Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – भद्रपुरका लागि काठमाडौंबाट उडेको जहाज आकासबाटै काठमाडौं फर्किएको छ । बुद्ध एयरको ९५३ उडान नम्बरको हवाईजहाजको पछिल्लो टायरको केही पार्ट धावनमार्गमा भेटिएपछि जहाज काठमाडौं फिर्ता गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । काठमाडौंबाट ३० नटिकल माइल उडेको विमान काठमाडौं फिर्ता हुँदा केही समय काठमाडौं विमानस्थल बन्द गरिएको थियो । विमान सकुशल काठमाडौं विमानस्थलमा अवतरण गरेको छ । अब प्राविधिक जाँच गर्ने प्रवक्ता सिटौलाले बताए ।

Read More

काठमाडौं – साताको चौथो दिन बुधबार पनि बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ८ सयले घटेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन प्रतितोलामा ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि बुधबार २० रुपैयाँले घटेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौं — गृहमन्त्रालयले सशस्त्र प्रहरीकी इन्सपेक्टर अञ्जु गुरुङलाई स्पष्टीकरण सोधेको छ । बिदा नलिई लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेकी डाक्टर गुरूङलाई गृह मन्त्रालयले स्पष्टीकरण सोधेको हो । एपीएफ अस्पताल बलम्बुमा कार्यरत डाक्टर गुरूङ गत चैत १ गतेदेखि कार्यालयमा अनुपस्थित छिन्। बिना सूचना लामो समयदेखि अनुपस्थित रहेको, सम्पर्क स्थापित गर्न नसकिएको र पदीय जिम्मेवारी तथा आचरणविपरीत कार्य गरेको देखिएकोले उनलाई सेवाबाट हटाउने तयारी गरिएको छ। भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिने गरी गुरूङलाई सेवाबाट हटाउने गृह मन्त्रालयको तयारी छ। विभागीय कारबाही गर्न नपर्ने कारण भए सात दिनभित्र कारणसहित सफाइ पेश गर्न उनलाई गृह मन्त्रालयले सचिवस्तर निर्णय गर्दै सूचना प्रकाशित गरेर जानकारी…

Read More

बाजुरा – राष्ट्रपति विद्यादेवी भण्डारीले बडीमालिकामा आज बिहान पूजा आराधना गरेकी छन्। जिल्लाको खप्तडमा लाग्ने गङ्गादशहराका बेला देशका प्रतिष्ठित व्यक्तित्वले बडीमालिका र खप्तडमा पूजाआजा गर्ने प्रचलन रहेको छ । जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बडीमालिकामा जेठ महिनामा लाग्ने गङ्गादशहराको पहिले नै बडीमालिकाको पूजा गर्ने प्रचलनअनुसार आज राष्ट्रपति भण्डारीले पूजा आराधना गरेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए । बडीमालिकाको पूजा सकेर राष्ट्रपति भण्डारी सुर्खेत फर्किएकी हुन् । बडीमालिकामा राष्ट्रपति भण्डारीको आगमनले यहाँको पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

Read More

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) महासचिव डा. वेदुराम भुसालले आगामी संघ र प्रदेशको निर्वाचनमा नेकपा एमालेसँग सहकार्यको सम्भावना नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. भुसालले भने, “हामीले नेकपा एमालेसँग वार्ता, छलफल गरेको भन्ने हावादारी कुरा हो । संसद् चलिरहेको छ । कोही नेता बस्नुभयो होला, चियागफ गर्नुभयो होला । एमाले त वामपन्थी नै होइन । दक्षिणपन्थी, विर्सजनवादी र लोकतन्त्रलाई समाप्त गर्ने पार्टी हो । अब को वामसँग तालमेल गर्ने ? एमालेसँगै जाने कुरा बिलकुल गलत हो । अहिले वामपन्थी गठबन्धनको छँदै छैन ।”।महासचिव डा. भुसालले नेकपा…

