दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिकाले पहिलो कार्यपालिका बैठकबाट हरेक प्रकारका सामाजिक सुरक्षाभत्ता वडा सदरमुकामबाट उपलब्ध गराउने निर्णय गरेको छ । गत सोमबार बसेको बैठकले उतm निर्णय गरेको नगर प्रबतmा भरत बहादुर खडायतले जानकारी दिनु भयो । जनप्रतिनिधिहरू निर्वाचित भएपछि जेठ १६ मा पहिलो कार्यपालिकाको बैठक बसेको थियो ।
उनका अनुसार सामाजिक सुरक्षा भत्ता घरघरमै उपलब्ध गराउने, वडा कार्यालय भवन निर्माणका लागि प्रदेश र संघमा बजेट माग गर्नेलगायतका निर्णयसमेत गरिएको छ । ‘जनप्रतिनिधि आएको महसुस हुने गरी हामीले केही निर्णय गरेका छौं,’ खडायतले भने, ‘निर्वाचनका बेला मत माग्न गरिएका प्रतिबद्धताहरू पनि क्रमिक रूपमा पूरा गर्दै जाने बताएका छन् ।
यस्तै नगरपालिकाले दुई वर्षभित्र आफ्नै सुविधासम्पन्न प्रशासकीय भवन निर्माण गर्ने भएको छ । शैल्यशिखर नगरकार्यपालिकाको नगर प्रमुख विजयसिह धामीको अध्यक्षतामा सामेबार बसेको बैठकले भवन निर्माण सम्पन्न गर्ने निर्णय गरेको प्रबतmा खडायतले जानकारी दिए । यस्तै नगरपालिका ९ वटै वडाका कार्यालय सरकारी भवनबाट सञ्चालन गर्ने निर्णय गरेको छ ।
गोकुलेश्वर बसपार्कलाई ब्यबस्थापन गर्न १५ दिन भित्रमा जग्गा दाता खोज्न सार्वजनिक सूचना जारी गर्ने निर्णय समेत गरेको बताइएको छ । गोकुलेश्वर बजारको फोहोर व्यवस्थापन गर्न डम्पिङ साइडको व्यवस्थापन गर्ने बैठकले निर्णय गरेको छ । स्थानीय तहको दोस्रो निर्वाचनपछि आएको जनप्रतिनिधिहरूले लोकप्रियताको नाममा धमाधम निर्णयहरू गर्न थालेका छन् ।
पालिकाको स्रोतसाधनको समेत ख्याल नगरी गरिने यस्ता निर्णयले भविष्यमा अनावश्यक भारसमेत बढ्न सक्ने देखिन्छ । जनप्रतिनिधिहरूले निर्वाचनका बेला मत माग्दा गरेको प्रतिबद्धताहरू पूरा गर्नेतर्फभन्दा पनि तत्काल लोकप्रिय हुने खालका निर्णयहरू गरिरहेको पनि देखिएको छ । गाउँ तथा नगरपालिकाको साधन स्रोतको समेत वास्ता नगरेर जनप्रतिनिधिहरूले गर्ने निर्णयले पालिकालाई अनावश्यक भार पर्ने सरोकारवाला बताइरहेका छन् ।
‘‘पालिकाको अवस्था र यसको स्रोतसाधनबारे पूर्ण जानकारी नलिई सस्तो लोकप्रियताका लागि कुनै पनि निर्णय गरिने छैन,’ महाकाली नगरपालिकाका नगर प्रमुख नर सिह चैसिरले भने, ‘स्रोत र पालिकाको अवस्था हेरेर मात्रै आवश्यक निर्णय हुनेछ । उनले कार्यपालिकाको पहिलो बैठकबाट कार्यकाल पूरा गरेका जनप्रतिनिधिलाई धन्यवाद ज्ञापन गर्ने र स्थानीय तहको दोस्रो निर्वाचनमा सहभागी हुने मतदातादेखि सुरक्षाकर्मी र कर्मचारी सबैलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरिएका बताए ।
यस्तै जिल्लाको मालिकार्जुन गाउँपालिकाले पालिका भित्रका टुहुँरा, विपिन्न र सहिद परिवारका बालबालिकालाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । कार्यपालिकाको पहिलो बैठकले जीवन निर्वाहको लागि मासिक भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।
यस्तै गाउँपालिकाले आगामी आर्थिक वर्षबाट गाउँपालिकाभरीका ६० वर्षमाथिका एकल पुरुषलाई जीवन निर्वाह भत्ता उपलब्ध गराउने भएको छ ।मालिकार्जुन गाउँकार्यपालिकाको पहिलो बैठकले गाउँपालिकाभरी रहेका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेको हो । यस्तै जिल्लाको दुहु गाउँपालिकाले जिल्लाको दुहुँ गाउँपालिका भरीका सबै सामुदायिक विदालय र कार्यालयहरुमा विद्युतीय हाजिरी व्यवस्थापन गरिने भएको छ ।
मंगलबार बसेको दुहुँ गाउँकार्यपालिकाको बैठकले कर्मचारीको कामलाई प्रभावकारी बनाउन इहाजिरी व्यवस्थापन गरिन लागेको गाउँपालिकाले जनाएको छ । मंगलबार गाउँपालिका अध्यक्ष नरेन्द्र बहादुर बडालको अध्यक्षतामा बसेको बैठकले सुशासन कायम गर्न हरेक विद्यालय र गाउपालिकाअन्तर्गत कार्यालयमा विद्युती हाजिरीको व्यवस्थापन गरिने अध्यक्ष बडालले जानकारी दिनुभयो ।
यस्तै बैठकले गाउँपालिका भरी संञ्चालनमा रहेका सबै सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि कक्षा १० सम्मकुनै पनि विषयमा शुल्क नलिन पालिकाभरीका विद्यालयहरुलाई जानकारी गराउने निर्णय समेत गरेको छ । गाउँपालिकामा रिक्त रहेका पदहरुमा लोकसेवाबाट पदपुर्ति नहुज्जेलसम्म सेवा करारबाट पदपुर्ति गर्ने निर्णय गरिएको पनि गाउँपालिकाले जनाएको छ ।