धनगढी: नेपाल भारत सीमा नजिकैको भारतीय भूमिमा एक व्यापारी आफ्नै घरमा मृत भेटिएका छन्। अस्ति बिहान व्यापारी मृत भेटिएको घटनामा अहिले प्रहरीले तीव्र अनुसन्धान थालेको छ।
भारतीय प्रहरीका अनुसार मृतक व्यापारी लखिमपुर खेरी जिल्लाको सम्पूर्णनगर थानाको नेपाल सीमा बजार भानपुरी खजुरियाका कृष्णकुमार सेठी उर्फ बब्लु सेठी रहेका छन्। प्रहरीले उनको शव घरमा शंकास्पद अवस्थामा फेला पारेको थियो।
घरमा एक्लै बस्ने व्यवसायी कृष्ण कुमारको शव आइतबार बिहान हात खुट्टा कपडाले बाँधिएको अवस्थामा फेला परेको थियो। सो शव फेला परेपछि स्थानीय त्रसित बनेका छन् भने बजारमा थप प्रहरी परिचालन गरिएको छ।
प्रहरीले उनको घरमा लुट भएको र लुटेराले उनको हत्या गरेको हुनसक्ने अनुमान गरेको छ। उनी नेपालको कञ्चनपुरस्थित बेलौरीका नाका हुँदै हार्डवेयरमा सामान सप्लाई गर्ने गर्दथे।
Facebook Comments Box