Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर: कञ्चनपुरको दोधारा–चादँनी नगरपालिका–१० कुतियाकवरकी अम्बिका सुनारलाई बर्सेनि बाढीको त्रास रहन्थ्यो। कुतियाकवर महाकाली र जोगबुढा नदी तटीय क्षेत्रको वस्ती हो। त्यसैले ६७ वर्षीया सुनारलाई वर्षायाम सुरु भएपछि सधैँ बाढीको त्रास रहन्छ। तर यसपाली नेपाली सेनाले यहाँ सेफ हाउस (सुरक्षित घर) निर्माण गरेपछि सुनारलगायत स्थानीय ४२ परिवार बाढीको जोखिमबाट जोगिने भएका छन्। कुतियाकवरको दक्षिण र उत्तरतर्फ महाकाली र जोगबुढा नदी रहेको छ। महाकाली र जोगबुढाको दोसाधमा पर्ने उक्त वस्तीका बासिन्दाले गत वर्षसम्म वर्खामा ओमकार प्राविमा आश्रय लिने गरेका थिए। ‘विगत वर्षमा बाढी आउँदा विद्यालयमा बास बस्ने गथ्र्यौँ, धनमाल र गाइवस्तु सबै बाढीले बगाउँथ्यो’, सुनारले भने– ‘यसपाली नेपाली सेनाले वस्तीमै सेफ हाउस बनाइदिएपछि त्रास…

Read More

धनगढी : शनिबार बिहान डडेल्धुराको अमरगढी नगरपालिका– ५ का ४५ वर्षीय डम्बरदेव भट्ट घाँटीमा चक्कुले रेटिएको अवस्थामा घाइते फेला परेका थिए । जंगलमा घाइते फेला परेका उनको उपचारका क्रममा धनगढीमा मृत्यु भएको थियो । निर्माण व्यवसायी भट्ट पछिल्लो समय मानसिक तनावमा रहेको बुझिएको छ । निर्माण कार्य सम्पन्न गरिसक्दा समेत सम्बन्धित कार्यालयले भुक्तानी नदिएपछि उनी आर्थिक समस्यामा रहेको उनी निकट साथीहरूलाई बताउँदै आएका छन् । देवभूमि कन्स्ट्रक्सनका सञ्चालक रहेका उनको मृत्यु प्रकरणबारे सूक्ष्म अनुुसन्धान गर्न भन्दै निर्माण व्यवसायी संघ डडेल्धुराले सोमबार जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । सोही घटनाबारे मृतक डम्बरदेवकी छोरी कुसुमले पनि आफ्नो बुवाको हत्या राज्यलेनै गरेको…

Read More

काठमाडौं : नेपाली कांग्रेसले विपक्षी दलको बैठक बोलाएको छ। प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा प्रतिपक्षमा रहेका दलहरूको बैठक कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको सहमहामन्त्री भीष्म आङ्देम्बे बताए। उनका अनुसार बैठक ५/६ बजेतिर बस्नेछ। कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्ने सहमतिपछि देउवाले संसदमा रहेका विपक्षी दलसँग छलफल गर्न लागेका हुन्।

Read More

धनगढी: रेशमलाल चौधरीकी पत्नी एवं नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठ चौधरीले चुनावताकाको उधारो नतिरेको पाइएको छ। रञ्जिता टीकापुरमा चुनाव लड्दाको उधारो रकम नतिरेको पाइएको हो। उनले उधारो नतिरेको भन्दै टीकापुर नगरपालिकाको न्यायिक समितिमा उजुरीसमेत परेको छ। रञ्जिताले उधारो नतिरेको भन्दै टीकापुर नगरपालिका वडा नं. १ बम ब्रदर्सका प्रनितिधि राजकुमार चौधरीले उजुरी हालेका हुन्। उनले २०७९ मंसिर ०४ गते भएको आम निर्वाचनमा संघिय सांसदमा रञ्जिता श्रेष्ट र प्रदेश सभा सभासदमा लक्ष्मणकिशोर चौधरीले चुनाव लड्दा उधारो मागेका थिए। चुनावी मैदानमा उनीहरूले कार्यकर्ता परिचालनका लागि मोटरसाईकल, जिप, ट्याक्टर प्रयोग गर्दा बम ब्रदर्स टिकापुरबाट पेट्रोल, डिजेलसमेतको गरेर एक लाख अठतीस हजार…

Read More

धनगढी: नेपाल भारत सीमा नजिकैको भारतीय भूमिमा एक व्यापारी आफ्नै घरमा मृत भेटिएका छन्। अस्ति बिहान व्यापारी मृत भेटिएको घटनामा अहिले प्रहरीले तीव्र अनुसन्धान थालेको छ। भारतीय प्रहरीका अनुसार मृतक व्यापारी लखिमपुर खेरी जिल्लाको सम्पूर्णनगर थानाको नेपाल सीमा बजार भानपुरी खजुरियाका कृष्णकुमार सेठी उर्फ ​​बब्लु सेठी रहेका छन्। प्रहरीले उनको शव घरमा शंकास्पद अवस्थामा फेला पारेको थियो। घरमा एक्लै बस्ने व्यवसायी कृष्ण कुमारको शव आइतबार बिहान हात खुट्टा कपडाले बाँधिएको अवस्थामा फेला परेको थियो। सो शव फेला परेपछि स्थानीय त्रसित बनेका छन् भने बजारमा थप प्रहरी परिचालन गरिएको छ। प्रहरीले उनको घरमा लुट भएको र लुटेराले उनको हत्या गरेको हुनसक्ने…

