Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : ललितपुर महानगरपालिकाले भैंसेपाटीको एक मासुपसलेले सडकछेउमा रोपेको रूखको हाँगा काटेबापत पाँच हजार जरिवाना तिराएको छ । रूखको हाँगा काटेर खसीलाई खुवाएको भेटिएपछि जरिवाना तिराएको महानगर प्रहरी प्रमुख सीताराम हाछेथूले बताए । महानगरले भर्खरै मात्र १५ सदस्यीय वातावरण नगर प्रहरी बल गठन गरेर महानगरको वातावरण संरक्षणमा काम गरिरहेको छ ।

Read More

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रन्जिता चौधरी र निर्वाचन आयोगविरुद्ध दायर गरेको मुद्दाको सुनुवाइ सकिएको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ भएको हो। रिटमाथिको सुनुवाइ सकिएकाले आजै बेलुकासम्म फैसला आउनेछ। २०८० साल १२ महिना २५ गते प्रारम्भिक सुनुवाइ भएको सो मुद्दामा वैशाख ७ गते सर्वोच्चले अन्य आदेश जारी गरेको  थियो।  वैशाख १४ गते सो मुद्दामा मिसिल झिकाउन आदेश भएको थियो। त्यसपछि वैशाख १८ र २४ गते हेर्न नभ्याइने सूचीमा राखिएको मुद्दामा आज अन्तिम सुनुवाइ भएको हो। त्यसअघि चैत्र २५ गते सर्वोच्चले नागरिक उन्मुक्तिको अध्यक्षमा चौधरीलाई  मान्यता नदिनुको कारण पेश गर्न आदेश दिएको थियो।…

Read More

काठमाडौं: आजदेखि चारधाम यात्रा सुरु भएको छ। शुभ साइत हेरेर आजबाट चारधाम यात्रा सुरु भएको हो। जसका लागि आज (शुक्रवार) बाट उत्तराखण्डस्थित केदारनाथ धाम, यमोनत्री र गङ्गोत्रीका ढोका खोलिएका छन्। यस्तै बद्रीनाथको ढोका भने पर्सिसम्ममा खुल्ने जनाइएको छ। गडवाल क्षेत्रका चारधाम धार्मिक महत्वका इतिहास हुन्। आजदेखि चारधाम यात्रा सुरु भएकोमा उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले पहिलो पुजा एवं दर्शन गरेका छन्। धामीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका नाममा केदारनाथ धाम पुगेर पहिलो पुजा गरेका हुन्।

Read More

काठमाडौं : काभ्रेको पाँचखालमा रुखमा बाँधेर जलाइएको अवस्थामा एक युवकको शव फेला परेको छ। पाँचखाल नगरपालिका- ४ मा अवस्थित फेदी र जिरोकिलो सडकबाट अन्दाजी ५० मिटर जति तल बिराजे खोल्चा जंगलको एकान्त स्थलमा हत्या गरेर जलाएको अवस्थामा झण्डै २५ वर्षका युवकको शव फेला परेको हो। शव सडिसकेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटना अनुसन्धानको लागि कुकुर पनि लगिएको छ। शवको पहिचान हुन सकेको छैन। शवको प्रकृति हेर्दा झण्डै २५ वर्ष जति उमेरको पुरुषको भएको अनुमान गरिएको छ। युवकलाई मुख र छात्तीमा फलामको तारले रुखमा बाँधेर आगो लगाएको जस्तो देखिने प्रहरीले जनाएको छ। ती युवकको २०/२५ दिनअघि नै हत्या भएको…

Read More

काठमाडौं : रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत उत्पादनमूलकतर्फको दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक भएको छ । गत वैशाख ९ देखि १५ गतेसम्म सञ्चालित दोस्रो चरणको सीप परीक्षणको नतिजा शुक्रबार सार्वजनिक गरिएको हो । दोस्रो चरणको सीप परीक्षाका लागि छनोट भएका ६ हजार ३२१ मध्येमा ५ हजार ७५३ जना पास भएको ईपीएस कोरिया शाखाले जनाएको छ । शाखाका अनुसार दोस्रो चरणका लागि छनोट भएका ६ हजार ३२१ मध्ये ४९८ जना फेल भएका छन् । ७० जना परीक्षामै उपस्थित भएका थिएनन् । गत फागुन ७ देखि चैत २४ गतेसम्म लिइएको पहिलो चरणको भाषा परीक्षामा ४० हजार ५८० जना सहभागी भएका थिए ।…

