काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि पेश गरेको बजेटमा सरकारी कर्मचारीहरुको तलब बढाएका छन् ।
नयाँ तलबमानअनुसार सशस्त्र प्रहरीका परिचरदेखि महानिरीक्षकसम्मको तलब बढेको छ ।
परिचरको सबैभन्दा थोरै ३२३० रुपैयाँ बढेको छ भने आईजीको ९४१० रुपैयाँ बढेको छ ।
नयाँ आर्थिकवर्षदेखि लागू हुने गरि गरिएको निर्णयमा सशस्त्र प्रहरीमा रहेका विभिन्न १५ दर्जामा कार्यरत कर्मचारीहरुले न्यूनतम २४ हजार ७१० देखि अधिकतम ७२ हजार ९० रुपैयाँसम्म तलब पाउने भएका छन् ।
सशस्त्र प्रहरीको नयाँ बढेको तलब
Facebook Comments Box