Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० की अन्दाजी १९ वर्षीया युवतीको दशगजा क्षेत्रबाट उद्धार गरिएको छ । दोधराचाँदनी नगरपालिका–७ कञ्जभोज नजिक दशगजा क्षेत्रबाट प्रहरी चौकी बाबाथानका इन्चार्ज कृष्णदत्त भट्ट र माइती नेपालको संयुक्त टोलीले युवतीको शनिबार साँझ उद्धार गरेको हो । युवतीलाई भारततर्फ लैजाने कार्यमा संलग्न भारत उत्तरप्रदेश बलरामपुर पोष्ट जितौरीया पुरनपुर पिलिभितका वर्ष २९ का पवन यादवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले विशेष सूचनाका आधारमा बाबाथान प्रहरी चौकीका इन्चार्ज भट्टसँग समन्वय गरी दशगजा क्षेत्रबाट युवतीको उद्धार गरिएको जानकारी दिए । युवतीलाई झुक्याएर भारत लैजाँदै गरेको अवस्थामा आरोपीलाई पक्राउ गर्नुको साथै युवतीको उद्धार…

Read More

कैलाली- उद्योग वाणिज्य संघको नेतृत्वका लागि छुट्टाछुट्टै दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन् । संघको यही जेठ २८ गते हुने चुनावमा बर्तमान अध्यक्ष पुष्पराज कुँवर र व्यवसायी सुरेन्द्र राठीको नेतृत्वमा दुई प्यानल बनेका हुन् । दुबै प्यानलले आइतबार मनोनयन दर्ता गरेका छन् । कुँवरको प्यानलमा अधिकांश पुरानै अनुहार दोहरिएका छन् भने राठीको प्यानलबाट धेरै नयाँ अनुहारहरू चुनावी मैदानमा होमिएका छन् । त्यस्तै स्वतन्त्ररूपमा सचिव पदमा जयराज न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् । कुँवर प्यानलबाट वरिष्ठ उपाध्यक्षमा पुष्कर राज ओझा, एसोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, उद्योग उपाध्यक्षमा दिनेश लम्साल, बाणिज्य उपाध्यक्षमा गगनराज केसी, वस्तुगत उपाध्यक्षमा लक्ष्मण पन्त, महासचिवमा ओम बिष्ट, कोषाध्यक्षमा भिष्मराज…

Read More

कैलाली- नेकपा (एकीकृत समाजवादी)ले पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता गर्दै नयाँ मन्त्री पठाउने भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नयाँ मन्त्रीको नाम सिफारिससमेत गरिसकेका छन् । मन्त्रीका लागि सिफारिस हुनेमा गैरसांसद शेरबहादुर कुँवर पनि छन् । पार्टीले उनलाई श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिएको छ । यो मन्त्रालय यसअघि एकीकृत समाजवादीकै कृष्णकुमार श्रेष्ठले हेर्दै आएका थिए । कुँवर यसअघि साट्रिय सभा सदस्य थिए । उनले गत फागुनमा राष्ट्रिय सभाको चार वर्षे कार्यकाल पूरा गरेका थिए । नेपालको संविधानले कुनै पनि संघीय संसद्‌को सदस्य नभएको नेता बढीमा ६ महिनासम्म मन्त्री बन्न पाउने व्यवस्था गरेको छ । संविधानको…

Read More

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार प्रदेश सभाको १० आं बैठकमा प्रदेश प्रमुख देवराज जोशीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रस्तुत नीति तथा कार्यक्रममा अधिकांश पूरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ । हाल सञ्चालनमा रहेका प्रदेश गौरवका आयोजना र अधुरा आयोजना सम्पन्न गर्नका लागि बजेट विनियोजन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। यस्तै आर्थिक विकास र गरिवी निवारणमा योगदान पुगाउन उद्यम विकास, रोजगार र स्वरोजगार कार्यक्रम, औद्योगिक जनशक्ति उत्पादन र क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने, लगानीमैत्री वातावरण सृजना गर्ने, प्रदेशमा प्राविधिक विश्वविद्यालय सञ्चालन गर्ने, एक सय…

