Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक दिउँसो ४ बजे बालुवाटारमा बोलाइएको छ । बैठकमा एक प्राविधिक सचिवको बढुवालगायत मन्त्रालयका नियमित एजेन्डाबारे छलफल हुने बालुवाटार स्रोतले जानकारी दिएको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा जेठ १२ गते बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक सहसचिवत्रय सर्जु कुमार वैद्य, राम आधार साह र विश्वबाबु पुडासैनीको नाम सिफारिस गरेको थियो । सिफारिस भइसकेपछि दुई पटक मन्त्रिपरिषद्को बैठक बसे पनि अन्य महत्त्वपूर्ण एजेन्डाहरूका कारण यसबारे निर्णय हुन सकेको थिएन ।

Read More

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकले यौन हिंसाविरुद्धको केही ऐन संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्तावमाथि सदनमा सामान्य छलफल भई सांसदहरुले उठाएको प्रश्नको कानुनमन्त्री कोइरालाले जवाफसमेत दिएका थिए । जवाफका क्रममा उनले यौन हिंसासम्बन्धीका कसूरको हदम्यादका सम्बन्धमा सांसदहरुले उठाएका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराएका थिए । उनले हदम्यादका सम्बन्धमा आफू मन्त्री भएदेखि नै अध्ययन गर्न नेपाल कानुन आयोगलाई अनुरोध गरिएको र सो प्रतिवेदनलाई…

Read More

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफू पछिल्लो पटक मन्त्री भएको सातमहिने कार्यकाल देश र नागरिकका हितमा काम गरेर बिताएको बताउनुभएको छ । सङ्क्षिप्त कुराकानीमा मन्त्री आलेले भन्नुभयो, “मन्त्री पदमा रहँदा देश र नागरिकका लागि अहोरात्र खटिइ देशको हित हुने काम गरेको छु, मलाई लाग्छ मैले काम गर्ने क्रममा विगतमा कुनै गल्ती गरेको भए पनि त्यसलाई सच्याउने मौका अहिले पाएँ, अहिले जे जति गरेँ जनताका पक्षमा नै काम गरेँ ।” उहाँले आफूले पर्यटन मन्त्रालयअन्तर्गत राम्रा कामको थालनी गरेको जिकिर गर्दै अब आउने मन्त्रीलाई पनि यी राम्रा कामलाई निरन्तरता दिन आग्रहसमेत गर्नुभयो । मन्त्री आलेले पशुपति धर्मशाला र…

Read More

काठमाडौं  – प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगागलको खाडीको प्रयास (बिमस्टेक)मा आर्थिक साझेदारी प्रवद्र्धन गर्न र चुनौतीहरुलाई सम्बोधन गर्न सदस्य राष्ट्रहरुबीच एकता, ऐक्यावद्धता र सहकार्यमा जोड दिएका छन् । बिमस्टेकको २५औं वार्षिकोत्सवको अवसरमा एक सन्देश जारी गर्दैै प्रधानमन्त्री देउवाले उक्त कुरा बताएका हुन् । बिमस्टेक सदस्य राष्ट्रका जनता र सरकारलाई शुभकामना दिंदै उनले शान्ति, विकास र समृद्धिको क्षेत्रीय आकांक्षालाई पुरा गर्न संगठनलाई सक्षम बनाउनु पर्ने समेत बताएका छन् ।

Read More

काठमाडौं – काठमाडौं टेकुस्थित एक पेट्रोलपम्पमा विष्फोट हुँदा दुई जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ । कालीमाटी प्रहरी वृतका डिएसपी अनिलकुमार घिमिरेले जानकारी दिए अनुसार घाइते हुनेमा पर्साको जगरनाथपुर गाउँपालिका–३ घर भइ हाल कालीमाटी बस्दै आएका ३० वर्षीय किशोरी साह र १८ वर्षीय दीपककुमार साह रहेका छन्। डिएसपी घिमिरेकाका अनुसार पेट्रोलपम्पमा वेल्डिङको काम गर्ने क्रममा जमिनमुनि रहेको ट्याङ्कीको मुखमा जमेको ग्यास लिक हुँदा उक्त विष्फोट भएको हो।घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। पेट्रोलपम्प कनक ट्रेड सेन्टरमा केही दिनअघि समस्या देखिएपछि मर्मतको काम भइरहेको थियो। सोही क्रममा आज विष्फोट भएको हो।

