Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- नेकपा माओवादी केन्द्रको बैठक आज पनि बस्दै छ। बिहान ११ बजेबाट सुरु हुने बैठकमा आइतबार प्रस्तुत् भएको प्रतिवेदनमाथि सोमबार दिनभर केन्द्रीय सदस्यले राखेको धारणा र उठेका प्रश्नमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिनेछन्। आजको बैठकमा पोलिटब्यूरो र स्थायी कमिटी गठनको सम्भावना पनि रहेको नेताहरुले बताएका छन्। यही बैठकबाट पदाधिकारी चयनका लागि नेतृत्वलाई केन्द्रीय सदस्यहरुले दबाब दिइरहेका छन्।

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार अपराह्न शीतल निवासमा उनीहरूले शपथ ग्रहण गरेका हुन् । जनता समाजवादी पार्टीले आफ्ना तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीका रूपमा मृगेन्द्रकुमार सिंह यादव, मोहम्मद इस्तियाक राई र प्रदीप यादवलाई सरकारमा पठाएको थियो । मृगेन्द्रकुमार सिंह यादवलाई कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी दिइएको छ । मोहम्मद इस्तियाक राईलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रदीप यादवले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

Read More

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्य वृद्धि गरेको हो । नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य १८१ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १७२ रुपैयाँ कायम गरिएको छ । त्यस्तै निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको छ । पछिल्लो १५ दिनमा प्रशोधित पेट्रोलियम पदार्थहरूको अन्तर्राष्ट्रिय बजार मूल्यमा भएको बृद्धि अनुरुप इण्डियन आयल कर्पोरेशन लिमिटेडबाट असार १७ गते प्राप्त नयाँ मूल्यसूची अनुसार विक्री मूल्य समायोजन गर्नु परेको निगमको भनाई छ । पेट्रोलियम पदार्थहरूको लागत मूल्य निरन्तर बढिरहेको हुँदा खरिद वापत भुक्तानी गर्न नसकेको…

Read More

दार्चुला – गत कात्तिक अन्तिम साता व्यास गाउँपालिका– १ छांगरु तथा तिंकरका बासिन्दा र सशस्त्र प्रहरीका लागि नेपाल सरकारले हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी ग¥यो। सुदूरपश्चिम प्रदेश सरकारको बजेटमार्फत खाद्यान्न ढुवानी गरियो । व्यासमा बस्ने नागरिक र सुरक्षाकर्मी पनि खुशी भए । छ महीना पुग्ने खाद्यान्न ढुवानी गरिएपछि खुशी नहुने कुरो पनि भएन। हाल आएर अहिलेसम्म सरकारले यहाँका नागरिक र सुरक्षाकर्मीका लागि खाद्यान्न ढुवानी गरेको छैन। सर्वसाधारणले गत वैशाखमा बसाइँसराइ (स्थानीय सौका समुदायको भाषामा कुञ्चा) सर्ने बेला थोरैथोरै खाद्यान्न घोडा र खच्चरमा लगेर जीविका चलाउँदैछन्। सौका समुदायले भारतीय बाटो हुँदै खाद्यान्न ढुवानी गरेका थिए। भारतीय एसएसबीसँग हारगुहार गरेर खाद्यान्न गाउँ पु¥याइएको थियो।…

Read More

काठमाडौं – नेपाल आयल निगमले शनिबार गाडी रहित सार्वजनिक विदाको घोषणा गर्न प्रस्ताव गरेको छ । निगमले निरन्तर कम्पनी घाटामा रहेको र निकट भविष्यमै पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिन सक्ने भन्दै शनिबार गाडीरहित सार्वजनिक बिदाको घोषणा गर्न प्रस्ताव गरेको हो । यस्तै निगमले सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारी साधनहरू बाहेक सरकारी तथा नीजि सवारी साधन जोर बिजोर प्रणालीमा संचालन गर्न पनि प्रस्ताव गरेको छ ।

