धनगढी: प्रधान सेनापति महारथी अशोक राज सिग्देलले सुदूर पश्चिम पृतना र यसअन्तर्गतका विभिन्न युनिटहरूको निरीक्षण भ्रमण गरेका छन्। २०८१ पौष १२ र १३ गते भएको भ्रमणको क्रममा उहाँले पृतनाको मुख्यालय र विभिन्न युनिटहरूको वस्तुस्थिति र जिम्मेवारी क्षेत्रका विविध पक्षहरूबारे जानकारी लिएका थिए। यसैगरी, प्रधान सेनापतिले सकलदर्जालाई सम्बोधन गर्दै पृतनाको कार्यक्षमता र भविष्यका योजनाहरूका बारेमा पनि चर्चा गरे। भ्रमणको क्रममा प्रधान सेनापतिले बैतडीस्थित श्रीवक्स गुल्म, बझाङस्थित वीरभद्रजंग गुल्म र डोटी जिल्लाको सिलगढीस्थित भैरव प्रसाद गणले सञ्चालन गरिरहेको सामुहिक तालिमको निरीक्षण गरेका थिए। सो क्रममा उनले तालिमको विविध पक्षहरूसँग सम्बन्धित जानकारी प्राप्त गरे। भने तालिमरत सकलदर्जालाई सम्बोधन समेत गरे। प्रधान सेनापतिले सामुहिक…
Author: महेन्द्रनगर पोष्ट
धनगढी: कैलालीमा जालपादेवी केबलकारको निर्माण सुरु भएको छ। शनिबार एक कार्यक्रमकाबीच केबलकार योजनाको शिलान्यास गरिएको हो। परराष्ट्रमन्त्री आरजु राणा देउवाले कैलालीको चिसापानीदेखि राजकाँडा जोड्ने केबलकारको शिलान्यास गरेकी हुन्। चन्द्रागिरी केबलकारका सञ्चालकसमेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जिल्ला समन्वय समिति कैलालीका पूर्वसभापति सूर्यबहादुर थापाको समूहले जालपादेवी केबुलकार निर्माण गर्न लागेको हो। सञ्चालक चन्द्रप्रसाद ढकालले जालपादेवी केबलकारले सुदूरपश्चिमसहित छिमेकी प्रदेशको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा योगदान पुगाउने विश्वास व्यक्त गरे। पर्यटन प्रवद्र्धनका लागि पनि केबलकार कासेढुंगा सावित हुने उनको दाबी थियो। एक वर्षमा निर्माण सम्पन्न गर्दै सो केवलकार सञ्चालनमा ल्याउने उद्देश्यका साथ काम थालिएको बताइएको छ। आयोजनास्थलमा एक हजार…
धनगढी: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी बलियो र देशको एक नम्बरको पार्टी भए देशमा सुशासनको नयाँ युग सुरु हुने बताएका छन्। कंचनपुर जिल्लाको पुनर्वासमा आयोजित भ्रष्टाचार र वेथितिका विरुद्ध खबरदारी तथा पार्टी एकता समायोजन सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्। सरकारले गरेका भ्रष्टाचारका हरेक काण्डलाई खोतलेर कारबाही गरिने उद्घोष गर्दै अध्यक्ष प्रचण्डले भने – ‘हामीलाई दिनमा एक नम्बरको पार्टी भए मात्रै देशमा भ्रष्टाचारको अन्त्य हुने छ। मलाई विश्वास छ भ्रष्टाचारको पक्षको यो सरकारले यति धेरै भ्रष्टाचार गरेको छ। भ्रष्टाचारीलाई यसै छोडिने छैन। गिरिबन्दु, यति ओन्नीमा, नक्कली भुटानी सरणार्थी बनाएर गरिएको भ्रष्टाचार, वाइडबडी…