Read More

धनगढी: केन्द्रमा सत्ता समीकरणमा उथलपुथल भएसँगै प्रदेश राजनीति पनि तरंगित भएको छ। केन्द्रमा नेकपा माओवादी केन्द्रसहितलाई छोडेर एमालेले नेपाली काँग्रेससँग समीकरण निर्माण गरेसँगै प्रदेशको राजनीति र सरकारको समीकरण पनि प्रभावित बनेको हो। हाल सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीका दीर्घ बहादुर सोडारीको नेतृत्वमा नेकपा माओवादी केन्द्र, एमाले र नाउपाका २ मन्त्रीसहितको सरकार छ। तर केन्द्रमा भएको नयाँ समीकरणमा सुदूरपश्चिम प्रदेशको नेतृत्व पनि फेरबदल गर्ने सहमति गरिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र शेरबहादुर देउवाबीच भएको सोही सहमतिअनुसार सुदूरपश्चिम नेपाली काँग्रेसको भागमा परेको हो। त्यसमा एमालेले कोसी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको…

Read More

काठमाडौं : नयाँ सत्ता सहकार्यका लागि नेपाली कांग्रेससँग सहमति गरेसँगै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ । केहीबेरमै मन्त्रीहरूले राजीनामा बुझाउने गरी तयारी भइरहेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए । प्रचण्ड सरकारमा उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको नेतृत्वमा एमालेका ८ जना मन्त्री छन् ।गएको मध्यराति देउवा-ओलीसहित बसेर नयाँ सरकार गठनका लागि सहमति भइसकेको छ । नयाँ कोर्ष अघि बढिसकेकोले समर्थन फिर्तादेखि राजीनामासम्मका सबै काममा विलम्ब नगरिने बर्तौलाले बताए । एमालेसँग भएको सहमतिबारे पार्टी पंक्तिमा औपचारिक जानकारी गराउन कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । रास्वपा र माओवादीले पनि सचिवालय र पदाधिकारी बैठक बोलाएको छ ।

Read More

काठमाडौं : कांग्रेस र एमालेबीच केपी ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने समझदारी भएको छ । सुरुको चरण एमाले अध्यक्ष ओलीले, दोस्रो चरणमा कांग्रेस सभापति देउवाले सरकार चलाउने छन् । संविधानको धारा ७६.२ अन्तर्गतकै सरकार बनाउन चाहेका यी दलले संविधानको व्याख्याबारे राष्ट्रपति कार्यालयको स्पष्टता चाहेका छन् । ललितपुरमा एमाले महासचिव शंकर पोखरेल र कांग्रेस प्रमुख सचेतक रमेश लेखकसहितको छलफलमा यो समझदारीको प्रारम्भिक खाका तयार भएको थियो । खाका तयार गरिसकेर नेताहरु सभापति देउवा र अध्यक्ष ओलीसहित एक व्यवसायीको महाराजगन्जस्थित निवासमा छलफल गरेका छन् । छलफलमा सहभागी एक नेताका अनुसार सहमतिको प्रारम्भिक खाका अनुसार उनीहरुले प्रदेश…

Read More

काठमाडौं : प्रतिनिधि सभाका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले)बिच सोमबार मध्यरातमा सत्ता सहकार्यका लागि सहमतिमा हस्ताक्षर भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी ओलीबिच भएको सहमतिमा कुन दलले कति मन्त्रालयले लिने, कुन प्रदेशमा कसले सरकारको नेतृत्वगर्ने र कति समय सरकारको नेतृत्व परिवर्तन गर्ने भन्ने महत्त्वपूर्ण विषयमा सहमति भएको हो । शीर्ष नेताको सहमतिमा सुरुको ढेड वर्ष एमाले अध्यक्ष केपी ओली नेतृत्वमा सरकार बन्नेछ । राष्ट्रिय सहमतिका आधारमा ओली नेतृत्वमा सरकार बन्ने सहमतिको मस्यौदा गरेका एक नेताले जानकारी दिए । सुरुमा बन्ने ओली नेतृत्वको सरकारमा एमालेले प्रधानमन्त्री, अर्थमन्त्रीसहित ९ वटा मन्त्रालयको नेतृत्व गर्नेछ भने…

Read More

काठमाडौँ: नयाँ सरकार गठन गर्नेबारे दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सहमति भएको छ। सहमति पत्रमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच हस्ताक्षर भएको हो। दुई दलबिच भएको वार्तामा सहभागी नेताका अनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ। सहमतिअनुसार दोस्रो कार्यकाल देउवाको नेतृत्वमा सरकार गठन हुनेछ। यस्तै एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ। मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई नै दिने सहमति बनेको हो।

Read More