Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- जबरजस्ती करणी गर्न खोज्ने एक पुरुषको हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीले यातना दिएको घटना सार्वजनिक भएको छ। जितपुरसिमरा उपमहानगरपालिका – ६, नगौल टोलकी १६ वर्षीया नाबालिका निरुता केसीलाई स्थानीय राकेशभक्त पौडेलको हत्या आरोपमा पक्राउ गरी इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराको अपराध अनुसन्धान टोलीले थुनामा राखेर यातना दिएको पीडितकी आमा दुर्गादेवी क्षेत्रीको आरोप छ। वैशाख ३० गते बिहानै राकेशको हत्या गरेको आरोपमा कक्षा ११ मा पढ्दै गरेकी निरुतालाई प्रहरीले जेठ ८ गते नियन्त्रणमा लिएको थियो । त्यसपछि प्रहरीले थुनामा राखेर शारीरिक र मानसिक यातना दिँदै आएको बालिकाकी आमाले बताएकी छिन् । नागरिक दैनिकमा खबर छ…

Read More

काठमाडौं- हाल नेपालमा स्थानीय, भारतको उत्तर प्रदेश बिहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । अहिले सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति प्रदेश १, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Read More

किभ-यूक्रेनका पूर्व राष्ट्रपति पेट्रो पोरोशेन्कोले आफूलाई देश छोड्न रोक लगाइएको बताएका छन् । रूसले आक्रमण गरेदेखि नै सरकारले आन्तरिक राजनीतिक युद्धविराम तोडेको आरोप उनले लगाएका छन् । सन् २०१४ देखि २०१९ सम्म सत्तामा रहेका पोरोशेन्कोले युद्ध शुरु भएदेखि अन्तर्राष्ट्रिय टेलिभिजनमा उनको दलको धारणा राख्न पटक(पटक सार्वजनिक भएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको सत्तारुढ दलपछि ठूलो उनको यूरोपेली सोलिडारिटी पार्टी यूक्रेनको संसदमा दोस्रो ठूलो दल हो । रूसले आक्रमण गरेपछि यूक्रेनको संसद्ले धेरै रूसी समर्थक दलहरूमा प्रतिबन्ध लगाएको छ भने अरूलाई अझै पनि तथाकथित राजनैतिक युद्धविरामको सीमामा रहेर गतिविधि सञ्चालन गर्न अनुमति दिएको छ । यसले सबै यूक्रेनी दलहरूले युद्धको विरूद्ध…

Read More

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट आज (आइतबार) प्रस्तुत गर्दैछ । अर्थमन्त्री जनार्दन शर्माले आज अपरान्ह ४ बजे संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने तयारी गरेकाछन् । बजेट प्रस्तुतिका लागि सम्पूर्ण सांसदहरूलाई दिउँसो ३ बजेर ३५ मिनेटभित्रै संसद् भवनमा प्रवेश गर्न सभामुख सापकोटाले रुलिङ गरेका छन् । उच्च आयात र घट्दो विप्रेषणका कारण भुक्तानी सन्तुलनमा चाप परेकाले आन्तरिक उत्पादनलाई जोड दिने गरी नयाँ बजेट ल्याउने सरकारको तयारी छ । नयाँ बजेटका लागि राष्ट्रिय योजना आयोगले १७ खर्ब ४५ अर्ब रुपियाँको सीमा निर्धारण गरेको छ । सरकारले तोकिएको सीमाभित्रै रहने गरी बजेट ल्याउने जनाएको छ ।

Read More

काठमाडौं- आज जेठ १५ गते अर्थात। राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको…

Read More

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभयो । त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सांसदहरूले उठाउनुभएको जिज्ञासाको जवाफ दिनुभएको थियो । त्यस्तै, नीति तथा कार्यक्रममाथि सांसदहरूले राख्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । यही जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको थियो । गठबन्धन सरकारका तर्फबाट आर्थिक विकास, कृषि, पर्यटन, उद्योग, ऊर्जा लगायतका क्षेत्रको विकासलाई केन्द्रमा राखेर आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । राष्ट्रियसभाको शुक्रबारको बैठकले…