काठमाडौं: विदेशमा कमाएको रकम आइएमई गर्दा १ करोड रुपैयाँ जितेकी कैलालीकी प्रमिला रोकायालाई आइएमई ग्रुपले चेक हस्तान्तरण गरेको छ। जापानको क्योदाइबाट आइएमई रेमिटमार्फत रकम पठाएकी प्रमिलालाई एक करोडको चेक हस्तान्तरण गरिएको हो। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ स्थित बल्मी टोलकी रोकायलाई शनिबार कैलाली पुगेर ग्लोवल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक हस्तान्तरण गरे। चेक बुझेपछि प्रमिलाले आइएमईमार्फत रकम पठाउँदा प्राप्त भएको रकमबाट बुबा आमाका लागि घर बनाइदिने योजना बनाएको बताइन्। गत असोजमा आइएमईका ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले काठमाण्डौंमा सार्वजनिक लक्की ड्रमार्फत सेवाग्राहीको नम्बर छनोट गर्दा प्रमिला रोकाया करोडपति क्याम्पेनको भाग्यशाली विजेता बन्न सफल भएकी थिइन्। आइएमईले विदेशमा कमाएको रकम…
श्यामबहादुर खडका, नेपालीहरूका चाडहरू भदौमा शुरु भएर कार्तिकमा समाप्त भइ सक्छन्। त्यसपछि चिसोको मौसम शुरु हुन्छ। खेतीपातिको कामपनि संगै चलिराखेको हुन्छ। मानिसहरू सानोतिनो काममाब्यस्त हुन्छन्। तर सुदूरपश्चिमको केही जिल्लाहरूमा दशैँको चाडपछिको दोस्रो ठुलो चाड भुवो शुरु हुन्छ। भवानीको आराधना गरिने यो महत्वपूर्ण पर्व हो। यो पर्व पुस महिनाको शुक्ल द्वितीयाका दिनमा मानिन्छ र भुवो पनि त्यसै दिन शूरु हुन्छ। यसलाई दुयाको पर्व पनि भनिन्छ। त्यस पर्वका दुइदिन अगाडि पर्ने पुषको औँसीमा भुवो जगाउने काम हुन्छ। औँसीका दिन भुवो नजगाई दुयाका दिन खेल्न पाइँदैन। कतै कतै आगामी दिनमा भुवो खेल्ने भएमा त्यसको आमन्त्रणको लागि पूर्णिमाको बेलुकासमेत राँका जलाउने काम हुन्छ। औसीको…
डडेलधुरा: डडेलधुरामा एक किशोरी मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर २, तेली गाउँकी १९ वर्षीया किशोरी आशा मल्ल मृत अवस्थामा फेला परेकी हुन्। उनी शुक्रबार राति आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ। उनी शुक्रबार बिहान विद्यालय पनि गएकी थिइन्। तर विद्यालयबाट फर्किएपछि साँझ यस्तो घटना भएको बताइएको छ। आशाले किन यस्तो कदम उठाइन् भन्ने कारण हालसम्म खुल्न सकेको छैन। घटनाको जानकारी पाएपछि नेपाल प्रहरी घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ। स्थानीय बासिन्दाहरू यो घटनाले स्तब्ध भएका छन्।
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले रिक्त हुनै लागेका र रिक्त राजनीतिक नियुक्तिका लागि तयारी थालेको छ। हाल रिक्त रहेका पद तथा रिक्त हुन लागेका पदमा पूर्तीको लागि सत्ता साझेदार दल, दल नेता तथा मुख्यमन्त्री एवं मन्त्रीहरुबीच तयारी थालिएको हो। केही समयमै प्रदेशको खेलकुद परिषद्, युवा परिषद् लगायतमा नियुक्तिको लागि पद रिक्त हुन लागेको छ। प्रदेश सरकारले जिल्ला खेलकुद विकास समिति, प्रदेश नीति तथा योजना आयोग, प्रदेश लोकसेवा आयोग, मुख्य न्यायाधिवक्ता, चार वटा पर्यटन क्षेत्र विकास तथा व्यवस्थापन समिति, प्रादेशिक अस्पतालहरु, जिल्ला अस्पताल, जिल्लास्तरीय अस्पताल र आयुर्वेद चिकित्सालयको व्यवस्थापन समिति लगायतमा राजनीतिक नियुक्ति गर्दै आएको छ। यीमध्ये केही पद रिक्त भइसकेका छन्…