Read More

मुम्बई – बलिउडका प्रख्यात गायक कृष्णकुमार कुन्नथ(केके)को निधन भएको छ । कोलकातामा लाइभ कन्सर्ट गाइरहँदा हृदयघातका कारण ५३ वर्षको उमेरमा उनको निधन भएको हो । सन् १९६८ अगष्ट २३ मा एक हिन्दु मलयाली माता­पिता सीएस मेनन र कुनाथ कनकवल्लीको घर नयाँदिल्लीमा जन्मिएका उनले पाश्र्वगायनमा आउनुअघि झण्डै ३ हजार ५ सय जिंगल गाएका थिए । उनले सन् १९९९ को विश्वकप क्रिकेटको समयमा भारतीय क्रिकेट टिमको समर्थनका लागि ‘जोश अफ इण्डिया’नामको गीत गाएका थिए । म्यूजिक एलबम ‘पल’बाट गायकका रुपमा करियर सुरु गरेका उनले त्यसपछि मात्र बलिउडमा पाइला चाले । हिन्दीसहित उनले तमिल, तेलुगु, कन्नड, मलयालम, मराठी, बंगाली, असमिया, गुजराती र हिन्दी…

Read More

सप्तरी- सशस्त्र प्रहरी सीमा सुरक्षा बलले चाँदीका तयारी गहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बलको बीओपी स्वर्णपट्टीबाट खटिएको टोलीले बोदेबर्साइन नगरपालिका– ९ स्थित इँटा भट्टा नजिकबाट भारतको बिहार राज्य मधुवनी जिल्ला खुटौना ग्राम पञ्चायत– ११ कामट टोलका २२ वर्षीय वशिष्ठ चौधरीलाई पक्राउ गरेको हो । पक्राउ परेका चौधरीको साथबाट चार लाख ३८ हजार ९५७ रूपैयाँ बराबरको २८ जोडी ९४ किलो चाँदीको तयारी पाउजु बरामद गरिएको सशस्त्र प्रहरी सीमा सुरक्षा बलका प्रहरी उपरीक्षक प्रदीप खडकाले जानकारी दिए । चौधरीले कम्मरमा लुकाएर ल्याउँदै गरेको अवस्थामा शंका लागेर जाँच गर्दा अवैध गहना फेला परेपछि बरामद गरिएको खडकाको भनाइ छ…

Read More

काठमाडौँ – आज बिहान काठमाडौंबाट ‘स्टल सेक्टर’मा उडान हुन नसकेको यति एयरले बताएको छ। उडान हुने गन्तव्यहरूको मौसम राम्रो भए पनि ‘इनरुट’को मौसम कसले दिने भन्ने अन्योल रहेका कारण मौसमको जानकारी प्राप्त नभएको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए। ‘कन्ट्रोल टावर मौसम विभागलाई देखाउँछ, एयरलाइन्सहरूलाई मौसमको आधिकारिक जानकारी लिन समस्या भएको छ,’ उनले भने। पर्वतीय उडान तथा अन्य ‘नन-स्टल’का पाइलटले इनरुटको मौसम राम्रो रहेको जानकारी दिए पनि उडानको अन्यौलता भएको उनले बताए। सम्बन्धित निकायको समन्वयविना हचुवामा निर्णय हुँदा यात्रुहरूले सास्ती बेहोर्नु परेको भन्दै उनले आक्रोश पोखे। निर्णय सही भए पनि कार्यान्वयनका लागि आवश्यक भौतिक पूर्वाधारको व्यवस्थापनसँगै समन्वय गरी सुरक्षित उडान…

Read More

धनकुटा – धनकुटाको धनकुटा नगरपालिका–६ मा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको छ । धनकुटाबाट धरानतर्फ जाँदै गरेको मे ६ प १७५६ नम्बरको मोटरसाइकल गएराती २ बजे अनियन्त्रित भइ पल्टिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

Read More

काठमाडौँ – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी असोजमा महाधिवेशन गर्ने भएको छ । सो पार्टीको उदयपुरमा सम्पन्न केन्द्रीय समिति बैठकले असोज १ देखि पार्टीको नवौँ महाधिवेशन गर्ने निर्णय गरेको हो । पार्टीका केन्द्रीय सदस्य ओम पुनले असोज १ मा महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न तयारी थाल्ने निर्णय समेत भएको बताए । नेता धर्मेन्द्र बाँस्ताेला , हेमन्त प्रकाश ओलीलगायतले पार्टी विभाजन गरेर नेकपा (बहुमत) बनाएपछि विप्लवको नेतृत्वमा उदयपुरमा केन्द्रीय समिति बैठक बसेको हो । जेठ १२ देखि १७ गतेसम्म चलेको बैठकमा महासचिव विप्लवले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । यस्तै बैठकमा पार्टीको आगामी रणनीतिका विषयमा पनि गम्भीर छलफल भएको बताइएको छ…

Read More