Read More

धनगढी : जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको नयाँ प्रमुखमा प्रहरी निरीक्षक गंगा बहादुर सारु आउने भएका छन् । यसअघिका प्रमुख दिपक मल्ल डीएसपीमा बढुवा भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली प्रमुखविहीन बनेको थियो । तर बुधबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले एकसाथ ५१९ जना प्रहरी निरीक्षकको सरुवा गर्दै कैलाली ट्राफिकको प्रमुखमा सारुलाई पठाएका हुन् । इन्स्पेक्टर सारु लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल, रुपन्देहीमा कार्यरत थिए । अब उनी केही दिनपछि कैलाली ट्राफिकको कमाण्ड सम्हाल्न आउने छन् ।

Read More

काठमाडौं : नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानलाई संसदमा आफ्नो भनाइ राख्न दिने निर्णय गरेको छ । आज बसेको कांग्रेस संसदीय दलकाे बैठकले सो निर्णय गरेको हो । कांग्रेसले सहकारी मुद्दामा लामिछानेमाथि संसदीय छानविन समिति गठनको माग गर्दे सदन अवरोध गर्दै आएको छ । गृहमन्त्री लामिछानेले यस विषयमा संसदको रोष्टममा आफूले प्रष्टीकरण दिन पाउनुपर्ने अडान लिइरहेका थिए । कांग्रेस वैठकले लामिछानेलाई रास्वपा सभापति र सांसदको हैसियतले बोल्न दिने निर्णय गरको एक नेताले बताए । संसदको बजेट अधिवेशन आजबाट प्रारम्भ हुँदैछ । आजको प्रतिनिधिसभा वैठकमा राजनीतिक दलका शीर्ष नेताहरुले सम्वोधन गर्ने भनिएको थियो । रविसँगै अन्य शीर्ष नेताहरुलाई पनि बोल्न…

Read More

काठमाडौं । नेपालीलाई भिजिट भिसामा केन्या पुर्‍याएर बन्धक बनाउने गिरोहका तीनजना पक्राउ परेका छन् । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । कार्यालय स्रोतका अनुसार, १० जनाभन्दा बढी नेपालीलाई महिनौँसम्म बन्धक बनाइएको खुलेको छ । मानव तस्कर समूहले पाँच करोड रुपैयाँ असुली गरेपछि भने उनीहरूलाई छाडेको पाइएको छ ।

Read More

काठमाडौं । काठमाडौंको दरबारमार्गबाट हुन्डीको ९८ लाखसहित दुई जना पक्राउ परेका छन् । उनीहरुलाई गएराति पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरु दुवै जना सुन तस्करीमा संलग्न व्यक्ति भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । महानगरीय अपराध महाशाखाले उनीहरुलाई पक्राउ गरेको हो । दोलखाबाट बरामद गरिएको ११ किलो सुन प्रकरणमा उनीहरु जोडिएको प्रहरी स्रोतले जानकारी गराएको छ ।

Read More

धनगढीः कैलालीका सीमा नाका आजबाट बन्द हुने भएका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीकाले बिहीवार सूचना जारी गरी २८ गते (आज) साँझ ६ बजेदेखि ३१ गते मतदान सम्पन्न नभएसम्म कैलाली जिल्लास्थित नेपाल–भारत सीमा नाका बन्द हुने जनाएको हो।  वैशाख ३१ गते भारतको उत्तर प्रदेश राज्यको खिरी जिल्लामा लोकसभा सामान्य निर्वाचन हुँदैछ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सीमा नाका बन्द गरिने सूचनामा उल्लेख छ। 

Read More