धनगढी: परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले वर्तमान सरकार जनताका अपेक्षालाई सम्बोधन गर्ने गरि अघि बढिरहेको बताएकी छन्। धनगढीमा आयोजित पत्रकारहरुको एक कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री राणाले यस्तो बताएकी हुन्। उनले सरकार मुलुकको विकास, समृद्धि, सुशासन र जनताका आशाअपेक्षालाई सम्बोधन हुने गरि अघि बढिरहेको बताईन्। नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेपछि जनतामा आशा भरोसा बढेको उनको भनाई छ। परराष्ट्रमन्त्री राणाले मुलुकमा राजनीतिक विकास भइसकेकाले अब सामाजिक र आर्थिक विकासको आवश्यकता रहेको बताइन्। वर्तमान सरकार ढल्छ भनेर भ्रम फैलाउने काम भइरहेकाले त्यस्ता हल्ला र भ्रमका पछि नलाग्न समेत आग्रह गरेकी छन्। उनले कांग्रेस-एमाले गठबन्धन सरकार ढल्छ भनेर कसैले दिवा सपना नदेख्न आग्रह…
काठमाडौं: सर्वोच्च अदालतका पूर्व न्यायाधीश प्रकाश वस्तीको निधन भएको छ। हृदयाघातको कारण नर्भिक अस्पताल पुर्याइएका उनको उपचारक्रममा हिजो साँझ देहावसान भएको हो। २०६५ माघ ९ देखि २०७० चैत ३० गतेसम्म सर्वोच्च अदालतको न्यायाधीश रहेका उनी न्याय क्षेत्रका थोरै इमान्दार र कर्मठमध्येमा पर्दछन्। सूर्यनाथ उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख रहेको बेला वस्ती कानुनी सल्लाहकार थिए। सर्वोच्चमा छोटो समय रहँदा पनि छिटो र सबैभन्दा धेरै मुद्दा छिनोफानो गर्ने न्यायाधीशको रुपमा चर्चित थिए। प्रधानन्यायाधीश हुने प्रष्ट रोलक्रमका उनलाई अस्थायी न्यायाधीशकै म्याद नथपेर घर पठाई गोपाल पराजुली र चोलेन्द्र समशेरहरुलाई रोलक्रममा चढाइएको थियो। मृतक वस्तीका छोरा विदेशमा रहेकाले भोलि मात्रै पशुपति आर्यघाटमा दाहसंस्कार…
अछाम: निर्माण सुरु भएको तीन दशकपछि अछामको कमलबजार विमानस्थलमा आज परीक्षण उडान हुँदै छ। आज दिउसो ११ बजे तारा एयरको जहाज कमलबजार विमानस्थलमा परीक्षण उडान गर्ने भएको हो। परीक्षण उडानका लागी संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे लगायतको टोली काठमाडौंबाट नेपालगन्ज उडेको छ। परीक्षण उडानका लागी नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, निर्देशक बाबुराम पौडेल पनि आउने बताइएको छ। निर्माण सुरु भएको लामो समय सम्म गति लिन नसकेको विमानस्थलमा आर्थिक वर्ष २०८०÷०८१ मा विनियोजित बजेटले विमानस्थलमा ग्राभेल गरिएपछि परीक्षण उडान हुन लागेको हो। २०४९ सालदेखि कमलबजार विमानस्थलको निर्माण सुरु भएको थियो। निर्माण सम्पन्न भएर सञ्चालनको तयारी हुँदा तत्कालीन माओवादीले…