Author: महेन्द्रनगर पोष्ट

काठमाडौ : काठमाडौंको बत्तिसपुतलीमा शनिबार साँझ एक युवकको हत्या भएको छ। मोरङ घर भई  बत्तिसपुतली बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको हो । आक्रमणपछि गम्भीर घाइते भएका धिमाल लाई तत्कालै केएमसी लगिएपनि पछि मृत्यु भएको काठमाडौं प्रहरी परिसर प्रमुख बसन्त रजौरेले जानकारी दिए। प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ। उनका अनुसार घटना आपसी विवादकाे कारण हुन सक्छ । घटनाबारे थप अनुसन्धान भइरहेकाे उनले बताए ।

Read More

धनगढी: कैलालीमा प्रहरीमाथि नै तस्करको समूहहरुले निगरानी राख्ने गरेको पाइएको छ। कैलालीका विभिन्न सीमानाकाबाट तस्करी गर्नेहरुले प्रहरीमाथि निगरानी राख्ने गरेको पाइएको हो। आज शनिबारमात्रै एक जना प्रहरीमाथि निगरानी राख्ने तस्करका खुफिया पक्राउ परेका छन्। धनगढी उप-महानगरपालिका-७ मनेहरा बस्ने बुद्दीराम चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ। उनले विगत लामो समयदेखि जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिने प्रहरी टोलीको गोप्य रुपमा निगरानी गरी प्रहरी टोली रहेको स्थान र गतिविधीको बारेमा अवैध रुपमा भन्सार चोरी, पैठारी तथा निकासी गर्ने नेपाली तथा भारतीय मुलका विभिन्न मानिसहरुको समूहलाई सूचना गरेको खुलेको हो। यस्तै उनले सूचना दिएबाफत प्रति सूचना रु.५०० का दरले लिने गरेको बताइएको…

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै डा. गोविन्द केसीले २२ औं पटक आमरण अनशन सुरु गरेका छन् । शनिबार अनशन सुरु गर्नुअघि जारी गरेको प्रेस विज्ञप्तिमा उनले सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतमा प्रधानमन्त्री पदबाट प्रचण्डको राजीनामा माग गरेका हुन् । उनले निष्पक्ष रुपमा र पीडितहरुले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीद्द न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गर्न पनि माग गरेका छन् । ‘हाल सत्ताको नेतृत्व गरेका प्रचण्ड त पदमा रहँदा सधैंभर आफ्नो दण्डहीनताका लागि सिंगो संक्रमणकालीन न्याय प्रक्रियालाई भद्दा मजाकमा परिणत गरेको इतिहास छ । त्यसैले निष्पक्ष रुपमा र पीडितहरुले न्यायको अनुभूति…

Read More

धनगढी: धनगढीमा सञ्चालित मसाज सेन्टरहरु (स्पा) मा प्रहरीले छापा हानेको छ। वडा प्रहरी कार्यालयका प्रमुख इन्सपेक्टर जनक ढुंगानाको टोलीले स्पाहरुमा छापा हानेको हो। शनिबार प्रहरीले धनगढीका सबैजसो स्पामा छापा हानेको थियो। प्रहरी स्रोतका अनुसार ८ ओटा स्पामा छापा हानेकोमा धनगढी उप-महानगरपालिका-४ चौराहास्थित सुदूरपश्चिम स्पा नाम गरेको मसाज सेन्टरमा भने कैफियत भेटिएको छ। उक्त मसाज सेन्टरमा अनैतिक गतिविधि भएको थाहा भएपछि प्रहरीले सो स्पाका सञ्चालक र त्यहाँ कार्यरत ४ युवतीसहित ६ जनालाई पनि पक्राउ गरेको छ। छापाका क्रममा प्रहरीले सो स्पाको डस्टबिनमा कण्डमहरु फेला पारेको थियो। यस्तै त्यहाँ प्रहरीले युवतीसहितलाई आपत्तिजनक अवस्थामा फेला पारेको जनाएको छ।

Read More

काठ्माडौं : दाङमा दुई महिलाको हत्या भएको छ । घोराही उपमहानगरपालिका १० नारायणपुरकी ५० वर्षीया जुपली बुढा र ४४ वर्षीया संगीता सुनारको बञ्चरो प्रहार गरी हत्या गरिएको दाङ प्रहरीले बताएको छ । दाङ प्रमुख एसपी रामबहादुर केसीका अनुसार अटो चालक टेकबहादुर घर्तीले बञ्चरोले हानेर ती दुई महिलाको हत्या गरेका हुन् । घोराही १७ का घर्तीले विगत २ वर्षदेखि मृतक जुपलीलाई अटोमा घरमा लग्ने र ल्याउने गर्दै आएको प्रहरीले जनाएको छ । संगीता जुपलीको घरमा श्रीमानसहित भाडामा बस्दै आएकी थिइन् । टेकबहादुरले आज अपरान्ह जुपलीको भान्सा कोठामा दुईको हत्या गरेका हुन् । प्रहरीले टेकबहादुरलाई नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान अघि…

