Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुपर्ने जजिरा एयरको जहाज मौसममा खराबी आउँदा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। कुवेतबाट काठमाडौंका उडान भरेको जहाज मंगलबार भैरहवामा अवतरण गरेको हो। जजिराको जे नाइन ५४१ को जहाज आज बिहान ४ बजेर २२ मिनेटमा भैरहवामा अवतरण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए। उनका अनुसार मौसम सफा भएपछि उक्त जहाजले बिहान साढे ६ बजे काठमाडौंका लागि उडान भरेको थियो। जहाजले बिहान करिब ६:५० मा त्रिभुवन विमानस्थलमा सकुशल अवतरण गरिसकेको छ। नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा निर्मित गौतमबुद्धमा अन्तर्राष्ट्रिय जहाज डाइभर्ट भएर आएको यो पहिलो घटना हो। गौतमबुद्ध बन्नुअघि अन्तर्राष्ट्रिय…

Read More

डोटी- जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान गरिएको छ। सोमबार एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले अक्सिजन प्लान्टको उद्घाटन गरेका हुन्। गत आर्थिक वर्षमै जडान हुनुपर्ने भएपनि काम ढिलो भएका कारण हाल आएर प्लान्ट जडान भएको हो। प्रदेश सरकारबाट अक्सिजन प्लान्ट जडानको लागि ८० लाख बजेट छुट्याइएको भएपनि ठेक्कामार्फत ६५ लाख २५ हजारमा जडान गरिएको जिल्ला अस्पताल डोटीका सूचना अधिकारी अमरसिं भाटले बताए । टेन्डरदेखि अन्य सबै काम सामाजिक मन्त्रालय अन्तरगतको प्रदेश आपूर्ति केन्द्रलेनै गर्नुपर्ने भएकाले काम ढिलो भएको हुनसक्ने भाटले बताए । अक्सिजन प्लान्ट जडानको काम डाइग्नोसिम इन्टरनेसनल काठमाडौंले गरेको हो । अक्सिजन प्लान्ट उद्घाटन गर्दै…

Read More

काठमाडौं- काठमाडौं महानगरपालिकाले राजधानीका सात बैंकसहित ३३ निकायका शाैचालयलाई सार्वजनिक रूपमा प्रयोग गर्न स्वीकृत दिने तयारी गरेको छ। कामपाले सार्वजनिक शौचालयको प्रयोग गर्न दिन इच्छुक होटल, रेस्टुराँ, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यावसायी, गैरसरकारी संघसंस्थाको शौचालयलाई सार्वजनिक शौचालयको रूपमा प्रयोग गर्न दिन सूचना जारी गरेको थियो। सूचना जारी गरेको एक सातामा ७ बैक, २० रेस्टुरेन्टसहित ३३ निकायले अनुमतिका लागि निवेदन दिएका छन्। कामपा सार्वजनिक निजी साझेदारी इकाइ पीपीपी गएको आइतबार सूचना जारी गरेको थियो। पीपीपी प्रमुख एवं निर्देशक नुरनिधि न्यौपानेले सूचना जारीभएको एक साताको अवधिमा ७ वटा बैंकले स्वीकृति लिन निवेदन दिएको जानकारी दिए। तीमध्ये नबिल बैंकले…

Read More

काठमाडौँ- हाल प्रदेश-१, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । गण्डकी, बागमती, मधेस र प्रदेश-१ का केही स्थानमा आज बिहान मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश-१ का धेरै स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश-१ र मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।आज राति पनि प्रदेश-१ का केही स्थानमा भारी वर्षाको सम्भावना…

Read More

काठमाडौं- सशस्त्र प्रहरीका ९ जना उपरीक्षक (एसपी)लाई वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा रिक्त रहेको पदमा बढुवाका लागि ९ जना सशस्त्र प्रहरी उपरीक्षक सिफारिस गरिएको हो । बढुवाका लागि सिफारिस हुनेहरुमा पहिलो नम्बरमा दीपेन्द्र शाह छन् । त्यस्तै सुरेशकुमार श्रेष्ठ, पुरुषोत्तम थापा, अन्जनी कुमार पोख्रेल, दिपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा, विनोदराज श्रेष्ठ र प्रकाश थापा बढुवा सिफारिस भएका छन् ।

