Author: महेन्द्रनगर पोष्ट

नयाँ दिल्ली  – कांग्रेस नेता तथा पञ्जाबी गायक सिद्धु मूस वालाको आइतबार मानसा जिल्लामा गोली हानी हत्या भएको छ । गोली लागेर अन्य दुई जना घाइते भएका छन् । पञ्जाब सरकारले  मूस वालासहित ४२४ जनाको सुरक्षा फिर्ता लिएको भोलिपल्ट यो घटना भएको हो । पञ्जाबका मुख्यमन्त्री भगवन्त मान नेतृत्वको सरकारले भीआइपी संस्कृतिलाई रोक्न भन्दै उनीहरूको सुरक्षा हटाएको थियो । मुस वाला र उनका दुई साथीहरू पञ्जाबको जवाहर के गाउँमा जीपमा चढ्दै गर्दा आक्रमण भएको थियो । मूस वाला गाडीको सिटमा ढलिएको र धेरै रगत बगिरहेको अवस्थामा फेला परेका थिए । उनलाई अस्पताल पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले…

Read More

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभएको बताएका छन् । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बसेको बैठकमा बोल्दै नेपालले सो धारणा राखेका हुन् । सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने फैसला गरेपछि आज समितिले छलफल आयोजना गरेको थियो । छलफलमा सहभागी नेता नेपालले राज्यका कुनै पनि निकाय विकासको बाधक बन्न नहुने बताए । ‘विकासको सहयोगी हुनुपर्छ राज्यका कुनै पनि निकाय, विकासको बाधक हुने होइन,’ नेपालले भने । उनले त्यहाँको वस्तुस्थितिबारे जानकारी नभइकन बनाउन नहुने भन्ने निर्णय गरिएको टिप्पणी गरे । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन ढिला भइसकेको बताउँदै उनले भने, ‘यो…

Read More

काठमाडौं – सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन प्रणाली आज (सोमबार) साँझदेखि सुरु गरिने भएको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै आज साँझ ६ बजेदेखि सवारी चालक अनुमति पत्रको नयाँ अनलाइन आवेदन प्रणाली सुरु गर्न लागिएको जानकारी गराएको हो । नयाँ लाइसेन्स तथा वर्ग थपका लागि हालसम्म परेका अनलाइन आवेदनहरू भने आजैदेखि रद्द गरिने सूचनामा जनाइएको छ । विभागका अनुसार वर्ग थप गराउन चाहने सेवाग्राहीका लागि भने अर्को हप्ताको सोमबारबाट आवेदन खोलिने छ ।

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण र सपथ ग्रहण गराइएको छ । सपथग्रहण कार्यक्रममा नवनिर्वाचित नगरप्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलसहित सम्पूर्ण ३२ वडाकै वडाध्यक्ष, वडासदस्य, दलित महिलालगायतको उपस्थिति रहेको छ । आज बिहान राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई शपथ ग्रहण गराएका हुन् । बालेनले शपथ ग्रहण गरेपछि उनले उपमेयर सुनिता डंगोललाई शपथ ग्रहण गराउने छन् । काठमाडौं महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यका अनुसार मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरु सबैको शपथ ग्रहण राष्ट्रिय सभागृहमा हुनेछ ।

Read More

काठमाडौं – आज सोमबार छापावाल सुनको मूल्य २ सय रुपैँयाले बढेर ९८ हजार २०० रुपैयाँमा कायम भएको छ । साथै, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ७ सय रुपैयाँमा कायम भएको छ । साथै, आज चाँदीको भाउ ५ रुपैँयाले बढेर प्रतितोला १२ सय ८५ रुपैयाँमा कायम भएको छ ।

Read More

हेटौंडा – बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दैछ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज दिउँसो २ बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भएको हो । प्रदेशसभा बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । नीति तथा कार्यक्रममा प्रदेश सरकारले कृषि, उत्पादन, रोजगारी र आत्मनिर्भरतालाई प्राथमिकतामा राखेको प्रदेश सरकारले बताएको छ ।