Read More

काठमाडौँ — प्रतिनिधिसभाको सोमबारको बैठकमा बलात्कार मुद्दामा हदम्याद राख्ने कि नराख्ने भन्ने विषयमा भइरहेको बहसमा सांसदहरूले हदम्याद राख्ने कि नराख्ने, हदम्याद राखिए कस्तो अवस्थामा राख्ने भन्ने विषयमा छलफल भइरहेको छ । एमाले सांसद गंगा चौधरी सत्गौवाले बलात्कारका सबै घटनाका लागि हदम्याद राख्न नहुने धारणा राखेकी छन् । उनले हदम्याद राखिएन भने मुद्दाको चाङ लाग्न सक्ने बताउदै यसले न्याय पाउन मुश्किल हुने बताइन् । उनले महिला भएर महिलाको विरुद्धमा बोल्यो नभन्नुस् । म सांसद हो; देशको लागि कानुन निर्माण गर्न आएका छौं ।’ सांसदले कानुन निर्माण गर्दा भावनामा बग्न नहुने र सबै पक्षको ख्याल गरेर मात्रै कानुन निर्माण गर्नुपर्ने धारणा राख्दै सांसद सत्गौवाले हदम्याद…

Read More

बाजुरा – बाजुरामा प्रमुख जिल्ला अधिकारी सहित सम्पुर्ण सुरक्षाकर्मीको नेतृत्व फेरीएको छ । पुनः निर्वाचन गर्नका लागि नयाँ निर्वाचन अधिकृत तोकिएको छ भने प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व पनि नयाँ पठाइएको छ । पहिलेका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलको सट्टा प्रकाशचन्द्र अधिकारीलाई बाजुराको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । यसैगरी नेपाल प्रहरीको डिएसपी सूर्यबहादुर थापा र सशस्त्र प्रहरीको डिएसपी गङ्गादत्त पन्तलाई बाजुरा पठाइएको छ । निर्वाचन अधिकृतको रूपमा लक्ष्मण बहादुर कडायतलाई पठाइएको छ । बाजुराको बुढीगंगा नगरपालिकामा यही जेठ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने गरी तयारी थालेको निर्वाचन आयोगले जनाएको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी…

Read More

काठमाडौं – संसदमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि सैद्धान्तिक छलफल भइरहेको छ । प्रतिनिधिसभा बैठकमा जारी छलफलमा सहभागी सांसदहरूले विद्यालयदेखि कार्यक्षेत्रमा यौन हिंसा घटना सार्वजनिक भइरहेकाले कानुन कडा बनाइनुपर्ने बताएका छन् । हद म्याद राख्नुपर्ने र नपर्ने दुवै पक्षमा सांसदहरुले आ–आफ्नो धारणा राखेका छन् । जति चाँडै उजुरी दियो त्यत्ति चाँडो नै प्रमाण भेटिन र न्याय सम्पादनमा सहज हुने भनिए पनि अहिले ठिक उल्टो भइरहेको भन्दै उनीहरुले शिक्षित र सामान्य व्यक्तिको हकमा हद म्याद राख्नुपर्ने र बालबालिकाको हकमा भने विशेष व्यवस्था गरिनुपर्ने बताए ।

Read More

काठमाडौं – मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले असार १ गतेदेखि स्थानीयलाई ५ लाख ८८ हजार ३ हजार ७०० कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. २, ३, ४ र ६ का बासिन्दाहरुका लागि यस आइपीओ निष्कासन गर्न लागेको हो । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितहरुलाई निष्कासन गरिएको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी बिक्री खुला गरिने कम्पनीले जनाएको छ । आवेदन दिने…

Read More

काठमाडौं – नेपाली काँग्रेसका सांसद तथा महामन्त्री गगनकुमार थापाले एक महिनाभित्र सवारीसाधनमा इम्बोस्ड नम्बर राख्न भनेर सरकारले गरेको ताकेता नागरिकमाथिको अत्याचार भन्दै तत्काल यसलाई पुनर्विचार गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आज (सोमबार)को बैठकको सुरुमै सभामुखसँग समय लिएर बोल्ने क्रममा सांसद थापाले सरकारले गरेको अपारदर्शी निर्णय र निकम्मापनको सजाय नागरिकलाई दिन खोजिए यसको अवज्ञा हुने बताए । सांसद थापाले इम्बोस्ड नम्बरको काम गर्ने कम्पनी असफल भइसकेको र निकै महँगोसमेत रहेको भन्दै यसबारेमा गम्भीर हुन सरकारलाई आग्रह गरे । उनले सस्तो, सुविधाजनक ढङ्गले काम हुनुपर्ने भन्दै नागरिक तर्साउने काम बन्द गर्न चेतावनी समेत दिए ।

Read More