Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेपाल भित्रने रेमिट्यान्समा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपाल भित्रने रेमिट्यान्स ०.२ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आथिक वर्ष २०७७/७८ को सोही अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेको थियो । चालु आर्थिक वर्षमा रेमिट्यान्स अमेरिकी डलरमा १.६ प्रतिशतले कमी आई ६ अर्ब ७६ करोड कायम भएको छ ।

Read More

रसुवा – गंगादशहराको अवसरमा लागेको गोसाइँकुण्ड मेलामा एक हजार ५०० भन्दा बढी तिर्थयात्रीले मेला भरेका छन् । ज्येष्ठ शुक्लठ प्रतिपदादेखि दशमीसम्म लागेको गोसाइँकुण्ड मेलामा एक हजार ५०० भन्दा बढीले मेला भरेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । यो वर्ष गंगादशहरा मेला १० दिनसम्म लागेको थियो । अघिल्लो वर्षहरुमा कोरोना महामारीका कारण प्रभावित भएको मेला यो वर्ष भने संचालन भएको हो । कोभिड १९ को जोखिम कम भएको र गोसाइँकुण्ड पुग्ने पदमार्गमा पनि कुुनै समस्या नभएको कारण यसपटक मेला संचालन भएको हो । पौराणिक कथनअनुसार परापूर्व कालमा देवता र दानवबीच लडाइँ हुँदा समुद्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरि विषको डाह शान्त पार्न…

Read More

काठमाडौं – नेकपा एमाले सांसद तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले सशस्त्र प्रहरीमा कार्यरत प्रधानमन्त्रीका भान्जालाई बढुवा गर्नका लागि बढुवासम्बन्धी सूचना हटाइएको बताएका छन् । गृहमन्त्रालयको खर्च कटौतीको प्रस्ताव राख्ने सांसद क्रममा अधिकारीले सशस्त्र प्रहरी एसएसपी बढुवासम्बन्धी सूचना हटाइएको बताए । उनले भने, ‘यो विषयमा सामाजिक सञ्जालदेखि सञ्चार माध्यमसम्बन्धी सबै ठाउँमा आएको छ । गृहमन्त्रीज्यू यसमा सहमति हुनुहुन्छ वा हुनुहुन्न, गृहमन्त्रालय छ कि छैन । विज्ञापन प्रकाशित गर्ने ठाउँमा उहाँहरू हुनुहुन्छ कि हुनुहुन्न ? प्रधानमन्त्रीको साख्खै भान्जा पर्ने धेरै जुनियर र तान्नु पर्ने भएकाले एकाएक वेबसाइटबाट यो सूचना हटाइएको जानकारी छ ।’अधिकारीले अहिलेजसरी गृह प्रशासन चल्न नसक्ने बताए । अधिकारीले प्रश्न…

Read More

धनुषा – मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको समृद्धि र विकासका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ । प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र मधेस प्रदेशद्वारा स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले विकास गर्ने थलो स्थानीय तह नै रहेको हुनाले तीनै तहका सरकारका बीच समन्वय र सहकार्य आवश्यक छ भने । उनले भने, ‘मधेसलाई समृद्ध बनाउन गरिने विकास निर्माणका काम स्थानीय तह मातहतकै गाउँठाउँमा गर्नु पर्दछ, स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारले गर्ने विकास निर्माण त्यही ठाउँमा गर्नुपर्ने हुन्छ । तसर्थ तीनै तहको समन्वय र सहकार्यबिना समृद्धि र विकास सम्भव छैन ।’…

Read More

सुर्खेत – जाजरकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु तथा ११ जना घाइते भएका छन् । जुनीचाँदे गाउँपालिका–५ बलेबलबाट लुहादह जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०३४९ नम्वरको बोलेरो जीप आज बिहान साढे ७ बजेतिर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाले दुर्घटनामा जुनीचाँदे–६ का २१ वर्षीय दर्शन शाही, वडा नं. ५ का ४० वर्षीया पुतला गिरी र कालिका शाहीको मृत्यु भएको जानकारी दिए । दुर्घटनामा जुनीचाँदे–६ का २० वर्षीय लालबहादुर बुढा, दैलेख गुराँस गाउँपालिका–७ का २५ वर्षीय टोपबहादुर थापा, जुनीचाँदे गाउँपालिका–६ का १३ वर्षीया विपना…

