Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लोकतन्त्रमा सत्ता पक्ष र प्रतिपक्षबीच धेरै विषयमा विमति रहने भए पनि राष्ट्रिय हित, विदेश नीतिमा विमति हुनु नहुने बताएका छन् । मंगलबार पूर्वराजदूतहरूसँगको अन्तरक्रिया कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री समेत रहेका ज्ञावलीले एमसीसीलाई देशभित्र गिजोलिएको र झण्डै भूराजनीतिक द्वन्द्वको अवस्थामा पुगेको बताए । दलहरूले सत्तामा रहँदा आफैले हस्ताक्षर गर्ने र सत्ता बाहिर रहेपछि राजनीतिक तथा दलीय स्वार्थका कारण गिजोलेको उनले बताए । नेपालले अहिले भूराजनीतिक बदलाव र त्यसका बाछिटा भोगिरहेको उल्लेख गर्दै उनले देशको अस्मिता जोगाउन हाम्रा पुर्खाले देखाएका कुशलताबाट पनि धेरै कुरा सिक्न सकिने प्रस्ट पारे । नेपालको संविधानले इतिहासमा पहिलो पटक राष्ट्रिय हितको…

Read More

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। । हिजो सोमबारको तुलनामा आज मंगलबार सुन-चाँदीको मूल्य स्थिर छ। अघिल्लो दिन पनि सुन-चाँदी सोही मूल्यमा कारोबार भएको थियो। यो साताको पहिलो दिन आइतबार सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। आइतबारदेखि चाँदीको मूल्यमा भने स्थिरता कामय छ। आज अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य घटेर प्रतिऔंस १८ सय ३९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Read More

काठमाडौं – काठमाडौँमा बलात्कारपछि लुटपाट गरी फरार भएका आरोपित पक्राउ परेका छन्। काभ्रे तेमाल गाउँपालिका-९ घर भई बनेपामा डेरा गरी बस्दै आएका ३० वर्षीय भोटे भनिने विश्व तामाङलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार उनलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो। जेठ २९ गते राति एक २४ वर्षीया महिलालाई फकाएर विवाह गर्ने प्रलोभनमा पारी बलात्कारपछि लुटपाट गरेर तामाङ फरार भएका थिए। प्रलोभनमा पारेर ती पीडितलाई काठमाडौँ महानगरपालिका-११ भोटेबहालस्थित एक गेस्ट हाउसमा लगेका थिए। त्यहाँ लगेर पीडितलाई पेय पदार्थमा लट्ठिने पदार्थ मिसाएर खुवाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त दिन पीडितले आफूसँग १ लाख…

Read More

काठमाडौं – सर्वसाधारणमा सेयर जारी नगरेका बिमा कम्पनीहरू मर्जरमा जान सक्ने भएका छन् । पछिल्लो समय बिमा कम्पनीहरूलाई मर्जरमा जान समितिले दबाब दिइरहेको र फोर्स मर्जरमा जानका लागि विभिन्न किसिमका सुविधाहरू दिइरहेको छ । यसैका लागि हालै गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी थप व्यवस्थासहित परिपत्र जारी गरेको छ । जसमा सर्वसाधारणमा सेयर जारी गरिसकेका वा गरिनसकेका इजाजतपत्र प्राप्त बिमकहरू एक आपमा मर्जरमा जान मिल्ने समितिले जनाएको छ । तर, मर्जरमा गएका बिमा कम्पनीको कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणमा बिक्री वितरण नभएको अवस्थामा त्यस्तो नपुग अंश सर्वसाधारणमा जारी गर्ने व्यवस्थासम्बन्धित् बिमा कम्पनीले गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।…

Read More

काठमाडौं – सरकारले हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज (मंगलबार) मन्त्रालयमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका हुन् । नेपाल सरकारले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले सबै सरकारी निकायहरुले कूटनीतिक सम्बन्धका विषयमा पत्राचार गर्दा अनिवार्यरूपमा परराष्ट्र मन्त्रालयमार्फत गर्ने निर्णयसमेत गरेको छ । यसैगरी बैठकले राष्ट्रिय समाचार समिति(रासस)को अध्यक्ष पदमा वरिष्ठ पत्रकार धमेन्द्र झा (धनुषा)लाई नियुक्त गर्ने निर्णय गरेको छ । राससका नवनियुक्त अध्यक्ष झा नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष हुन् । मन्त्रिपरिषद्ले बैठकले नेपालको…

