Author: महेन्द्रनगर पोष्ट

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिकाले पहिलो कार्यपालिका बैठकबाट हरेक प्रकारका सामाजिक सुरक्षाभत्ता वडा सदरमुकामबाट उपलब्ध गराउने निर्णय गरेको छ । गत सोमबार बसेको बैठकले उतm निर्णय गरेको नगर प्रबतmा भरत बहादुर खडायतले जानकारी दिनु भयो । जनप्रतिनिधिहरू निर्वाचित भएपछि जेठ १६ मा पहिलो कार्यपालिकाको बैठक बसेको थियो । उनका अनुसार सामाजिक सुरक्षा भत्ता घरघरमै उपलब्ध गराउने, वडा कार्यालय भवन निर्माणका लागि प्रदेश र संघमा बजेट माग गर्नेलगायतका निर्णयसमेत गरिएको छ । ‘जनप्रतिनिधि आएको महसुस हुने गरी हामीले केही निर्णय गरेका छौं,’ खडायतले भने, ‘निर्वाचनका बेला मत माग्न गरिएका प्रतिबद्धताहरू पनि क्रमिक रूपमा पूरा गर्दै जाने बताएका छन् । यस्तै नगरपालिकाले दुई…

Read More

काठमाडौं – नागरिकता ऐन (संशोधन) विधेयक छिटो पारित गरिनुपर्नेमा सांसदले जोड दिएका छन् । प्रतिनिधिसभा, कानून, न्याय तथा मानवअधिकार समिति र महिला, कानुन र विकास मञ्चको संयुक्त आयोजनामा आज भएको छलफल कार्यक्रममा सांसद मीनबहादुर विश्वकर्माले बजेट पारित भएसँगै नागरिकता ऐन (संशोधन) विधेयक अघि बढाउने तयारी भएको बताए । पाँच वर्षका बालबालिकालाई विद्यालयमा भर्ना गर्न जाँदा पनि जन्मदर्ता प्रमाणपत्र माग्ने, जन्मदर्ता प्रमाणपत्रका लागि विवाह दर्ता चाहिने र विवाह दर्ताका लागि नागरिकता चाहिने भएकाले यसको महत्व बुझेर काम गरिनुपर्नेमा उनले जोड दिए । सांसद भानुभक्त ढकालले नागरिकता निजी र बहकिने विषय नभएकाले राज्यले धान्ने गरी नागरिकता वितरण गरिनुपर्ने बताए । सांसद देवप्रसाद…

Read More

काठमाडौं – एमाले सांसद गोकुल बाँस्कोटाले पेट्रोलियम पदार्थसहितका वस्तुमा भएको मूल्यवृद्धिप्रति सरकार रमिते बनेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले सरकार व्यवस्थापक, निमयनकारी बन्न नसकेर रमिते बनेको आरोप लगाएका हुन् । सरकार व्यवस्थापक पनि होइन, नियमनकाकर्ता पनि होइन, व्यापारी पनि होइन, सरकार रमिते,’ उनले भने, सरकारलाई थाहा थिएन, रुस–युक्रेन युद्ध भएको कुरा भरखर थाहा पायो ? सरकारले यो थाहा पाएन कि अमेरिकाले ४५ अर्ब डलरको तेल रुससितै किनेको भन्ने कुरा थाहा पाएन ।’ कर्णालीमा पेट्रोलियम पदार्थ उत्खनन् गर्ने विषय नीति तथा कार्यक्रममा नपरेको भन्दै उनले पेट्रोलियम पदार्थ…

Read More

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा पुगेको बताएका छन् । त्यस कारण युद्धको जस्तो सोच राखेर काम गर्न उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । प्रतिनिधिसभामा आज (शुक्रबार) प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मूल्यवृद्धिबारे राखेको सङ्कल्प प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद थापाले यस्तो सुझाव दिएका छन् । ‘कोभिड र त्यसपश्चात् रुस-युक्रेन युद्धको कारणले अन्तर्राष्ट्रिय बजारमा मूल्य अकासिएको छ । सप्लाई चेन जसरी डिस्ट्रक्ट भएको छ । यसले आउँदा दिनहरू झनै चुनौतीपूर्ण बनाउने छ’, उनले भने, ‘यसले गर्दा भारतले जस्तो निर्णय गर्छ हाम्रो बजारलाई त्यसै गरी प्रभावित गर्छ । यसैले अहिलेको विश्व अर्थतन्त्र र…

