Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसाबारे पछिल्ला दिनमा सार्वजनिक घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै यसका दोषीलाई कानूनी कारवाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराएका छन् । आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा जारी रहेको छलफलकै क्रममा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सभामुखको ध्यानाकर्षण गराएका थिए। सांसद थापाको ध्यानाकर्षणका आधारमा सभामुख सापकोटाले यौन हिंसाका दोषीलाई कारवाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् । केही वर्ष पहिले एक युवतीलाई मोडलिङका नाममा यौन हिंसा गरेको भन्ने विषय पीडितले नै सार्वजनिक गरेपछि दोषीलाई कारवाही गर्न माग गरिएको छ । सामाजिक सञ्जालमार्फत पीडित युवतीले सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार…

Read More

काठमाडौं – सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डिआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलका नारायणदत्त पौडेललाई एआईजीमा बढुवा गरेको हो । मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार बढुवाको निर्णय गरेको मन्त्रीपरिषद् बैठकमा सहभागी एक मन्त्रीले बताए । वैशाख २१ मा गृह मन्त्रालयबका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितीले डिआईजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवा गर्न गरेको सिफारिसलाई मन्त्रिपरिषद्ले सदर गरेको हो । त्यस्तै सरकारले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआईजी) बसन्त लामालाई पनि एआईजीमा बढुवा गरेको छ । लामा भोलीदेखि अनिवार्य अवकाशमा जाँदैछन् ।

Read More

काठमाडौं – कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले बलात्कार तथा यौन उत्पीडनका सम्बन्धमा रहेको हदम्यादबारे पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन् । शुक्रबार जारी प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा सहभागी हुने क्रममा उनले बलात्कार तथा यौन उत्पीडनका सम्बन्धमा रहेको हदम्यादबारे पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका हुन् । सुन्दरी प्रतियोगिताका आयोजक सदस्यबाट आफू बलात्कारमा परेको घटना एक युवतीले सार्वजनिक गरेको विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउँदै उनले बलात्कार सम्बन्धमा रहेको मौजुदा हदम्यादबारे पुनर्विचार गर्न सरकारसँग माग गरेका हुन् । उक्त घटना सार्वजनिक भइसक्दा पनि दोषी पक्राउ नपरेको विषयमा…

Read More

काठमाडौं – प्रतिनिधिसभाको बैठक शुक्रबार पनि जारी छ । मंगलबारबाट सुरु भएको संसदको ११औँ अधिवेशनको शुक्रबार चौथो बैठक बसिरहेको छ । उक्त प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा सांसदहरुले आ–आफ्नो धारणा राखिरहेका छन् । बुधबारबाट सुरु भएको सो छलफल शुक्रबार पनि चलेको हो । बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई बैठकमा सहभागी हुन निर्देशन दिएका थिए । शुक्रबारको जारी बैठकमा मन्त्री शर्मा सहभागी छन् ।

Read More

पोखरा – मतगणनामा उम्मेदवारको नक्कली प्रतिनिधि बनेर गणनास्थलमा छिरेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले परिचय भने खुलाएको छैन । उनीहरू राजनीतिक दलको नभई अनाधिकृत रुपमा छिरेको बताइएको छ । अहिले दुवैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए । उनीहरू किन मतगणना भएको ठाउँमा गए भन्ने पनि खुलाइएको छैन । पोखरा महानगरमा अहिलेसम्म ६५ हजार ४६२ मत गणना सकिएको छ । अहिलेसम्म गठबन्धन उम्मेद्वारले अग्रता लिइरहेका छन् । नतिजा आएका १५ वडामध्ये ४ वटामा एमाले र ११ वटामा कांग्रेस विजयी भइसकेको छ । यसअघिको निर्वाचनमा मेयर र उपमेयरसहित २२ वडाध्यक्ष एमालेले जितेको थियो भने ११ वडाध्यक्ष…

