काठमाडौं – सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल मन्त्री फिर्ता गर्ने पार्टीको निर्णय प्रधानमन्त्रीलाई सुनाउन बालुवाटार जान लागेका छन् ।
आज (आइतबार) बसेको पार्टी सचिवालय बैठकले सरकारबाट आफ्ना मन्त्री फिर्ता गर्ने निर्णय गरेपछि त्यसबारे जानकारी गराउन उनी बालुवाटार जान लागेका हुन् ।
‘पार्टीबाट ६ महिनाअघि मन्त्री बनाउँदा ६ महिनापछि पार्टीले फिर्ता बोलाउन सक्छ, निर्णय कार्यान्वयन गर्नुपर्छ भन्ने सर्तमा उहाँहरू मन्त्री हुनुभएको हो,’ एकीकृत समाजवादीका एक सचिवालय सदस्यले भने, ‘उहाँहरूलाई धन्यवाद दिएर पार्टीले बोलाउन लागेको हो । नयाँ मन्त्रीहरूका विषयमा निर्णय भएको छैन ।’
ती सदस्यका अनुसार अध्यक्षले निर्णय सुनाएपछि आजै वा केही दिनमा एकीकृत समाजवादीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरू फिर्ता हुनेछन् ।
Facebook Comments Box