Read More

काठमाडौं – अमेरिकासहितको भ्रमण पूरा गरी स्वदेश फर्किएका प्रधानसेनापति प्रभुराम शर्मालाई जंगीअड्डामा औपचारिक रुपमा स्वागत गरिएको छ । प्रधानसेनापति शर्मा आइतबार स्वदेश फर्किए पनि सोमबार औपचारिक रुपमा जंगीअड्डा स्वागत गरिएको हो । लेवनान, सिरिया, अमेरिका तथा राष्ट्रसंघीय मुख्यालयको दुई साता लामो भ्रमण पूरा गरी स्वदेश फर्किएका उनलाई सोमबार बिहान सैनिक मुख्यालय जंगीअड्डामा सेनाको गार्ड अफ अनरसहित स्वागत गरिएको हो । भ्रमणका क्रममा प्रधानसेनापति शर्माले अमेरिकी रक्षा मन्त्रालयका अधिकारी र अमेरिकी उच्च सैनिक अधिकारी तथा न्युयोर्कमा संयुक्त राष्ट्रसंघका उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका थिए ।

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप ४० जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ३ हजार १० नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो । मन्त्रालयका अनुसार उक्त अवधिमा १९ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घन्टामा देशभर १ लाख ४४ लाख ६६६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेको अवस्थामा नेपालमा ३ सय ४८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

Read More

बर्दिया – तीन दिनअघि बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट बालिकाको ज्यान गएपछि क्षतिपूर्ति र ट्रक चालकलाई कारबाहीको माग गर्दै बालिकाका आफन्तले पूर्व-पश्चिम राजमार्ग बन्द गरेका छन् । बाँकेको कोहलपुर बसपार्क नजिक गएकाे शनिवार बिहान सडक किनारमा हिँडिरहेकी बर्दिया ठाकुरबाबा नगरपालिका १ भुरीगाँउकी १२ वर्षीया खिमा बोहराको ट्रकको ठक्करबाट ज्यान गएपछि बालिकाका आफन्तले आज साेमवार भुरीगाउँमा पूर्व-पश्चिम राजमार्ग बन्द गरेका हुन् । उचित क्षतिपूर्ति र ट्रक चालकलाई कडा कारबाहीका लागि मृतक बालिकाका आफन्तजन, स्थानीय जनप्रतिनिधि, ट्रक व्यवसायी समिति र प्रहरीसहितको टोलीबीच इलाका प्रहरी कार्यालय कोहोलपुरमा हिजाे आइतवार बेलुकासम्म छलफल गरेपनि सहमति हुन नसकेपछि आज दिउँसो १ बजेदेखि राजमार्ग बन्द गरिएको बालिकाका फुपू…

Read More

काठमाडौ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा सञ्चालन गर्ने कलेजले तोकेकोभन्दा बढी शुल्क लिएको प्रमाणित भएमा कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथिको छलफलमा जवाफ दिँदै मन्त्री पौडेलले त्यसरी कानुनविपरीत शुल्क लिने संस्था र व्यक्तिहरुबारे जानकारी भए अवगत गराउन सांसद्हरुलाई आग्रह पनि गरे । मन्त्री पौडेलले चिकित्सा शिक्षासम्बन्धी सबै विषय चिकित्सा शिक्षा आयोगले हेर्ने भएको र विश्वविद्यालयका हकमा सम्बन्धित विश्वविद्यालयको कार्यकारीले निर्णय गर्ने स्पष्ट गरे । उनले विश्वविद्यालयमा तालाबन्दी र हड्ताल गर्ने कार्य गलत भएको र कुनै समस्या भएमा आपसी सम्वादबाट समाधान गर्नुपर्ने सांसद्हरुको…

Read More

काठमाडौं – नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजातिको फेला परेको छ । काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालको प्रयोगशाला गरिएको अणुवाङ्शिक (जीन सिक्वेन्सिङ) अध्ययनमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले जानकारी दिनुभयो । उहाँका अनुसार देखिएको सङ्क्रमणमा निर्देशक दासले नयाँ प्रजातिको ओमिक्रोन भेरियन्टको अध्ययन गरिरहेको बताउनुभयो । “हामीलाई पनि हिजो धुलिखेल अस्पतालबाट ओमिक्रोनको नयाँ प्रजातिका बारेमा जानकारी प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “कुन बिरामीमा ओमिक्रोनको नयाँ प्रजाति भेटिएको भन्नेबारमा हामीले अध्ययन गरिरहेका छौँ ।” नेपालमा यसभन्दाअघि ओमिक्रोनको द्यब्द्द प्रजातिको भेरियन्ट भेटिएको थियो । महाशाखाले पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सङ्क्रमित बिरामीको…

Read More