Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- सरकारले राष्ट्र सेवक कर्मचारी र शिक्षकको तलब १५ प्रतिशत रुपैयाँले बढाउने घोषणा गरेको छ ।आर्थिक वर्ष २०७९८० को बजेट वक्तव्य मार्फत अर्थमन्त्री जनार्दन शर्माले साउन एक गतेदेखि लागु हुने गरी मासिक तलब बढाउने घोषणा गरेका हुन् । राजपत्रांकित तृतीय तहका कर्मचारीको तलब हाल ३९ हजार ९ सय ७५ रुपैयाँ छ । राजपत्रांकित द्वितीय तहका कर्मचारीको तलब ४४ हजार ३ सय ५७ रुपैयाँ छ । राजपत्रांकित प्रथम तहका कर्मचारीहरुको तलब ५१ हजार ३ सय ६५ रुपैयाँ छ । सचिव ९पेन्सन प्रयोजन० कर्मचारीको तलब ५४ हजार ५ सय ८२ रुपैयाँ छ । राजपत्र अनांकित विशिष्ट सचिवको तलब ६४ हजार ६ सय…

Read More

कैलाली- सरकारले कैलालीमा निर्माणाधीन रानीजमरा कुलरिया सिँचाइ आयोजना र कञ्चनपुरको महाकाली सिँचाइ आयोजनाका लागि पनि बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट भाषणा गर्दै अर्थमन्त्री जनार्दन शर्माले यी दुई ठूला आयोजनाका लागि बजेट विनियोजन गरेको बताएका हुन् । उनले रानीजमारा सिँचाइ आयोजनाका लागि आगामी आर्थिक वर्षमा दुई अर्ब ९० करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए । रानीजमराको नयाँ निर्माण भएको नहरबाट पानी सञ्चालन गर्ने र विद्युत गृह सञ्चालन गरिने उनले बताए । त्यस्तै कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणका लागि एक अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

Read More

कञ्चनपुर- कञ्चनपुरको दैजीमा औद्योगीक क्षेत्र निर्माणका लागि बजेट विनियोजन भएको छ। अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै आगामी आर्थिक वर्षमा दैजीमा औद्योगीक क्षेत्र निर्माणका लागि बजेट विनियोजन गरेको जनाए। यस्तै कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र स्थापनाका लागि बजेट विनियोजन गरिएको उल्लेख छ ।

Read More

डडेल्धुरा- सरकारले आगामी बजेटबाट डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न व्यवस्था मिलाइने जनाएको छ। आइतबार संसदमा आर्थिक वर्ष २०७९/८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न व्यवस्था मिलाइने बताए। यसअघि चुनावी सभालाई सम्बोधन गर्न डडेल्धुरा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न पहल गर्ने प्रतिवद्धता जनाएका थिए।

Read More

कैलाली- कैलालीको धनगढीस्थित फाप्लामा अन्तराष्ट्रिय मापदण्डको क्रिकेट मैदान र खेलग्राम निर्माण गरिने जनाएको छ। आइतबार संसदमा आर्थिक वर्ष २०७९÷०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले धनगढीको फाप्लामा अन्तराष्ट्रिय क्रिकेट मैदान र खेलग्राम निर्माण गर्न आवश्यक बजेट विनियोजन गरेको बताए । सरकारले यसअघि फाप्लालाई क्रिकेट मैदान र खेलग्राम निर्माण गर्ने निर्णय गरेको थियो ।

Read More

काठमाडाैं – अर्थमन्त्री जनार्दन शर्माले प्रदेश र स्थानीय तहलाई दिइने बजेट छुट्याएका छन्। प्रदेश र स्थानीय तहको अधिकारको आधारमा समानीकरण अनुदान प्रदेशलाई ६१ अर्ब ४३ करोड र स्थानीय तहलाई १ खर्ब २३ करोड रुपैयाँ विनियोजन गरिएको शर्माले बताए । सशर्त अनुदानतर्फ प्रदेशलाई ५७ अर्ब १७ करोड र स्थानीय तहलाई १ खर्ब ८३ अर्ब रुपैयाँ विनियोजन गरिएको छ। पूर्वाधारसम्बन्धी कार्यान्वयन गर्न समपूरक अनुदानतर्फ प्रदेशलाई ६ अर्ब ३० करोड र स्थानीय तहलाई ७ अर्ब २७ करोड विनियोजन गरेको छ। विशेष अनुदानतर्फ प्रदेशलाई ४ अर्ब ५६ करोड र स्थानीय तहलाई ९ अर्ब १४ करोड विनियोजन गरेको छ। राजस्व बाँडफाँटबाट प्रदेश र स्थानिय तहमा…

Read More

काठमाडौँ — सरकारले वृद्ध भत्ता पाउने उमेर घटाएको छ । अब ६८ वर्षकै उमेरमा वृद्धभत्ता पाउने व्यवस्था सरकारले गरेको हो । हालसम्म ७० वर्ष उमेर पुगेका नागरिकलाई वृद्धभत्ता उपलब्ध गराइँदै आएको छ । ‘प्रधानमन्त्री शेरबहादुर देउवाले ६५ वर्षकै उमेरमा वृद्धभत्ता पाउने व्यवस्था गर्नू भन्ने निर्देशन धेरै पहिलेदेखि दिइसकेपनि २०७९/८० को बजेटले ६८ वर्षभन्दा माथिका व्यक्तिले वृद्धभत्ता पाउने व्यवस्था गरिएको छ ।

Read More

काठमाडौं – सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गरेको छ । आज अपराह्न ४ बजेदेखि सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी अवको बजेट पेश गर्नुभएको हो । यो बजेट आयातबाट उत्पादनतर्फ र बञ्चितिकरणबाट समावेशीकरणतर्फ प्रस्थान भएको उहाँले बताउनुभयो । कोभिडपछिको अर्थतन्त्र लयमा फर्कन लागेको बताउँदै उहाँले चालू आवमा राजस्व सङ्कलन सन्तोषजनक रहेको उल्लेख गर्नुभयो । अर्थमन्त्री शर्माले उत्पादनमा आधारित अर्थतन्त्रको विकास गरी रोजगारी सिर्जनाका लागि गरिबी निवारण गर्ने, प्राकृतिक स्रोतसाधन र पूँजीको परिचालन गरी रोजगारी सिर्जना गर्ने विषय बजेटको प्राथमिकतामा रहेको जानकारी गराउनुभयो । बैठकमा अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गरिरहनुभएको…

Read More

काठमाडाैं –  सरकारले मकवानपुरको लोथरसम्म पेट्रोलियम पाइप लाइन निर्माण गर्ने भएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बाराको अमलेखगञ्जदेखि मकवानपुरको लोथरसम्म पेट्रोलियम पाइप लाइन बनाउने जानकारी दिएका हुन् । हाल भारतको रक्सौलदेखि अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइन सञ्चालनमा छ । साथै अर्थमन्त्री शर्माले खाना पकाउने एलपी ग्यास वितरण प्रणालीमा पुनरावलोकन गरिने जानकारी दिए ।

Read More

काठमाडाैं – सरकारले पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो जानकारी दिएका हुन् ।

Read More