Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले यौनजन्य हिंसाविरुद्धको शैक्षिक सामग्री पाठ्यक्रममा समावेश गर्नुपर्ने विचार सकारात्मक भएको बताएका छन् । सांसदहरूले उठाएका सवालमा छलफलमा जवाफ दिँदै उनले यौनजन्य हिंसाबाट बच्न, बचाउन र घटनाबारे सजायको प्रावधान पाठ्यक्रममा समावेश गर्नु अनिवार्य भएको बताए । सांसदहरूले विद्येयकमाथिको छलफलको क्रममा सचेतनाका लागि जानकारीमूलक सामग्री पाठ्यक्रममा समावेश गर्नुपर्ने आवाज उठाएका थिए । संसद्‍मा सोमबार विद्येयक प्रस्तुत भएको छ । उक्त विद्येयकमाथिको छलफलको क्रममा उठेका सवालको जवाफ दिने क्रममा गृहमन्त्री खाँणले बलात्कारजस्ता आपराधिक गतिविधिमा संलग्न हुनेलाई पनि अभिमुखीकरण दिनुपर्ने अवस्था देखिएको बताए । बाँकेमा भएको सामूहिक बलात्कारको घटनामा १६ वर्ष, १७ वर्षदेखि २५ वर्षसम्मको युवकहरू रहेको चर्चा गर्दै…

Read More

काठमाडौँ — गृह मन्त्रालयले बर्दिया जिल्लाको मधुवन नगरपालिका २ मा सोमबार नविना थारूको मृत्यु भएको घटनाबारे छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट गृहमन्त्री बालकृष्ण खाँणले गृहका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका हुन् । समितिलाई काम सुरु गरेको मितिले ७ दिनभित्र घटनाका सम्बन्धमा स्थलगत अध्ययनसहित छानबिन गरी प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप-महानिर्देशक (सहसचिव) वेदकुमार ढकाल, नेपाल प्रहरीका उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक विकास पाण्डे र गृहका उपसचिव ध्रुव खड्का सदस्य रहेका छन् । बर्दियाको मधुवन…

Read More

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले बाँके र बर्दियाको घटनाबारे सरकारको धारणा र सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा विभिन्न दलका सांसदहरूले बाँकेमा भएको सामूहिक बलात्कार र बर्दियामा प्रहरीको गोली लागेर मारिएकी नवीना थारुको विषयमा सरकारको धारणा माग गरेका थिए । सोही विषयमा सदनको ध्यानाकर्षण भएको जनाउँदै सभामुख सापकोटाले गृहमन्त्री खाँणलाई जवाफ दिन समय दिएका छन् । अहिले गृहमन्त्री खाँणले जवाफ दिइरहेका छन् ।

Read More

काठमाडौं – सांसद विमला विकले बर्दियामा प्रहरीको गोलीबाट मारिएकी नवीना थारुको घटनाबारे छानबिन गर्न माग गरेकी छन् । मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले सर्वसाधारण जनता वन्यजन्तुसँगै अब सरकारबाट समेत डराउनु पर्ने अवस्था आएको भन्दै गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरिन् । उनले प्रहरीले चलाउनु नपर्ने अवस्थामा पनि गोली चलाएर नवीना थारुको हत्या गरिएको भन्दै उनले यो घटनाबारे छानबिन गर्न माग गरेकी छन् ।

Read More

महेन्द्रनगर – बर्दियाको मधुवन नगरपालिका–२ ओराली बजारमा आन्दोलित स्थानीयमाथि प्रहरीले चलाएको गोली लागेर एक किशोरीको मृत्यु भएको छ । बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि सुरक्षाको माग गर्दै सोमबार दिउँसो प्रदर्शनमा उत्रिएका ओराली बजारका स्थानीयमाथि प्रहरीले गोली चलाएको हो । प्रहरीले गोली लागेर कक्षा १२ मा अध्ययनरत नविना थारुको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन्। सोमबार बिहान आक्रमण गर्न खोजेको बाघलाई होहल्ला गरेर बचेका स्थानीयमध्ये एक जना प्रहरीको गोली लागेर मृत्यु भएको हो । बाघको आक्रमणबाट घाइते भएकालाई उपचारका लागि नेपालगञ्ज पठाइएको थियो। स्थानीयले बाटो अवरुद्ध गर्दै प्रहरीमाथि नै ढुंगामुढा गरे पछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको…