Read More

मुगु – मुगुमा पाठ्यपुस्तक यथाशीघ्र ल्याउन नेपाल विद्यार्थी संघ मुगुले माग गरेको छ । नेविसंघ मुगुले मुगुमा छिटोभन्दा छिटो पाठ्यपुस्तक ल्याउन माग गरेको हो । शैक्षिकसत्र सुरु भएको दुई महिना हुन सक्दा पनि मुगुमा हालसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन । जिल्ला शिक्षा समन्वय इकाइ मुगुलाई ज्ञापनपत्र बुझाएर नेविसंघले तत्काल पाठ्यपुस्तक ल्याउन माग गरेको संघ मुगुका संयोजक सोविन्द्र बहादुर मल्लले बताए । उनका अनुसार शैक्षिक सत्र सुरु भइसक्दा पनि हालसम्म मुगुमा पाठ्यपुस्तक नपाउँदा विद्यार्थी मर्कामा परेपछि ध्यानाकर्षण पत्र बुझाएका हौँ । तत्का पाठ्यपुस्तक नआए सशक्त रुपमा आन्दोलन उत्रिने नेविसंघले चेतावनी दिएको छ । मुगुमा सामुदायिक तथा निजी गरी १४० विद्यालयमा अध्ययनरत…

Read More

काठमाडौं – सार्वजनिक सवारीसाधनको भाडा बढेको छ । इन्धनको मूल्य बढेसँगै लामो दूरीका भाडादर बढेको हो । इन्धनको मूल्यअनुसार अन्तर प्रदेश सार्वजनिक सवारीमा पनि स्वचालित प्रणाली लागू भएसँगै भाडा बढेको हो । यसअघि जेठ २० गते पनि भाडा बढाइएको थियो । इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरै घटबढ भएमा अन्तर प्रदेश यात्रुवाहक र मालवाहक यातायातको भाडा सोअनुसार समायोजन गर्न थालिएको छ । बिहीबार रातिबाट नेपाल आयल निगमले इन्धनको मूल्य ७.८४ प्रतिशतले बढाएको थियो । इन्धनको सो मूल्य वृद्धिअनुसार विभागले यात्रुवाहक सवारीसाधनको भाडा २.५ प्रतिशतले वृद्धि गरेको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको भाडा ३.३ र तराईमा चल्ने…

Read More

तनहुँ – तनहुँको आबुखैरेनी गाउँपालिका–४ मा सडक भासिएर मर्स्याङ्दीमा खस्दा बेपत्ता भएकाहरुको खोजी गर्ने क्रममा दुई जनाको शव फेला परेको छ । सडक भासिएको स्थानबाट नेपाली सेना र प्रहरीको टोलीले २ जनाको शव निकालेको हो । गोरखा छोप्राक घर भइ आबुखैरेनी २ मा बस्दै आएका केशव घिमिरेको मात्रै सनाखत भएको छ भने अर्को शवको सनाखत हुन बाकी रहेको जनाइएको छ । आज विहान अन्दाजी ३० मिटर सडक भासिएर मर्स्याङ्दी नदीमा खस्दा एउटा कार पनि परेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनँहुका प्रमुख प्रहरी नायव निरीक्षक गोकर्ण नेपालका अनुसार गोताखोरले नदिबाट दुई जनाको शव निकालेका छन् । कारमा कति जना…

Read More

काठमाडौं – नेपालको लागि इण्डोनेसियाका गैर–आवासीय राजदूत हेरु हार्टएन्टो सुबोलोले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् । सैनिक मुख्यालय जंगी अड्डा पुगी उनले आज प्रधानसेनापतिसँग भेटवार्ता गरेका हुन् । प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । ‘यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ सेनाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

Read More

तनहुँ – तनहुँको आबुखैरेनी गाउँपालिका–४ मा सडक भासिएर मर्स्याङ्दीमा खस्दा वेपत्ता भएकाहरुको खोजी गर्न प्रहरीले गोताखोर परिचालन गरिएको छ । आज विहान अन्दाजी ३० मिटर सडक भासिएर मर्स्याङ्दी नदीमा खस्दा एउटा कार पनि परेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनँहुका प्रमुख प्रहरी नायव निरीक्षक गोकर्ण नेपालका अनुसार गोताखोरले नदिबाट दुई जनाको शव निकालेका छन् । मृतकहरूको सनाखत हुन बाँकी रहेको छ । कारमा कति जना थिए भन्ने केही खुलेको छैन । सडक भासिएपछि मुग्लिन–पोखरा सडकखण्डमा सवारी आवागमन बिहान ५ बजे देखि अबरुद्ध भएको छ । सवारी साधनलाई पोखरा र मुग्लिन आसपासकै क्षेत्रमा रोक्न लगाइएको छ । अबरुद्ध सडक तत्काल…

Read More