Read More

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले २०७९ सालको सार्वजनिक बिदाको सूचना प्रकाशित गरेको छ। २०७८ चैत २२ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरेको हो। राजपत्रमा प्रकाशन गरिएको सूचनाअनुसार तीन पर्वमा प्रदेशका सबै जिल्ला र अन्य तीन पर्वमा केही जिल्लामा गरी ६ दिन सार्वजनिक बिदा हुने छ। प्रदेश सरकारले यसवर्ष भदौ १ गते ओल्के पर्वमा पनि बिदा दिने निर्णय गरेको छ। विगतका वर्षमा ओल्के पर्वको बिदा नदिइएको भन्दै प्रदेशवासीले विरोध गरेका थिए। यस्तै भदौ १७ गते गौरा पर्वको अवसरमा बिदा दिने निर्णय प्रदेश सरकारले गरेको छ। १८ गते…

Read More

दार्चुला – एकल महिलालाई करणी गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् । लेकम गाउँपालिका–४ का ४५ वर्षीय हरि सिंह धामी र शैल्यशिखर नगरपालिका–९ बस्कोटका ३३ वर्षीय रमेश सिंह साउँदलाई करणीको प्रयास गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले जानकारी दिए । धामी र कार्कीले एकल महिलालाई जबरजस्ती करणी गरेको भन्दै पीडितले प्रहरीमा जाहेरी दिएकी थिइन् । उक्त जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कार्कीले बताए । महिलामाथि यही जेठ १७ गते नातामा देवर पर्ने धामीले आफ्नै घरमा करणी गरेको र जेठ १८ गते पनि करणीको प्रयास गरेको बताइएको छ । यस्तै उनै महिला…

Read More

काठमाडौं – नेपालमा आज थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २६ सय ३४ जनामा गरिएको पीसीआर परीक्षणमा उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, आज ९ जना संक्रमित निको भएका छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । देशभर संक्रिय संक्रमितको संख्या ११० रहेको मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले पार्टीले निर्णय गरेर फिर्ता बोलाए आफू फर्किन तयार रहेको बताएका छन् । मन्त्री आलेले भने, ‘अहिलेसम्म पार्टी निर्णयबारे जानकारी छैन । तर, पार्टीले फिर्ता बोलायो भने म पार्टीको निर्णय मान्छु । पार्टीले बनाएको मन्त्री हुँ निर्णय त मान्नैपर्‍यो ।’ पार्टीको सचिवालय बैठकले मन्त्री फिर्ता बोलाउने निर्णय गरेको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले यसअघि सरकारमा रहेका ५ जनालाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलका अनुसार अब भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री, जीवनराम श्रेष्ठ पर्यटन,…

Read More

काठमाडौँ – नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेको छ । सचिवालय बैठकले यसअघि सरकारमा रहेका ५ जनालाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले आफूले सरकारमा सहभागी हुने नेताहरुको नाम प्रधानमन्त्री देउवालाई बुझाएको बताए । उनका अनुसार अब भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री, जीवनराम श्रेष्ठ पर्यटन, मेटमणी चौधरी सहरी विकास, शेरबहादुर कुँवर श्रम मन्त्री बन्नेछन् । त्यस्तै हीरा केसी स्वास्थ्य राज्यमन्त्री बन्नेछन् ।

Read More

काठमाडौं – सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल मन्त्री फिर्ता गर्ने पार्टीको निर्णय प्रधानमन्त्रीलाई सुनाउन बालुवाटार जान लागेका छन् । आज (आइतबार) बसेको पार्टी सचिवालय बैठकले सरकारबाट आफ्ना मन्त्री फिर्ता गर्ने निर्णय गरेपछि त्यसबारे जानकारी गराउन उनी बालुवाटार जान लागेका हुन् । ‘पार्टीबाट ६ महिनाअघि मन्त्री बनाउँदा ६ महिनापछि पार्टीले फिर्ता बोलाउन सक्छ, निर्णय कार्यान्वयन गर्नुपर्छ भन्ने सर्तमा उहाँहरू मन्त्री हुनुभएको हो,’ एकीकृत समाजवादीका एक सचिवालय सदस्यले भने, ‘उहाँहरूलाई धन्यवाद दिएर पार्टीले बोलाउन लागेको हो । नयाँ मन्त्रीहरूका विषयमा निर्णय भएको छैन ।’ ती सदस्यका अनुसार अध्यक्षले निर्णय सुनाएपछि आजै वा केही दिनमा एकीकृत समाजवादीबाट प्रतिनिधित्व गर्ने…

Read More