Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- हाल नेपालमा स्थानीय, भारतको उत्तर प्रदेश बिहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । अहिले सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति प्रदेश १, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Read More

किभ-यूक्रेनका पूर्व राष्ट्रपति पेट्रो पोरोशेन्कोले आफूलाई देश छोड्न रोक लगाइएको बताएका छन् । रूसले आक्रमण गरेदेखि नै सरकारले आन्तरिक राजनीतिक युद्धविराम तोडेको आरोप उनले लगाएका छन् । सन् २०१४ देखि २०१९ सम्म सत्तामा रहेका पोरोशेन्कोले युद्ध शुरु भएदेखि अन्तर्राष्ट्रिय टेलिभिजनमा उनको दलको धारणा राख्न पटक(पटक सार्वजनिक भएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको सत्तारुढ दलपछि ठूलो उनको यूरोपेली सोलिडारिटी पार्टी यूक्रेनको संसदमा दोस्रो ठूलो दल हो । रूसले आक्रमण गरेपछि यूक्रेनको संसद्ले धेरै रूसी समर्थक दलहरूमा प्रतिबन्ध लगाएको छ भने अरूलाई अझै पनि तथाकथित राजनैतिक युद्धविरामको सीमामा रहेर गतिविधि सञ्चालन गर्न अनुमति दिएको छ । यसले सबै यूक्रेनी दलहरूले युद्धको विरूद्ध…

Read More

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट आज (आइतबार) प्रस्तुत गर्दैछ । अर्थमन्त्री जनार्दन शर्माले आज अपरान्ह ४ बजे संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने तयारी गरेकाछन् । बजेट प्रस्तुतिका लागि सम्पूर्ण सांसदहरूलाई दिउँसो ३ बजेर ३५ मिनेटभित्रै संसद् भवनमा प्रवेश गर्न सभामुख सापकोटाले रुलिङ गरेका छन् । उच्च आयात र घट्दो विप्रेषणका कारण भुक्तानी सन्तुलनमा चाप परेकाले आन्तरिक उत्पादनलाई जोड दिने गरी नयाँ बजेट ल्याउने सरकारको तयारी छ । नयाँ बजेटका लागि राष्ट्रिय योजना आयोगले १७ खर्ब ४५ अर्ब रुपियाँको सीमा निर्धारण गरेको छ । सरकारले तोकिएको सीमाभित्रै रहने गरी बजेट ल्याउने जनाएको छ ।

Read More

काठमाडौं- आज जेठ १५ गते अर्थात। राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको…

Read More

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभयो । त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सांसदहरूले उठाउनुभएको जिज्ञासाको जवाफ दिनुभएको थियो । त्यस्तै, नीति तथा कार्यक्रममाथि सांसदहरूले राख्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । यही जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको थियो । गठबन्धन सरकारका तर्फबाट आर्थिक विकास, कृषि, पर्यटन, उद्योग, ऊर्जा लगायतका क्षेत्रको विकासलाई केन्द्रमा राखेर आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । राष्ट्रियसभाको शुक्रबारको बैठकले…

Read More

दार्चुला – दार्चुला साहित्य महोत्सवमा कविता वाचन प्रतियोगिता आयोजना गरिएको छ । माध्यमिक तह कक्षा (९–१२) का विद्यार्थीहरुको सहभागिता रहेको थियो । जिल्ला भरीका १६ विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा निल पातालेश्वर मावि भर्तोलाकी छात्रा अस्मिता बोहरा प्रथम भएकी छन् । कविता बाचन प्रतियोगितामा द्धितीय स्थान छन्ना तिंकरी कन्या माविकी छात्रा अमृता लोहार र गौरीलमाण्डौ मावि हिकिलाकी छात्रा बसन्ती बम तृतीय भएको कार्यक्रमको समन्वय गरिरहेको दार्चुला साहित्य समाज दार्चुलाका अध्यक्ष नरेन्द्र सिंह बडालले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्धितीय तथा तृतीय स्थान हासिल गर्ने प्रतियोगीलाई क्रमशः नगद १० हजार, ७ हजार र ५ हजार रुपैयाँ पुरस्कार वितरण गरिएको उनले बताए ।…