Read More

बैतडी – जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसका खगेन्द्रसिंह धामी नेतृत्वको पूरै समूह विजयी भएको छ । नेतृत्वका चयनका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र स्वतन्त्रबीच गठबन्धन भएकामा नेकपा (एमाले)ले भने एक्लै चुनाव लडेका थियो । मङ्गलबार सम्पन्न निर्वाचनको सार्वजनिक मतपरिणामअनुसार प्रमुखमा धामीले १२ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी एमालेका मोहनबहादुर थापाले आठ मत प्राप्त गरे । उपप्रमुखमा माओवादीका दमनबहादुर कुँवर विजयी भएका छन् । कुँवरले १० मत प्राप्त गर्दा प्रतिस्पर्धी एमालेका हेमा भट्ट (कपाडी)ले आठ मत प्राप्त गरे । उपप्रमुखका दुई मत बदर भएको थियो । समन्वय समितिका सदस्यहरुमा पनि गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । तीन खुला…

Read More

काठमाडौं – सुनको मूल्य आज नेपाली बजारमा प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ पुगेको छ । सोमबार प्रतितोला ९८ हजार एक सय रुपैयाँ रहेको सुन मंगलबार ६ सय रुपैयाँले घटेको हो । तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, चाँदीको मूल्य भने बढेको छ । सोमबार प्रतितोला एक हजार एक सय ६ रहेको चाँदीको मूल्य आज बढेर १ हजार दुई सय ७५ रुपैया पुगेको छ ।

Read More

कर्णाली – उच्च अदालत सुर्खेतले सामुदायिक विद्यालयमा भर्ना गर्दा विद्यार्थीहरुबाट अनिवार्य शुल्क नलिन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र पुनमसिंह चन्दको संयुक्त इजलासले निवेदनको अन्तिम टुङ्गो नलागेसम्म समाजसेवी, दान दातव्य दिई धर्म गर्न चाहने स्थानीयवासी, बक्सिस, पुरस्कारलगायत रकमबाहेक विद्यार्थीबाट शुल्क नलिन आदेश दिएको हो । अदालतले वैशाख २३ गते अन्तरकालीन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफल गर्न दुवै पक्षलाई जेठ १० गते बोलाएको थियो । दुवै पक्षको बहस सुनेपछि सोमबार अदालतले विद्यार्थीबाट कुनै प्रकारका शुल्क नलिन आदेश सुनाएको हो । आदेशमा भनिएको छ, “आमनेपाली नागरिकका सन्तानले आठ कक्षासम्म अनिवार्य निःशुल्क पढ्नु पढाउनुपर्ने…

Read More

सुर्खेत – सुर्खेतमा चार दिनदेखि हराइएकी एक बालिकाको शव फेला परेको छ । गुर्भाकोट नगरपालिका-५ धारापानीकी अन्दाजी सात वर्षीया बालिका ग्रीस्मा विक मृत अवस्थामा फेला परेकी हुन् । नेपाली कांग्रेसको गुर्भाकोट नगरपालिका-५ ले आयोजना गरेको कार्यक्रममा शनिबार हजुरआमासँगै सहभागी विक सोही दिन हराएकी थिइन् । चार दिनदेखि हराएकी बालिकाको शव मंगलबार बिहान घरदेखि एक सय मिटरको दूरीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी रामप्रसाद घर्तीले बताए । बालिकाको मृत्युको कारण नखुले पनि घटनामा संलग्न भएको आशंका एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

Read More

काठमाडौं – काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले फोहोर व्यवस्थापनमा सघाउन महानगरवासीलाई सार्वजनिक रुपमा अपिल गरेका छन् । सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै उनले अब फोहोर उठ्ने तर कुहिने र नकुहिने फोहोर घरमै छुट्याएको हुनुपर्ने बताएका छन् । मेयर साहले नछुट्याई राखिएका फोहोर महानगरपालिकाले नलिने र फिर्ता गर्ने उल्लेख गरेका छन् । ‘यो सबैको लागि निःसन्देह खुसीको खबर हो । अहिलेसम्म फोहोर थुप्रिएर पाउनु भएको दुखका लागि क्षमाप्रार्थी छौँ,’ उनले लेखेका छन्,’कोठाभित्र होस् वा घरमा वा सडकमा, जतासुकै फोहोरले यतिसम्म दुख दिँदा र अप्ठ्यारोमा पारिरहँदा पनि धैर्य भएर सहिदिनु भएकोमा हृदयदेखि नै धन्यवाद छ ।’ मेयर साहले फोहोर उठ्नु मात्रै…

Read More