Read More

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले डिजिटल भुक्तानी सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । उन सरकारले डिजिटल भुक्तानीलाई बढावा दिँदै आएको उल्लेख गरे । ब्राण्डवर्थ प्रालिले आज काठमाडौँमा आयोजना गरेको दोस्रो चरणको ‘फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२’ लाई सम्बोधन गर्दै उनले यस कार्यक्रमबाट आउने निष्कर्षलाई सरकारले दस्तावेज मानेर नीति निर्माणमा समेत समट्ने प्रतिबद्धता व्यक्त गरे । यस कार्यक्रमले डिजिटल नेपाल फेमवर्क कार्यक्रममा समेत सघाउ पुग्ने उनको भनाइ थियो । उनले भने, ‘मैले यो मन्त्रालयको जिम्मेवारी लिएपछि यस्ता धेरै कार्यक्रममा सहभागी भएको छु, यस कार्यक्रम सम्बन्धमा अहिले जुन किसिमको उत्साह छ, यो कार्यक्रम…

Read More

भरतपुर – भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपालका लागि इजरायली राजदूत हानन गोदारबीच भेटवार्ता भएको छ । महानगरपालिकामा आज दुई देशबीचको सहकार्यबारे भेटवार्ता तथा छलफल भएको हो । भेटका क्रममा महानगरपालिका प्रमुख रेनु दाहालले नेपालको अर्थतन्त्रको मुख्य आधार कृषि भएकाले इजरायली कृषि प्रविधि बढीभन्दा बढी प्रयोग गर्न चाहेको बताउनुभयो । भेटका क्रममा प्रमुख दाहालले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरलाई रिसर्च सेन्टरका रुपमा विकास गर्न दुई देशबीच सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्नुभयो । चितवन कृषिमा अब्बल मानिन्छ । चितवन पोल्ट्री, दूध, केरा, मह, मासुमा आत्मनिर्भर छ । चितवन पोल्ट्रीको राजधानी भनेर परिचित छ । भरतपुर महानगरलाई कृषिको केन्द्रका…

Read More

काठमाडौं – यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएसँगै विभागले पनि सार्वजनिक यातायातको भाडा घटाएको हो । यात्रु बाहक सवारीमा २ प्रतिशत भाडादर घटेको छ । पहाडी बाटोमा सञ्चालन हुने यात्रुबाहेक सवारीको भाडा २ प्रतिशत, तराईका बाटोमा सञ्चालन हुनको २.६ प्रतिशत भाडा घटेको छ । मालवाहक सावरीको भाडा दर पनि घटेको छ । सरकारले सार्वजनिक सवारीको भाडा दर स्वचालित आधारमा गर्ने गरी व्यवस्था गरेको छ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका महासचिव सरोज सिटौला स्वचालित भाडादरले यात्रु र व्यवसायी कसैलाई पनि मर्का नपर्ने अवस्था आएको बताउँछन्…

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलले आज काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने स्थान नुवाकोटको सिसडोलको अवलोकन गरेका छन् । लामो समयदेखि काठमाडौंको फोहोर बिर्सजन गर्न नदिएर अवरोध गरिरहेका स्थानीयबासिन्दासँग छलफल गर्न मेयर साहले तत्कालको लागि केमिकल राखेर गन्ध हटाउने उपाय अपनाउने आश्वासन दिए । केमिकल हालिसकेपछि गन्ध हराउन एक हप्ता लाग्ने उल्लेख गर्दै उनले भने, ‘एक हप्तामा गन्ध नआउने बनाउन सकिन्छ । हाल्नलाई यहाँ केमिकल आउनुपर्‍यो है फेरि । केमिकल आउन ट्रक रोक्न भएन है ।’ उनले फोहोरबाट मल बनाउने अर्को एउटा सिस्टम राख्ने र ड्रिल गरेर ग्यास निकाल्ने योजना पनि सुनाए । यी…

Read More

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अहिलेको पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म जाने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले स्थानीय तहमा भएको गठबन्धन आउने निर्वाचनसम्म जाने बताउनुभएको हो । स्थानीय तहको निर्वाचन समग्रमा सकारात्मक परिणाम आएको भन्दै उहाँले गठबन्धनको बैठकमा भएको निर्णयलाई आधार मान्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । कांग्रेसले अहंकार कहिल्यै नराखेको भन्दै उहाँले गठबन्धन दलका नेताहरुले आफ्ना कार्यकर्तालाई प्रशिक्षणका क्रममा बोलेको कुराले खासै महत्व नराख्ने बताउनुभयो । हालै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी प्रशिक्षणका क्रममा बोलेको विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, “नेपाली कांग्रेस अहंकारको…

Read More

काठमाडौं । आज शुक्रबार छापावाल सुनको मूल्य ९ सय रुपैँयाले बढेर ९८ हजार ५०० रुपैयाँमा कायम भएको छ । तेजावी सुनको मूल्य तोलाको ९८ हजार रुपैयाँमा कायम भएको छ । साथै, आज चाँदीको भाउ २५ रुपैँयाले बढेर प्रतितोला १२ सय ९० रुपैयाँमा कायम भएको छ ।

Read More