Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – आर्थिक वर्ष २०७९/८० को बजेटमाथि प्रतिनिधि सभा सदस्यहरुले उठाएका प्रश्नको आज सम्बन्धित मन्त्रीहरुले जवाफ दिंदै छन् । आइतबार बजेटमा मन्त्रालयगत छलफल सकिएकाले आज सम्बन्धित मन्त्रीहरुले जवाफ दिन लागेका हुन् । प्रतिनिधि सभाको बैठक आज जेठ ३० गते बिहान ११ बजेदेखि सुरु भएको छ । संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा आज ८ मन्त्रीहरुले जवाफ दिने कार्यक्रम छ । संघीय संसदका महासचिव डा। भरतराज गौतमका अनुसार आज कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, शहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र कृषि तथा…

Read More

पोखरा – गण्डकी प्रदेश सभाबाट सोमबार नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची छ । १ असारमा बजेट ल्याउनैपर्ने बाध्यता सरकारलाई छ । सोहीअनुसार बजेटअघि नीति तथा कार्यक्रम पारित हुनुपर्छ । सरकारले आगामी वर्षका लागि स्वास्थ्य, महिला, कृषि लगायत क्षेत्रमा प्राथमिकता दिएर नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सबै सांसदले नीति तथा कार्यक्रममा आफ्ना सुझाव दिएका छन् । यही नीति तथा कार्यक्रममा आधारित भएर बजेट निर्माणको काम भइरहेको सरकारले जनाएको छ । आउँदो वर्षका लागि करिब ३८ अर्ब हाराहारीको बजेट ल्याउने तयारी छ । तर बजेट निर्माण प्रक्रिया पारदर्शी नभएको भन्दै सत्तारुढ सांसद र मन्त्रीहरुले नै विरोध गरिरहेका छन् ।…

Read More

ओटावा – चर्चित पप गायक जस्टिन बिबर एक दुर्लभ रोगका कारण आफ्नो आधा अनुहारमा प्यारालाइसिसको समस्या देखिएको छ । प्यारालाइसिसपछि उनले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् । इन्स्टाग्राममा प्रेसित एउटा भिडियोअनुसार बिबर रामसे हन्ड सिन्ड्रोम नामक दुर्लभ रोगबाट पीडित छन् । यो रोगका कारण उनको अनुहारमा पक्षाघात र स्नायुलाई कमजोर बनाएको छ । टोरन्टो र वाशिंगटन डीसीमा कार्यक्रम रद्द गरेपछि उनले अनुहारको आधा भाग नचल्ने भन्दै आफ्नो अवस्था ‘धेरै खराब’ भएको बताएका थिए । के हो रामसे हन्ट सिन्ड्रोम ? राम्से हन्ट सिन्ड्रोम भेरिसेला जोस्टर भाइरसका कारण हुने नसासम्बन्धी समस्या हो । राम्से हन्ट सिन्ड्रोमलाई सामान्यतया हर्पेस जोस्टर ओटिकस…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले एक सातामा नागरिकता विधेयक पारित हुने बताएका छन् । बालुवाटार पुगेका लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित नेताहरूलाई प्रधानमन्त्री देउवाले ढिलोमा एक सातामा नागरिकता विधेयक पारित हुने बताएको एक नेताले जानकारी दिए । प्रधानमन्त्री देउवासँग कुराकानी गर्न अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतोसहित लोसपा नेताहरू आज बिहान बालुवाटार पुगेका हुन्। नेता-कार्यकर्तालाई लगाइएका मुद्दा फिर्ता, नागरिकता विधेयक, समसामयिक राजनीतिक घटनाक्रम लगायतबारे उनीहरूबिच छलफल भएको स्रोतको भनाइ छ।

Read More

काठमाडौं – परराष्ट्र नीति बारेको छलफलमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्रमन्त्री नारायण खड्का अनुपस्थित भएका छन् । समितिले सोमबार बिहान छलफलका लागि मन्त्री खड्कालाई बोलाएको थियो । तर अन्तिम समयमा मन्त्रीले आफू बजेटमाथि उठेका जवाफ दिने तयारीमा रहेको भन्दै उपस्थित हुन असमर्थ रहेको जानकारी गराएको सभापति पवित्रा निरौला खरेलले समितिलाई जानकारी गराइन् । सभापति खरेलले भनिन्, ‘अमेरिकी जर्नेलको नेपाल भ्रमणबारे सरकारले जानकारी दिइरहेको छैन । कतिपय भ्रमणबारे परराष्ट्रकै अधिकारी जानकार नभएको पाइएको छ । यो विषयमा छलफल गर्न परराष्ट्र मन्त्रीलाई बोलाइएको थियो तर उहाँ आउन असमर्थ हुनुभयो ।’ मन्त्री नभए पनि छलफल गर्न उनले समितिका सदस्यहरूलाई आग्रह गरिन् ।

