Author: महेन्द्रनगर पोष्ट

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार प्रदेश सभाको १० आं बैठकमा प्रदेश प्रमुख देवराज जोशीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रस्तुत नीति तथा कार्यक्रममा अधिकांश पूरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ । हाल सञ्चालनमा रहेका प्रदेश गौरवका आयोजना र अधुरा आयोजना सम्पन्न गर्नका लागि बजेट विनियोजन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। यस्तै आर्थिक विकास र गरिवी निवारणमा योगदान पुगाउन उद्यम विकास, रोजगार र स्वरोजगार कार्यक्रम, औद्योगिक जनशक्ति उत्पादन र क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने, लगानीमैत्री वातावरण सृजना गर्ने, प्रदेशमा प्राविधिक विश्वविद्यालय सञ्चालन गर्ने, एक सय…

Read More

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले २०७९ सालको सार्वजनिक बिदाको सूचना प्रकाशित गरेको छ। २०७८ चैत २२ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरेको हो। राजपत्रमा प्रकाशन गरिएको सूचनाअनुसार तीन पर्वमा प्रदेशका सबै जिल्ला र अन्य तीन पर्वमा केही जिल्लामा गरी ६ दिन सार्वजनिक बिदा हुने छ। प्रदेश सरकारले यसवर्ष भदौ १ गते ओल्के पर्वमा पनि बिदा दिने निर्णय गरेको छ। विगतका वर्षमा ओल्के पर्वको बिदा नदिइएको भन्दै प्रदेशवासीले विरोध गरेका थिए। यस्तै भदौ १७ गते गौरा पर्वको अवसरमा बिदा दिने निर्णय प्रदेश सरकारले गरेको छ। १८ गते…

Read More

दार्चुला – एकल महिलालाई करणी गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् । लेकम गाउँपालिका–४ का ४५ वर्षीय हरि सिंह धामी र शैल्यशिखर नगरपालिका–९ बस्कोटका ३३ वर्षीय रमेश सिंह साउँदलाई करणीको प्रयास गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले जानकारी दिए । धामी र कार्कीले एकल महिलालाई जबरजस्ती करणी गरेको भन्दै पीडितले प्रहरीमा जाहेरी दिएकी थिइन् । उक्त जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कार्कीले बताए । महिलामाथि यही जेठ १७ गते नातामा देवर पर्ने धामीले आफ्नै घरमा करणी गरेको र जेठ १८ गते पनि करणीको प्रयास गरेको बताइएको छ । यस्तै उनै महिला…

Read More

काठमाडौं – नेपालमा आज थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २६ सय ३४ जनामा गरिएको पीसीआर परीक्षणमा उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, आज ९ जना संक्रमित निको भएका छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । देशभर संक्रिय संक्रमितको संख्या ११० रहेको मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले पार्टीले निर्णय गरेर फिर्ता बोलाए आफू फर्किन तयार रहेको बताएका छन् । मन्त्री आलेले भने, ‘अहिलेसम्म पार्टी निर्णयबारे जानकारी छैन । तर, पार्टीले फिर्ता बोलायो भने म पार्टीको निर्णय मान्छु । पार्टीले बनाएको मन्त्री हुँ निर्णय त मान्नैपर्‍यो ।’ पार्टीको सचिवालय बैठकले मन्त्री फिर्ता बोलाउने निर्णय गरेको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले यसअघि सरकारमा रहेका ५ जनालाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलका अनुसार अब भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री, जीवनराम श्रेष्ठ पर्यटन,…

Read More

काठमाडौँ – नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेको छ । सचिवालय बैठकले यसअघि सरकारमा रहेका ५ जनालाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले आफूले सरकारमा सहभागी हुने नेताहरुको नाम प्रधानमन्त्री देउवालाई बुझाएको बताए । उनका अनुसार अब भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री, जीवनराम श्रेष्ठ पर्यटन, मेटमणी चौधरी सहरी विकास, शेरबहादुर कुँवर श्रम मन्त्री बन्नेछन् । त्यस्तै हीरा केसी स्वास्थ्य राज्यमन्त्री बन्नेछन् ।