Read More

बझाङ –जिल्ला समन्वय समिति बझाङको प्रमुखमा गठबन्धनका साझा उम्मेदवार नरबहादुर बोहरा निर्वाचित भएका छन् । नेकपा एमालेले उम्मेदवारी नै नदिएपछि नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीसहितको गठबन्धनको उम्मेदवारहरुको प्यानल नै निर्विरोध निर्वाचित भएको हो । जिल्ला समन्वय समितिको प्रमुख पदमा नेपाली कांग्रेसका नरबहादुर बोहरा र उप–प्रमुखमा नेकपा एकीकृत समाजवादीका कृष्णबहादुर विष्ट निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नरेन्द्र शर्माले बताए । यस्तै समितिको महिला सदस्यमा नेपाली कांग्रेसकी अस्मितादेवी चदारा, बाटुली देवी ओड र एकीकृत समाजवादीबाट लक्ष्मीदेवी कामी निर्विरोध चयन भएकी छन । त्यस्तै खुल्ला सदस्यमा नेपाली कांग्रेसका गौरीशङ्कर जोशी, टोपबहादुर खड्का र…

Read More

कैलाली- अनिमियत रुपमा विद्युत कटौती हुन थालेपछि स्थानीयले नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रको कार्यालय घेराउ गरेका छन्।  स्थानियले अनिमियत रुपमा विद्युत कटौती गरेको भन्दै सोमबार दिउँसो धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का स्थानीयले कार्यालय घेराउ गरेका हुन्। गर्मीको सिजनमा जनतालाई विद्युत कटौती गरी मारमा पारेको अब पनि यो समस्या सामाधान नभए संघर्षका कार्यक्रम गर्ने चेतावनी दिएका छन्। उनीहरुले पहलमानपुर, पवेरा, हसुलिया ग्रीडको लाइन हटाएर धनगढीबाट लायन जडान गर्नुपर्ने, वडामा चौबिसै घण्टा नो लाइट सेवा उपलब्ध गराउनुपर्ने, वडाभरी आएको भोल्टेजको समस्या समाधान गर्न ट्रान्सफर्मरको व्यवस्था गर्नुपर्ने, पोल र तारको व्यवस्था गर्नुपर्ने र कृषि मिटरको व्यवस्था गर्नुपर्ने माग राखेका छन्।

Read More

डडेल्धुरा- डडेल्धुरामा २ जनाको शव फेला परेको छ। जिल्लाको आलिताल गाउँपालिका–५ भावर बस्ने पशुपति बिक र गणेश बिकको शव फेला परेको हो। आलितालको वडा नम्बर ३ र ५ को सीमाना रेला पुल नजिक रहेको कैलाश समैजेश्वर सामुदायिक वनमा उनीहरुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। दुवैको शव एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। मृतक दुवै नातामा देवर भाउजू रहेको प्रहरीले बताएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

बैतडी- बैतडीको सुर्नया गाउँपालिकामा नागरिक आरोग्य केन्द्र स्थापना भएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जिल्लाको सुर्नया गाउँपालिका–६ कोखेत खालीडाँडास्थित लोकेश स्मृति भवनमा नागरिक आरोग्य केन्द्र स्थापना भएको हो।  स्थानीय नागरिकहरुको आयुर्वेदिक उपचारमा पहुँच पुर्याउनका लागि नागरिक आरोग्य केन्द्रको स्थापना गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीका निमित्त प्रमुख हिक्मतबहादुर चन्दले जानकारी दिए। नागरिक आरोग्य केन्द्रबाट औषधोपचार, योग, पूर्वकर्म, पञ्चकर्म लगायतका सेवाहरु प्रदान गरिने बताइएको छ। अहिले लागि केन्द्रमा एकजना वैद्य र एकजना कार्यालय सहयोगी कर्मचारी राखिएको उनले बताए।

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८६ जनाको पीसीआर परीक्षणमा ९ जना र १ हजार १२५ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी १५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट १३ जना निको भएका छन् भने हाल देशभर १०२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १०२ जना होम आइसोलेसनमा रहेका छन् । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ६१५पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ…

Read More