Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- निर्वाचन आयोगले आज पनि नयाँ मतदातालाई परिचयपत्र वितरण गरिरहेको छ । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई बुधबारबाट मतदानस्थलबाट मतदाता परिचयपत्र वितरण थालिएको छ । मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने सही तरिकासम्बन्धी जानकारी दिने काम आज पनि भइरहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । वालिग मताधिकारको आधारमा संविधानले सबै नेपाली जनतालाई निर्वाचनमा सहभागी हुने अधिकार दिएको छ । यो अधिकारको प्रयोग गर्न शुक्रबार हुने स्थानीय निर्वाचनमा कसैको डर, धाकधम्की र त्रास नमानी निर्धक्क भएर आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्न आयोगले…

Read More

काठमाडौं- हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ भने पश्चिम–मध्य बंगालको खाडीमा चक्रवात रहेको छ । जसले गर्दा नेपालमा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ । बिहीबार प्रदेश नं १ र मधेस प्रदेशमा सामान्य बदली र देशका अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै शुक्रवार प्रदेश नं १, मधेस प्रदेश, र बागमती…

Read More

काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट फुटेर बनेको नवगठित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । प्रहरीले उनलाई बिहान ४ बजे दाङको भालुवाङबाट पक्राउ गरिएको हो । आफ्नो घर सुर्खेत जाँदै गर्दा भालुबाङमा पक्राउ गरेको पार्टीका एक नेताले बताए । स्थानीय निर्वाचनको ठिकअघि उनलाई पक्राउ गरिएको छ । चुनाव बहिष्कार गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको छ । तर पार्टीले चुनावमा नजाने तर यदि देशभक्त, एमसीसी विरोधी र क्रान्तिकारी स्वतन्त्र उम्मेदवार भए सघाउने नीति लिएको छ। चुनावकै विषयलाई लिएर विप्लव नेतृत्वको नेकपाबाट विभाजन भएर उनले केही दिन अघि मात्र पार्टी पुनर्गठन गरेका थिए । गत वैशाख २१ गते…

Read More

कञ्चनपुर- कञ्चनपुरमा निर्वाचनका तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीसहित कर्मचारी सम्बन्धित क्षेत्रमा खटिइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी भएको जिल्ला निर्वाचन अधिकृत उदयराज जोशीले जानकारी दिए । जिल्लामा कूल २ लाख ९५ हजार ३ सय ५४ जनाले मतदान गर्न पाउने छन् । जसमा केही बाह्य मुलुक समेत गएकाले सबै मतदाता निर्वाचनमा मतखसाल्न उपस्थित नहुँने जिल्ला निर्वाचन कार्यालयको आंकलन छ । निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराले जिल्लामा करिब ७५ प्रतिशत मत खस्ने आँकलन गरिएको बताए । सात नगरपालिका तथा २ गाउँपालिकासहित नौवटा स्थानीय तह रहेको कञ्चनपुरमा नेकपा (माओवादी केन्द्र)…

Read More

बुटवल- बुटवल बजारमा बुधबार बेलुकी विस्फोट भएको छ । बेलुकी ८ः१५ बजेको समयमा मिनलचोकस्थित सनराइज बैंक अगाडि प्रेसरकुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ । बम विस्फोट भएको ठाउँमा नेकपा माओवादी नामको पर्चा भेटिएको प्रहरीले जनाएको छ । विस्फोटबाट मानवीय क्षति नभएको रुपन्देही प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले बताएका छन् ।

Read More

काठमाडौँ- प्रेस काउन्सिल नेपालले स्थानीय तह निर्वाचनको मौन अवधिको पहिलो दिन २७ सञ्चार माध्यमलाई कारबाही गरेको छ । काउन्सिलले निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गरेका सञ्चार माध्यमलाई क्षमायाचनासहित भुलसुधार गर्न निर्देशन दिएको हो । कारबाही गरिएकामध्ये मूलधारका १७ सञ्चार माध्यमले तत्काल क्षमायाचनासहित सम्प्रेषित सामग्री सच्याएका छन् । यस्तै मौन अवधिको २४ घण्टाभित्रै काउन्सिलले २५ जना पत्रकारलाई सामाजिक सञ्जालमा राखिएका सामग्रीप्रति ध्यानाकर्षण गराएको छ । फोनमार्फत ध्यानाकर्षण गराइएका पत्रकारमध्ये २० जनाले तत्काल भूलसुधार गरी सामग्री हटाएको पाइएको काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार ५ जना पत्रकारले कुनै प्रतिक्रिया दिएका छैनन् । मंगलबार राति १२…

Read More

बाजुरा- बाजुरामा मतदाता परिचयपत्र चोरी गर्ने युवक पक्राउ परेका छन् । जिल्लाको बुढीगंगा नगरपालिका ९ को त्रिशक्ति मावि मतदान केन्द्रबाट २२ वटा मतदाता परिपत्र चोरी गरेको आरोपमा प्रहरीले स्थानीय विकास थापालाई पक्राउ गरेको हो । मतदान केन्द्रमा खटिएका कर्मचारीलाई छलेर २२ वटा मतदाता परिचय पत्र लिएको आरोपमा युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख चतुर्भूज ओझाले बताए । परिचयपत्र चोरी भएकोबारे कर्मचारीले थाहा पाएपछि थापालाई तत्काल पक्राउ गरिएको उनले बताए । २२ मध्ये २१ फिर्ता गराएको र एउटा अझै पाउन नसकिएकाले विकास थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

अछाम- अछाममा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । जिल्लाको ढकारी गाँउपालिका–५ का ३५ वर्षीय जिते बुढाको लडेर मृत्यु भएको अछाम प्रहरीले जनाएको छ । ढकारी गाँउपालिकाको राक्सीखान भन्ने ठाँउबाट घर जानेक्रममा बाटोबाट झण्डै १३ मिटर तल खसेर उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि जिल्ला अस्पतालमा लगिएका उनको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

Read More

बझाङ- बझाङमा १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बझाङ प्रहरीले बलात्कार आरोपमा छबिसपाथिभेरा गाउँपालिका–५ वस्ने २६ वर्षीय कृष्ण धामीलाई बुधबार बिहान पक्राउ गरेको हो । उनलाई प्रहरी चौकी छबिसपाथिभेराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनले किशोरीलाई सोही ठाउँको मौरी खोला जलविद्युत आयोजना पावर हाउसको भवनमा जबरजस्ती करणी गरेको आरोप लागेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

Read More

कैलाली- यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कैलालीमा तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनका लागि तोकिएका मतदानस्थलमा मतदान केन्द्र निर्माणलगायतको काम अन्तिम चरणमा पुगेको हो । जिल्लामा मतदानस्थलमा मतदान केन्द्र निर्माण, नयाँ मतदाताको परिचयपत्र वितरण र मतदाता शिक्षा दिनेलगायतका काम भइरहेको प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ । तोकिएका मतदानस्थलमा मतदान केन्द्रको निर्माण कार्यका साथै नयाँ मतदातालाई परिचयपत्र वितरण र मतदाता शिक्षा लगायतका काम अन्तिम चरणमा रहेको प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले बताए । उनले अधिकांश मतदान केन्द्रमा बुथ निर्माण भइसकेको र बाँकी रहेकाहरुमा बिहीबारसम्म निर्माण पूरा हुने बताए । जिल्लाका अधिकांश विद्यालयका भवनलाई…

Read More