Read More

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ नाम्दीखोला नजिकै आज साँझ ५ः३० बजेको समयमा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो । पहिरामा परी बोलेरोमा सवार एक व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि भरतपुरतर्फ ल्याइएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । पहिरो पन्छाउने काम सुरु भएको र केही समयपछि सडक नियमित गर्ने प्रहरीको भनाइ छ ।

Read More

महेन्द्रनगर – मालिकार्जुन गाउँपालिकाले गाउँपालिकाभित्रका टुहुँरा, विपिन्न र सहिद परिवारका बालबालिकालाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । मालिकार्जुन गाउँ कार्यपालिकाको पहिलो बैठकले जीवन निर्वाहको लागि मासिक भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।गाउँपालिका अध्यक्ष हिरासिह धामीको अध्यक्षतामा बसेको पहिलो कार्यपालिका बैठकले पालिकाभरीका टुहुँरा, विपन्न र सहिद परिवारका बालबालिकाको तथ्याङ्क संकलन गर्ने समेत निर्णय गरेको छ । गाउँपालिकामा रहेका ८ वटै वडामा प्राविधिक शिक्षा अध्ययन गर्न एक÷एक जनालाई विपन्न व्यक्तिलाई उच्च शिक्षा हासिल गर्न छात्रवृत्ती उपलब्ध गराउने बैठकले निर्णय गरेको अध्यक्ष धामीले जानकारी दिनुभयो । गाउँपालिकाभित्रका घाइते सहिद परिवारका टुहुँरा बालबालिकालाई परिचय पत्र वितरण गरि जीवन प्रवाह भत्ता दिइने उहाँको…

Read More

महेन्द्रनगर – मालिकार्जुन गाउँपालिकाले व्यक्तिगत घर भाडामा लिएर प्रयोग गर्दै आएको घरभाडा सम्झौँता खारेज गरेको छ । व्यक्तिगत घर भाडामा लिएर लाखौ रकम खर्च हुने गरेको भन्दै व्यक्तिगत घरभाडा सम्झौँता खारेज गरेको हो । गाउँपालिकाभरीका सबै सार्वजनिक भवनमा कार्यालय सञ्चालन गरिने भएको छ । यसअघि नीजि भाडामा लिएका सबै भवन पहिलो बैठकबाट खारेज गरिएको अध्यक्ष हिरासिह धामीले जानकारी दिए । गाउँपालिकाले सरकारी भवनबाटै सेवा प्रवाह गर्ने निर्णय गरेको छ । पालिकाभित्र रहेका सबै नीजि भाडाका घरहरुको सम्झौता रद्ध गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । उहाँले आर्थिक मितव्ययिता अपनाउनको लागि यो निर्णय गरिएको बताउनुभयो । यस्तै गाउँपालिका प्रवक्ताको जिम्मेवारी वडा…

Read More

काठमाडौं – टाँगिया सेवा समाज काठमाडौं सम्पर्क मञ्चले सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन दिएको निर्देशनको स्वागत गर्दै दीप प्रज्जवलन गरेको छ । आज (शनिबार) रिपोर्र्टर्स क्लब नेपालमा एक कार्यक्रमको आयोजना गर्दै समाजले अदालतको पछिल्लो फैसला स्वागतयोग्य रहेको भन्दै खुशीयाली साटेको हो । वन तथा वातावरणमात्रै नभएर टाँगियावासीको बसोबासको भविष्य पनि सुनिश्चित् भएको भन्दै निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन अदालतले दिएको आदेशप्रति समाजले खुशी व्यक्त गरेको हो । कार्यक्रममा बोल्दै नेपाल पर्यावरण संरक्षण तथा सम्वद्र्धन संघका अध्यक्ष सुदर्शन प्रधानले निजगढमा विमानस्थल बनाउन नहुने भनेर आफूहरुले अघि सारेको माग र आवाज आज आएर पूरा भएको भन्दै खुशी व्यक्त गरे । उनले पनि…

Read More