Read More

दार्चुला – दार्चुला साहित्य महोत्सवमा कविता वाचन प्रतियोगिता आयोजना गरिएको छ । माध्यमिक तह कक्षा (९–१२) का विद्यार्थीहरुको सहभागिता रहेको थियो । जिल्ला भरीका १६ विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा निल पातालेश्वर मावि भर्तोलाकी छात्रा अस्मिता बोहरा प्रथम भएकी छन् । कविता बाचन प्रतियोगितामा द्धितीय स्थान छन्ना तिंकरी कन्या माविकी छात्रा अमृता लोहार र गौरीलमाण्डौ मावि हिकिलाकी छात्रा बसन्ती बम तृतीय भएको कार्यक्रमको समन्वय गरिरहेको दार्चुला साहित्य समाज दार्चुलाका अध्यक्ष नरेन्द्र सिंह बडालले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्धितीय तथा तृतीय स्थान हासिल गर्ने प्रतियोगीलाई क्रमशः नगद १० हजार, ७ हजार र ५ हजार रुपैयाँ पुरस्कार वितरण गरिएको उनले बताए ।…

Read More

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ नाम्दीखोला नजिकै आज साँझ ५ः३० बजेको समयमा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो । पहिरामा परी बोलेरोमा सवार एक व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि भरतपुरतर्फ ल्याइएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । पहिरो पन्छाउने काम सुरु भएको र केही समयपछि सडक नियमित गर्ने प्रहरीको भनाइ छ ।

Read More

महेन्द्रनगर – मालिकार्जुन गाउँपालिकाले गाउँपालिकाभित्रका टुहुँरा, विपिन्न र सहिद परिवारका बालबालिकालाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । मालिकार्जुन गाउँ कार्यपालिकाको पहिलो बैठकले जीवन निर्वाहको लागि मासिक भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।गाउँपालिका अध्यक्ष हिरासिह धामीको अध्यक्षतामा बसेको पहिलो कार्यपालिका बैठकले पालिकाभरीका टुहुँरा, विपन्न र सहिद परिवारका बालबालिकाको तथ्याङ्क संकलन गर्ने समेत निर्णय गरेको छ । गाउँपालिकामा रहेका ८ वटै वडामा प्राविधिक शिक्षा अध्ययन गर्न एक÷एक जनालाई विपन्न व्यक्तिलाई उच्च शिक्षा हासिल गर्न छात्रवृत्ती उपलब्ध गराउने बैठकले निर्णय गरेको अध्यक्ष धामीले जानकारी दिनुभयो । गाउँपालिकाभित्रका घाइते सहिद परिवारका टुहुँरा बालबालिकालाई परिचय पत्र वितरण गरि जीवन प्रवाह भत्ता दिइने उहाँको…

Read More

महेन्द्रनगर – मालिकार्जुन गाउँपालिकाले व्यक्तिगत घर भाडामा लिएर प्रयोग गर्दै आएको घरभाडा सम्झौँता खारेज गरेको छ । व्यक्तिगत घर भाडामा लिएर लाखौ रकम खर्च हुने गरेको भन्दै व्यक्तिगत घरभाडा सम्झौँता खारेज गरेको हो । गाउँपालिकाभरीका सबै सार्वजनिक भवनमा कार्यालय सञ्चालन गरिने भएको छ । यसअघि नीजि भाडामा लिएका सबै भवन पहिलो बैठकबाट खारेज गरिएको अध्यक्ष हिरासिह धामीले जानकारी दिए । गाउँपालिकाले सरकारी भवनबाटै सेवा प्रवाह गर्ने निर्णय गरेको छ । पालिकाभित्र रहेका सबै नीजि भाडाका घरहरुको सम्झौता रद्ध गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । उहाँले आर्थिक मितव्ययिता अपनाउनको लागि यो निर्णय गरिएको बताउनुभयो । यस्तै गाउँपालिका प्रवक्ताको जिम्मेवारी वडा…

Read More