बुधबबार राति १२ बजेदेखि भरे राति १२ बजेसम्मको लागि प्रतियुनिट औसत भारतीय ६ रुपैयाँ ८८ पैसा अर्थात नेपाली ११ रुपैयाँमा बिक्री भइरहेको छ। आज निर्यात भइरहेको परिमाण र मूल्य अनुसार एकैदिन झन्डै साढे सात करोड रुपैयाँको विद्युत् भारत निर्यात हुने प्राधिकरणले जनाएको…

Read More

कैलाली- कैलालीमा मोटरसाइलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिकास्थित पाण्डेय चोकमा मोटरसाइकलले ठक्कर दिँदा घोडाघोडी नगरपालिका वडा नम्बर २ की ५१ वर्षीया तारा रावलको मृत्यु भएको प्रहरीले जनाएको छ। बुधबार राति छाडा चौपाया धपाउने क्रममा पुर्वबाट पश्चिमतर्फ आइरहेको सुपप्र ०१००८ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। ठक्करबाट घाइते भएकी रावललाई उपचारका लागि घोडाघोडी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्ररहरीले जनाएको छ। मोटरसाइकल चालक बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का २० वर्षीय अशोक शाही घाइते रहेको प्रहरीले जनाएको छ। उनको सुखड अस्पतालमा उपचार भइरहेको छ।

Read More

काठमाडौं- आज देशभर बदली रहने र हल्कादेखि भारीसम्म वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान विभागले जनाएको छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा तथा कर्णाली तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका…

Read More

कैलाली- कैलालीको धनगढी उपमहानगरपालिका भित्र निःशुल्क रुपमा वडा क्लिनिक सञ्चालन हुने भएको छ । बुधबार धनगढी उपमहागनरपालिका र भाट–भटेनी सुपरमार्केटबीच वडा क्लिनिकबाट निःशुल्क स्वास्थ्य परीक्षण सेवा सञ्चालनका लागि सम्झौता भएको छ । एक कार्यक्रमकाबीच उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र भाट–भटेनी सुपरमार्केटका प्रबन्धक निर्देशक मीनबहादुर गुरुङबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । हस्ताक्षर पछि बोल्दै सुपरमार्केटका प्रबन्धक निर्देशक गुरुङले उपमहानगरपालिकाका २ जना चिकित्सकलाई मासिक तलब र भत्ता दिन तयार रहेको बताए । सुदूरपश्चिममा धेरै पहिलादेखि नै स्वास्थ्य क्षेत्रमा केही न केही सेवा गदै आएको उनले बताए । यस प्रदेशका २ जिल्लामा आर्थिक रूपले कमजोर र जेहनदार विद्यार्थीको पठनपाठनका लागि आर्थिक सहयोग…

Read More

आज – २६ जेठ २०७९ बिहिवार । यस्तो छ आजको राशिफल :मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् । बृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । रोकिएका घरायसी काममा सुरुहुने र प्रगतिको वातावरण बन्नेछ । मिथुन(का, कि, कु, घ, ङ, छ, के, को, हा) आज कुनै कुराले मनमा शान्ति र प्रसन्नता मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आदर्श व्यक्तिसँग भेटघाट हुनेछ । कर्कट(हि, हु, हे, हो,…

Read More

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिकाले फोहरमैला बिसर्जन केन्द्र बनाउनका लागि विस्तृत अध्ययन गर्ने भएको छ । नगरभित्रको फोहरमैला व्यवस्थापन गर्न एकीकृत फोहरमैला बिसर्जन केन्द्र निर्माणका लागि विस्तृत अध्ययन गरी कार्यान्वयन गर्न विज्ञ सहितको कार्यदल गठन गर्ने नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छ । यो कार्यदल गठन गर्ने अधिकार बैठकले नगरप्रमुखलाई दिएको छ । भीमदत्तमा फोहरमैला बिसर्जन केन्द्र नहुँदा फोहोर व्यवस्थापनमा समस्या उत्पन्न भएको छ ।

Read More