Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ – दैलेख, अछाम, बर्दिया र बारामा भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । दैलेखको आठबिस नगरपालिका–२ सिस्नेस्थित सडकमा नेपालगन्जतर्फ जाँदै गरेको म.१ ख ६६० नम्बरको बस बुधबार दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुल्लु नगरपालिका–९ बस्ने ३२ वर्षीय प्रेम सुनार समेत ३ जनाको घटनास्थलमै र १ जनाको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका बसमा सवार २० जनालाई स्थानीय मेडिकल हुँदै थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत पठाइएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ टोट्केसालमा भे.१ त ८९३७ नम्बरको ट्रयाक्टरको…

Read More

पर्सा – वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद ९ लाख ५० हजार रूपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार बेतिया ग्रामपञ्चायत गुर्वलिया कचहरियाटोला थाना मनुवापुल बस्ने ४२ वर्षीय संजय राम रहेका छन् । उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश ३–०२–०११ प ८६२७ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा श्रोत नखुलेको नगद फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन सम्पन्न भएको १४ दिनसम्म पनि परिणाम किन आइसकेको छैन ? भन्दै प्रश्न गरेका छन् । आज (बिहीबार)को प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले निर्वाचन निष्पक्ष हुन नसकेको बताए । ‘आज १४ दिनसम्म पनि किन परिणाम आइरहेको छैन ? निर्वाचन स्वच्छ हुन सकेन । निष्पक्ष हुन सकेन,’ ओलीले भने ।

Read More

काठमाडौं – विदेश पठाई दिन्छु भनि ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका- ८ बस्ने चितवन भरतपुर महानगरपालिका- ९ वसन्त चोक घर भएका २७ वर्षीय सुजनराज पाण्डेलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पाण्डेले टिपिकल क्लोथिङ एण्ड क्राफ्ट स्टोर नामक व्यवसायिक कम्पनी दर्ता गर्न लगाई यूरोपको जुनसुकै देशमा गएर ब्यपार व्यवसाय गर्न मिल्ने भिषा लगाई दिन्छु भनि हंगरीको लागि नक्कली भिषा समेत निकाली पीडितबाट २५ लाख रूपैयाँ ठगी गरेको भन्ने सूचना प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बानेश्वरबाट पक्राउ गरेको हो । उनीलाई ठगी कसूर अन्तर्गत थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

Read More

काठमाडौं – आजको संसदमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै स्थानीय चुनाव शान्तिपूर्ण नभएको निष्कर्ष सुनाएका छन् । उनले प्रतिपक्षलाई सिध्याउने घोषित उद्देश्यका साथ लोकतन्त्रको धज्जी उडाउने गरी निर्वाचनमा राज्यसंयन्त्र दुरुपयोग गरिएको बताए । नीति तथा कार्यक्रममाथि आजदेखि सदनमा सुरू छलफलमा बोल्दै ओलीले निर्वाचनको दिन आफूलाई पर्याप्त सूचना नआएकाले आमरूपमा शान्तिपूर्ण नभएको प्रतिक्रिया दिएको बताए । ‘मैले शान्तिपूर्ण भयो होला भन्ने ठानेको थिएँ । दुर्गम र दुरदराजको रिपोर्ट आएको थिएन । तर, पछि रिपोर्टहरू आएपछि थाहा भयो । कति ठाउँमा बुथ कब्जा भए । कति ठाउँमा बम पड्काइए । कति ठाउँमा चुनाव स्थगित भए,’ ओलीले भने । देशका…

Read More

काठमाडौं – साताको पाँचौं दिन आज (बिहीबार) बजारमा सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ६ सय रुपैयाँले बढेर ९८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन प्रतितोलामा ९८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य भने बिहीबार ५ रुपैयाँले घटेर १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली कार्यरत खाडीका साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन, र कतारका लागि काउन्सेलर(श्रम) र श्रम सहचारी सिफारिस गरेको छ। मन्त्रालयले साउदी अरेबिया, रियादको काउन्सेलरमा देवेन्द्र कार्की र संयुक्त अरब इमिरेट्सका लागि दीन बन्धु सुबेदीलाई सिफारिस गरेको हो। कार्की श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, मिनभवनमा कार्यरत छन् भने सुबेदी वैदेशिक रोजगार बोर्डको सचिवालय, बबरमहलमा कार्यरत रहेका छन् । यस्तै बहराइनको श्रम सहचारीमा शाखा अधिकृत जमुना काफ्ले र कतारका लागि कृष्ण पौडेलको नाम सिफारिस भएको छ । काफ्ले र पौडेल दुवै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत छन् । उनीहरूलाई काउन्सेलर(श्रम) तथा सहकारी…

Read More

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (बिहीबार) को संसदमा सम्बोधन गर्दै छन् । अध्यक्ष ओलीले संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रमसँगै समसामयिक विषयमा सम्बोधन गर्ने बताइएको छ । एमालेले लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएको थियो । स्थानीय तह निर्वाचनपछि बिनाशर्त एमालेले संसदमा अवरोध गर्न छाडेको हो । आजको संसद् बैठक ११ बजेका लागि डाकिएको छ ।

Read More

काठमाडौं – स्थानीय तह निर्वाचनमा भएको तालमेललाई लिएर जनता समाजवादी पार्टी (जसपा) गठबन्धका अन्य दलसँग असन्तुष्ट हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सहकार्य गर्ने तयारी गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले बुधबार जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेट पनि गरेका छन् । दुई नेताबीचको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । गठबन्धन दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)लगायत आगामी प्रदेश र सङ्घीय निर्वाचनमा पनि तालमेल गरेर जानुपर्ने पक्षमा उभिन थालेको बेला जसपा भने तालमेलको क्रममा स्थानीय निर्वाचनमा कांग्रेसले धोका दिएको भन्दै असन्तुष्ट हुँदा ओलीले उक्त पार्टीका अध्यक्ष यादवलाई भेटेका हुन् । ओलीले २५ वैशाखमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरी…

Read More

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणअघि नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका जाने भएका छन् । नेपाली सेनाको प्रधानसेनापति नियुक्त भएलगत्तै भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका शर्मा अमेरिका भ्रमणमा जाने निश्चित भएको हो । शर्माको भ्रमण जुन २६ देखि ३० को बिचमा हुने गरी दुई पक्षबीच छलफल चलिरहेको छ । प्रधानसेनापति शर्मा अमेरिकासंगै मध्यपूर्वका मुलुकहरुको भ्रमणमा जाने तयारीमा छन् । उनले त्यहां शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाको मिसनको निरीक्षण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणमध्ये जुलाईका लागि तय भएको छ । दुवै पक्ष जुलाई १४÷१५ मा भ्रमणको मिति तय गर्ने गरि काम गरिरहेका छन् । देउवाको…

Read More