दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिकाले चालु आर्थिक वर्षदेखि उत्कृष्ट कर्मचारीलाई पुरस्कारको दिने घोषणा गरेको छ । गत असार १० गते नगर सभामा पेश गरिएको निति तथा कार्यक्रममा नगर उप प्रमुख शान्ती खडायतले नगरपालिका भित्र काम गर्ने उत्कृष्ट कर्मचारीलाई पुरस्कारको दिने घोषणा गरेका हुन । उनका अनुसार सबै कर्मचारीको सम्मान र स्थानिय प्रशासन चुस्त दुरुस्त तथा स्वस्थ्य प्रतिस्प्रधि बनाउन एवम कर्मचारीहरुको सम्मानको लागी पुरस्कारको घोषणा गरिएको बताएका छन् ।
पुर्ववर्ती सरकारले उत्कृष्ट कर्मचारीलाई पुरस्कार नदिएको भएपनि अहिले नगरपालिकाले कर्मचारीहरुलाई पुरस्कार यसै बर्ष देखी प्रदान गर्ने उनले जानकारी दिएका छन । यस्तै उनले स्थानिय जनप्रतिनिधि र कर्मचारी प्रशासन एकै रथका दुई पाङग्रा भएको टिप्पणी गदैँ दुवै पक्ष मिलेर गए मात्र नगरपालिका र यसको सेवाग्राहीको विकास हुनेमा जोड दिएका छन ।
उनले आफ्नो ५ बर्षे कार्यकालमा कर्मचारीहरु प्रति मिठो सदभाव भावना राख्ने तथा दुवै पक्षमा कुनै प्रकारको तिक्तता नआउने गरी काम गर्ने पनि बताएका छन् । नगरपालिका उप प्रमुख खडायतका अनुसार यसै वर्षभित्र प्रशासकिय भवन निर्माण कार्य अगाडी बढाइने पनि बताएका छन । नगरपालिका र नगरभित्रका सम्पुर्ण वडाहरुमा कम्प्युटर प्रणालीबाट सेवा प्रबाह गर्ने पनि बताएका छन ।विभिन्न स्थानमा रहेका सरकारी तथा सामुदायिक भवनहरुको रेकर्ड अद्यावधिक गरी अधिकतम प्रयोगमा ल्याइने पनि नगरपालिकाले जनाएको छ ।आर्थिक वर्ष २०७९/८०मा विभिन्न आयोजनामा छुटयाइएको पुजीगत खर्चको न्यनतम ७० प्रतिशत रकम चैत्र मसान्त भित्रै खर्च गर्ने तथा योजना अनुगमनको बार्षिक कार्यतालिका र सुचक निर्माण गरी परिणाममुखी अनुगमनलाई प्रभावकारी बनाइने नगरपालिकाले निति तथा कार्यक्रमा राखेको जनाएको छ ।
नगरपालिका भित्र रहेको पम्पुर्ण घरधुरीहरुलाई स्वच्छ खानेपानीसंग जोड्न एक घर एक धारा कार्यक्रम पनि निति तथा कार्यक्रममा समिटिएको छ । नगर वससेवा संञ्चालनका लागि आवश्यक प्रकृया अगाडी बढाइने जनाएको छ । नगरपालिकाले यो वर्ष मात्रै ५७ करोड ३६ लाख ६१ हजार रुपैँया खर्च गर्ने जनाएको छ ।