Read More

काठमाडौं – पाकिस्तानले अति आवश्यक रहेका बाहेकका तथा विलासिताका सामानहरुको आयातमा रोक लगाएको छ । पाकिस्तान सरकारले ती सामानहरु आयातमा रोक लगाएको जानकारी शुक्रबार गराएको छ । यसरी आयातमा रोक लगाइएका सामानहरु तीन दर्जन भन्दा बढी रहेका पनि बताइएको छ । यहाँको सरकारले आर्थिक संकटको निकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याएको छ । पाकिस्तान सरकारले पाकिस्तानको आर्थिक संकटको समाधानसम्बन्धी कार्यक्रमहरु ल्याएको छ । यहाँ पनि आर्थिक संकट पर्न सक्ने संकेतहरु देखिएको भन्दै सरकारले आर्थिक सुधारका कार्यक्रम ल्याएको हो । त्यसै क्रममा यहाँको सरकारले शुक्रबारदेखि यस्ता सामग्रीहरु आयात गर्ने काममा रोक लगाएको यहाँका सूचना तथा प्रसारण मन्त्रीले जानकारी दिनुभएको हो ।…

Read More

काठमाडौं – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको विद्यालय पोसाक परिवर्तन गरेको छ । केन्द्रले सूचना जारी गर्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको विद्यालय पोसाक परिवर्तन गरेको जनाएको छ । केन्द्रले तोकिए अनुसारको पोसाक चालु शैक्षिक सत्रभित्र कार्यान्वयनको व्यवस्था मिलाउन ७५३ वटै स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ । शिक्षक महासङ्घको अनुरोधमा विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको हाल प्रचलनमा रहेको विद्यालय पोसाक परिवर्तन गरिएको केन्द्रका निर्देशक गणेश प्रसाद पौडेलले बताए । परिवर्तन गरिएको पोसाकमा महिला पुरुषका लागि गाढा खैरो रङको सुट (कोट पाइन्ट),हल्का निलो रङको सर्ट, मौसम अनुसारको गाढा खैरो ज्याकेट कलेजी…

Read More

काठमाडौं – गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा हालसम्म नेपाली कांग्रेसका १२ हजार ३४५ जना जनप्रतिनिधि निर्वाचित भएको जनाएको छ । पालिका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा उनीहरु निर्वाचित भएका हुन् । आयोगले वैशाख ३० गते सबै ७५३ वटा स्थानीय तहमा निर्वाचन गरेको थियो । निर्वाचनमा ३५ हजार २२१ पदको लागि १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए । निर्वाचन भएकामध्ये ६३८ पालिकाको मतगणना सम्पन्न भइसकेको आयोगले जनाएको छ । आयोगका अनुसार प्रमुखमा १०२, अध्यक्षमा १८०, उपप्रमुखमा ७७, उपाध्यक्षमा १८०, वडा अध्यक्षमा २ हजार ३९३, महिला सदस्यमा २…

Read More

काठमाडौं – काठमाण्डौंबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरेको छ । बुढानिलकण्‍ठ र तारकेश्वर नगरपालिकागरी दुई ठाउँबाट प्रहरीले १२ जनालाई पक्राउ गरेको हो । बुढानिलकण्‍ठ नगरपालिका–१३ स्थित जंजिर केसीको बन्दै गरेको कटेजमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ रामहिटी बस्ने तिब्बत घर भएका २७ वर्षीय छेवाङ नोर्वु लगायत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । उक्त कटेजमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टिमले उनीहरूलाई नगद ७६ हजार रूपैयाँ, अमेरिकी डलर १ हजार र कौडा ६९ थान सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी,…

Read More

काठमाडौं – सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार अघिल्लो दिनको तुलनामा एक हजार रुपैयाँले बढ्दै छापावाला सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँ पुगेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा एक हजार नै बढ्दै ७६ हजार ८०० रुपैयाँ पुगेको महासंघले जनाएको छ । यता चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा तोलामा १५ रुपैयाँले बढ्दै एक हजार २७० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

Read More