Read More

काठमाडौं – सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल मन्त्री फिर्ता गर्ने पार्टीको निर्णय प्रधानमन्त्रीलाई सुनाउन बालुवाटार जान लागेका छन् । आज (आइतबार) बसेको पार्टी सचिवालय बैठकले सरकारबाट आफ्ना मन्त्री फिर्ता गर्ने निर्णय गरेपछि त्यसबारे जानकारी गराउन उनी बालुवाटार जान लागेका हुन् । ‘पार्टीबाट ६ महिनाअघि मन्त्री बनाउँदा ६ महिनापछि पार्टीले फिर्ता बोलाउन सक्छ, निर्णय कार्यान्वयन गर्नुपर्छ भन्ने सर्तमा उहाँहरू मन्त्री हुनुभएको हो,’ एकीकृत समाजवादीका एक सचिवालय सदस्यले भने, ‘उहाँहरूलाई धन्यवाद दिएर पार्टीले बोलाउन लागेको हो । नयाँ मन्त्रीहरूका विषयमा निर्णय भएको छैन ।’ ती सदस्यका अनुसार अध्यक्षले निर्णय सुनाएपछि आजै वा केही दिनमा एकीकृत समाजवादीबाट प्रतिनिधित्व गर्ने…

Read More

पोखरा – पोखरा महानगरपालिकाले तीन महिना भित्र महानगर भित्रका सबै घर कम्पाउडमा अनिवार्य विरुवा रोप्न नगरवासीलाई आग्रह गरेका छन् । विश्व वातावरण दिवशको अवसरमा आईतबार महानगर पालिकाका मेयर धनराज अचार्यले अबको तीन महिना भित्र प्रत्येक घरमा विरुवा रोप्ने घोषणा गरेका हुन् । महानगरपालिकाले आईतबार ५० औं विश्व वातावरण दिवसको अवसर पारेर आयोजना गरेको बृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एक घर – एक बृक्षारोपण कार्यक्रमका लागि महानगरले नै आवश्यक विरुवा उपलब्ध गराउने जानकारी दिएका हुन् । केही वर्ष अगाडि सेती नदिमा आएको अप्रत्यासित बाढी, गतवर्ष मनाङ र मादीमा आएको वाढीको स्मरण गर्दै उनले वातावरणीय सन्तुलन कायमका लागि बृक्षारोपण अनिवार्य रहेको धारणा…

Read More

काठमाडौं – नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा संघीय सरकारमा सहभागी मन्त्रीहरुको हेरफेरको विषयमा छलफल भएको छ । आइतबार बसेको चिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुको हेरफेर गर्ने वा नगर्नेबारे शीर्ष नेताहरुसँग छलफल गरेर अध्यक्ष माधव नेपालले निर्णय गर्ने एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिए । ‘हामी ६ महिनाका लागि भनेर मन्त्रीहरु पठाएका थियौं । ६ महिनाभन्दा बढी भइसक्यो । त्यसकारण उहाँहरुका बारेमा पनि समीक्षा गर्यौं ।’ उनले पत्रकारहरुसँग कुरा गर्दै भने, ‘शीर्ष नेताहरुको बीचमा समझदारी भएर उहाँहरु (खासगरी अध्यक्ष)ले उपयुक्त ठानेमा निर्णय गर्नुहुन्छ ।’ उपमहासचिव तुलाधरले पार्टीले मन्त्री हेरफेरको निर्णय गरे मन्त्रीहरुले मान्नु पर्ने बताए । उनले भने, ‘पार्टीले…

Read More

काठमाडौं – नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको छ । अबको दुई/चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार अबको केही दिनभित्रै देशको पूर्वी भेगको मेची अञ्चल आसपास क्षेत्रबाट मनसुन सुरु हुनेछ । उहाँले भन्नुभयो, “अहिले प्रि मनसुन र मनसुनको सुरुआती चरणको ट्रान्जिक्सन फेजमा रहेको छ, अबको दुई÷चार दिनभित्रै नेपालमा मनसुन भित्रिनेछ ।”प्रदेश १, मधेस र बागमती प्रदेशका कतिपय स्थानमा आज र भोलि वर्षा भए पनि पश्चिमी भेगमा भने वर्षाको सम्भावना नदेखिएको मौसमविद् भट्टराईले बताउनुभयो । नेपालमा सामान्यतया मनसुन…

Read More