Read More

जनकपुर – मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मानव स्वास्थ्यका लागि नियमित योग आवश्यक रहेको बताएका छन् । आठौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज बिहान जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले योगाभ्यासले मानवलाई स्वस्थ राख्ने भएकाले योग शिक्षामा जोड दिनुपर्छ भने । स्वस्थ्य रहन मानवले दैनिक एक घण्टा योग गर्नुपर्ने जनाउदै मुख्यमन्त्री राउतले कार्यव्यस्थताका बाबजुद मानवले स्वस्थ्य रहन दैनिक कम्तीमा एक घण्टा योग गर्नुपर्ने बताए। “स्वास्थ्य नै महत्वपूर्ण कुरा हो”, उनले भने, “स्वस्थ रहन योग आवश्यक छ, त्यसैले नियमित योग गरौँ र निरोग रहौँ ।” योग गर्दा स्वस्थसँगै सोच र विचारमा पनि परिवर्तन आउने उनको भनाइ थियो ।…

Read More

बैतडी – तीन दिनदेखि बेपत्ता रहेकी बैतडीकी एक युवतीको त्रिनगर सीमानाकाबाट उद्धार गरिएको छ । सिगास गाउँपालिका– ८ की सरस्वती बोहराको उद्धार गरिएको हो । घरपरिवारले दिएको निवेदनका आधारमा खोजतलास गर्दै जाँदा भारत जाँदै गरेको अवस्थामा सीमानाका त्रिनगरबाट उद्धार गरिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । उनले भने, “घरपरिवारले हुलियासहित हामीलाई निवेदन दिएको थियो, हामीले सीमा क्षेत्रमा पनि सञ्चार गरेका थियौँ, त्रिनगरबाट उद्धार गरिएको खबर आएको छ ।” उद्धार गरिएकी युवतीको घरपरिवारलाई खबर भइसकेको प्रहरीले जनाएको छ । भारतमा कोही आफन्त नरहेको र सररस्वती किन भारत जाँदै थिइन् भन्ने खुल्न नसकेको र प्रहरीले थप अनुसन्धान गरिरहेको…

Read More

काठमाडौं – सरकारले विनोदप्रकाश सिंहलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बढुवा समितिको सिफारिसका मन्त्रिपरिषद्को सोमबारको बैठकले सिंहलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । उनी यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सहसचिव थिए । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा ३१ जेठमा बसेको बढुवा सिफारिस समितिको बैठकले सिंहको नाम सचिव बढुवामा सिफारिस गरेको थियो ।

Read More

काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा मंगलबार विहान ११ बजे निर्वाचन आयोगको कार्यालय जाने भएका छन्। आयोगको कार्यालय पुगेर उनीहरुले प्रवासी नेपालीहरुलाई मताधिकारको व्यवस्था मिलाउन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाको ध्यानाकर्षण गराउन लागेका हुन्। विदेशमा बस्ने नागरिकको मताधिकार, मतदातामा नामावली दर्ता गर्दाको समस्या लगायतका विषयमा कुरा गरिने महामन्त्री शर्माले जानकारी दिए। महामन्त्रीद्वय थापा र शर्माले सोमबार उक्त विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका थिए। सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्थाका लागि कानुन निर्माण गर्न सरकारका नाममा परमादेश जारी गरिसकेको छ। तर आयोगले विदेशमा भएका नेपालीलाई मतदान गर्ने प्रबन्ध मिलाउन सकेको छैन। आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रवासी…

Read More

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बस्दैछ। बैठक दिउँसो १ बजे नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ ।आजको बैठकमा विभिन्न विधेयकमाथि छलफलका लागि प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ ।संघीय संसद सचिवालयका अनुसार गृहमन्त्री बालकृष्ण खाणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर पनि प्रस्ताव प्रस्तुत गरिनेछ । आजको बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले विरूवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्…

Read More