काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले एक सातामा नागरिकता विधेयक पारित हुने बताएका छन् ।
बालुवाटार पुगेका लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित नेताहरूलाई प्रधानमन्त्री देउवाले ढिलोमा एक सातामा नागरिकता विधेयक पारित हुने बताएको एक नेताले जानकारी दिए ।
प्रधानमन्त्री देउवासँग कुराकानी गर्न अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतोसहित लोसपा नेताहरू आज बिहान बालुवाटार पुगेका हुन्।
नेता-कार्यकर्तालाई लगाइएका मुद्दा फिर्ता, नागरिकता विधेयक, समसामयिक राजनीतिक घटनाक्रम लगायतबारे उनीहरूबिच छलफल भएको स्रोतको भनाइ छ।
Facebook Comments Box