Read More

डोटीः डोेटीमा चट्याङ लागेर एक महिला घाइते भएकी छन्। जिल्लाको जोरायल गाउँपालिका–४ बाँजिलेककी ३१ वर्षीया पार्वतीदेबि बोहरा चट्याङ लागेर घाइते भएकी हुन्। आज (शनिवार) बिहान घरमा बसिरहेको बेला हावाहुरी सहित घरमा परेको चट्याङले बोहरा घाइते भएकी हुन्। चट्याङबाट बोहराको घरमा क्षेती पुग्नुको साथै गोठमा रहेको १ बाख्रा समेत मरेको इलाक प्रहरी कर्यालय जोरायलले जनाएको छ। घाइते बोहराको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

Read More

काठमाडौं : नेपाल प्रहरीका ३२१ जना प्रहरी सहायक हवल्दारहरुको पदस्थापन भएको छ । प्रहरी प्रधान कार्यालयले प्राविधिक प्रहरी समूहतर्फका हालै प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा बढुवा भएका ३२१ जना सहायक हवल्दारहरुको शुक्रबार पदस्थापन गरेको हो । प्रचलित नियमानुसार तलव, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी उनीहरुको पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साथै आवश्यक कारवाही गर्न गराउन एवं दर्ज्यानी चिन्हद्वारा सुशोभन गराउन हुन समेत सम्बन्धित कार्यालयहरुलाई अनुरोध गरिएको छ । cn_6866Download

Read More

काठमाडौं: काठमाडौंमा नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको बैठक बसेको छ। आज (शनिबार) काठमाडौंमा दलको बैठक सम्पन्न भएको हो। बैठकमा सहभागी प्रदेश सभा सदस्य ओम विक्रम भाट सरलका अनुसार समसामयिक विषयमा बैठकले छलफल एवं निर्णय गरेको छ। यस अगाडि दलमा प्रदेशसभा सदस्यहरु विभजित रहेको अवस्थामा अहिले सो समस्या हल भएको उनको दाबी छ। तर सो बैठकमा तत्कालीन संसदीय दलका नेता खगराज भट्ट र प्रदेश सभा सदस्य जानकी कुँवर भने अनुपस्थित थिए। उनीहरू काठमाडौंमा नभएर अनुपस्थित भएको बताइएपनी बर्खास्तीमा परेका तत्कालीन दल नेता खगराजले अझै नयाँ दल नेतालाई स्वीकार नगरेको बताइन्छ। केही महिना अगाडी माओवादीमा खगराजलाई हटाएर अर्का प्रदेश…

Read More

धनगढी: धनगढीको केजी हस्पिटलमा उपचाररत एक जनाको मृत्यु भएको छ। शल्यक्रिया गरिएका उपचाररत एक बिरामीको घर लैजाने क्रममा मृत्यु भएको हो। कैलालीकै गौरिगङ्गा नगरपालिका–१ का ९० वर्षीय घरथरी चौधरीको मृत्यु भएको हो। उनको उपचारसहित शल्यक्रियामा अस्पतालले सात लाख बढी रुपैयाँ लिएको थियो। मृतकका आफन्तले अस्पतालले बिरामीलाई भेन्टिलेटरबाट निकालेपछि घर लग्ने क्रममा हस्पिटलकै गेटमा उनको मृत्यु भएको जनाएका छन्। स्रोतका अनुसार अस्पतालले बिल बढाउने चक्करमा चौधरीलाई अस्पतालमै राखेको र अन्तिममा मृत्यु भएको हो। मृतकका आफन्तका अनुसार मृत्युपछि केही रकम भने अस्पतालले छुट गरेको छ। मृतकलाई सुरुमा साढे दुई लाखमा शल्यक्रिया हुने भन्दै भर्ना गरिएको थियो। यस विषयमा अस्पतालले भने कुनै प्रतिक्रिया…

Read More

धनगढी: कैलालीको धनगढीमा नेपाल प्रहरीको पेट्रोल पम्प सञ्चालनमा आएको छ। धनगढी उपमहानगरपालिका-२ स्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय नजिकै पेट्रोल पम्प सञ्चालन आएको हो। निर्माण सम्पन्न भएको सो पेट्रोल पम्पको औपचारिक उद्घाटन एक महिनाभित्रै हुने प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका प्रमुख (डीआइजी) रविन्द्र केसीले जानकारी दिए। उनका अनुसार सो पम्पसहित धनगढीको प्रहरीको गण र महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको भवन पनि सँगै उद्घाटन हुने छ। नेपाल प्रहरीको कल्याण कोषद्वारा सञ्चालनमा ल्याइएको धनगढीको सो नमूना पेट्रोल पम्पले २४ घण्टा सेवा प्रदान गर्ने बताइएको छ। एक विघा १८ कट्टा जमिनमा निर्माण गरिएको पेट्रोल पम्प बनाउन साडे ७ करोड रुपैयाँ लागत लागेको थियो।

Read More