Read More

गण्डकी – गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक निर्माणले तीव्रता पाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मनाङ–मुस्ताङ–डोल्पा–जुम्ला सडक आयोजनाअन्तर्गत सडक डिभिजन कार्यालय बागलुङले मुस्ताङको बारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका जोड्ने सडक निर्माणलाई गति प्रदान गरेको हो । सडक डिभिजन कार्यालयका अनुसार मुस्ताङ र दुवैतर्फबाट क्रमागत योजनाको रुपमा पछिल्लो पाँच वर्षयता सडक निर्माण भइरहेको छ । डिभिजनका सवइञ्जिनियर टोपबहादुर थापाले चालु आर्थिक वर्ष २०७८÷७९ मा पनि प्रतिस्पर्धाबाट छनोट भएको निर्माण कम्पनीले डोल्पा जोड्ने सडक निर्माण थालेका जानकारी दिनुभयो । “एक्लेभट्टिदेखि मुस्ताङको अन्तिम मानवबस्ती साङ्ता हँुदै ४० किलोमिटर मार्ग खोलिसकेको…

Read More

काठमाडौं – कोटेश्वरमा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका-५ घर भई काठमाडौंको काँडाघारी बस्दै आएकी ३४ वर्षीय सम्झना राईको मृत्यु भएको प्रहरीले जनाएको छ । कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको ना५ख २८१९ नम्बरको मिनी ट्रकले आइतबार राति पौने १० बजे जडीबुटीतिरै गइरहेको बा७१प ३०५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा राई सख्त घाइते भएकी थिइन् । महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा उनको राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मिनी ट्रकका चालकलाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ ।

Read More

सुनसरी – खुकुरी प्रहार गरी आफ्नै भाइ १८ वर्षीय देव कुमार धामीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाइ पक्राउ गरेकाे छ । बराहक्षेत्र नगरपालिका-४ कौवा खोज बस्ने ३० वर्षीय देबराज धामीलाई आफ्नै भाइकाे हत्या गरेकाे अभियाेगमा आइतबार बिहान प्रहरीले पक्राउ गरेको हाे । चुरोटको निहुँमा भएको झगडामा देबराजले खुकुरी प्रहार गर्दा देवकुमार गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै गम्भीर घाइते देवकुमारको घोपा धरान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाडाैं – पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार चार सय ५३ जनाको नमुना परीक्षण गर्दा १९ जनामा सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । थप १२ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन । अहिले नेपालमा एक सय ६ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाविरुद्धको खोप लगाएको तथ्याङ्क प्राप्त नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौं – नेकपा एमालेका सांसद डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको हातमा देशको नेतृत्व पुग्दा हरेक पटक अनिष्ट हुने गरेको बताएका छन् । प्रतिनिधिसभाको आइतवार बसेको बैठकमा खर्च कटौती प्रस्ताव पेश गर्दै सांसद रावलले देशका ठूला आयोजनामा धमाधम विदेशीलाई सुम्पिएर देउवाले गम्भीर राष्ट्रघात गरेको बताएका हुन्। ‘२०५२ सालमा प्रधानमन्त्री हुँदा जनयुद्ध भयो महाकाली सन्धि भयो, महाकाली भारतलाई बेचियो’, उनले भने, ‘फेरि प्रधानमन्त्री हुँदा प्रतिगमन भयो। अहिले पाँचौँ पटक प्रधानमन्त्री हुँदा प्रतिगामी कदम चालेर नदीनाला बेच्दैछन्। राष्ट्रघात गरिरहेका छन्। पाँच चोटी प्रधानमन्त्री हुँदा त यस्तो छ, सात चोटी भए भने नेपालकै अस्तित्व नरहन सक्छ।’

Read More