Read More

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि पेश गरेको बजेटमा सरकारी कर्मचारीहरुको तलब बढाएका छन् । नयाँ तलबमानअनुसार सशस्त्र प्रहरीका परिचरदेखि महानिरीक्षकसम्मको तलब बढेको छ । परिचरको सबैभन्दा थोरै ३२३० रुपैयाँ बढेको छ भने आईजीको ९४१० रुपैयाँ बढेको छ । नयाँ आर्थिकवर्षदेखि लागू हुने गरि गरिएको निर्णयमा सशस्त्र प्रहरीमा रहेका विभिन्न १५ दर्जामा कार्यरत कर्मचारीहरुले न्यूनतम २४ हजार ७१० देखि अधिकतम ७२ हजार ९० रुपैयाँसम्म तलब पाउने भएका छन् । सशस्त्र प्रहरीको नयाँ बढेको तलब

Read More

काठमाडौं – मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको तारा एयरको जहाजमा सवार २२ जनामध्ये १४ जनाको शव सङ्कलन भएको छ । जहाजमा सवार कसैलाई पनि जीवित अवस्थामा भेट्न सम्भावना नरहेको अधिकारीहरूले बताएका छन् । त्रिभुवन विमानस्थल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाले २२ मध्ये १४ जना यात्रुको शव सङ्कलन भएको जानकारी दिए । उनले अन्यको खोजीकार्य जारी रहेको भन्दै शव भेटिएकामध्ये केहीको चिनिने अवस्था र केहीको भने क्षतविक्षत अवस्थामा शव भेटिएको छ । आइतबार सम्पर्कविहीन भएको विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका-२ मा भेटिएको थियो। स्थानीयले खबर गरेपछि नेपाली सेना र प्रहरीको टोली घटनास्थल पुगेको थियो । जहाज पुरै टुक्रा-टुक्रा अवस्थामा…

Read More

काठमाडौं – मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको तारा एयरको जहाजमा सवार २२ जनामध्ये १४ जनाको शव संकलन भएको छ । आइतबार सम्पर्कविहीन भएको विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका-२ मा भेटिएको थियो। स्थानीयले खबर गरेपछि नेपाली सेना र प्रहरीको टोली घटनास्थल पुगेको हो । जहाज पुरै टुक्रा-टुक्रा अवस्थामा छ भने कोही पनि यात्रु ज्युँदो नरहेको त्यहाँ पुगेका उद्धारकर्मीले बताएका छन् । सबैले शव सङ्कलन गरिरहेको नेपाली सेनाको विजयपुर ब्यारेकका प्रमुख सेनानी प्रेम पौडेलले जानकारी दिए । दुर्घटनामा परी मृत्यु भएकाहरूको शव सिधै काठमाडौं ल्याइने भएको छ । हुस्सु र कुहिरोका कारण अझै हेलिकोप्टर राम्रोसँग उड्ने अवस्था नरहेको उनले बताए ।…

Read More

कञ्चनपुर- कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष महेशराज जोशीको समूहले अटो चालकलाई कुटपिट गरेको आरोप लागेको छ । शनिबार साँझ साढे ७ बजेको समयमा घर फर्किन लागेका अटो चालक अन्दाजी ३२ वर्षीय नरेश गिरीमाथि वडाध्यक्ष जोशीसहित पाँच जनाको समूहले ज्यान मार्ने धम्कीसहित निर्घात कुटपित गरेको आरोप छ । कुटिएका अटो चालक गिरीको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको शिसैया प्रहरी चौकीले जनाएको छ । प्रहरी चौकीका असई महादेव पन्तले अटो चालक गिरीमाथि कुटपिट भएको बताए पनि त्यसमा वडाध्यक्षको संलग्नताबारे आफूलाई जानकारी नभएको बताएका छन् । कुटपिटपछि गिरी उपचारका लागि धनगढी गइसकेकाले त्यसबारेमा छलफलसमेत हुन नसकेको उनले बताए ।

Read More