काठमाडौं : नयाँ सत्ता सहकार्यका लागि नेपाली कांग्रेससँग सहमति गरेसँगै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ ।
केहीबेरमै मन्त्रीहरूले राजीनामा बुझाउने गरी तयारी भइरहेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए ।
प्रचण्ड सरकारमा उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको नेतृत्वमा एमालेका ८ जना मन्त्री छन् ।
गएको मध्यराति देउवा-ओलीसहित बसेर नयाँ सरकार गठनका लागि सहमति भइसकेको छ ।
नयाँ कोर्ष अघि बढिसकेकोले समर्थन फिर्तादेखि राजीनामासम्मका सबै काममा विलम्ब नगरिने बर्तौलाले बताए ।
एमालेसँग भएको सहमतिबारे पार्टी पंक्तिमा औपचारिक जानकारी गराउन कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।
रास्वपा र माओवादीले पनि सचिवालय र पदाधिकारी बैठक बोलाएको छ ।
Facebook Comments Box