कैलाली– अनिमियत रुपमा विद्युत कटौती हुन थालेपछि स्थानीयले नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रको कार्यालय घेराउ गरेका छन्।
स्थानियले अनिमियत रुपमा विद्युत कटौती गरेको भन्दै सोमबार दिउँसो धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का स्थानीयले कार्यालय घेराउ गरेका हुन्।
गर्मीको सिजनमा जनतालाई विद्युत कटौती गरी मारमा पारेको अब पनि यो समस्या सामाधान नभए संघर्षका कार्यक्रम गर्ने चेतावनी दिएका छन्।
उनीहरुले पहलमानपुर, पवेरा, हसुलिया ग्रीडको लाइन हटाएर धनगढीबाट लायन जडान गर्नुपर्ने, वडामा चौबिसै घण्टा नो लाइट सेवा उपलब्ध गराउनुपर्ने, वडाभरी आएको भोल्टेजको समस्या समाधान गर्न ट्रान्सफर्मरको व्यवस्था गर्नुपर्ने, पोल र तारको व्यवस्था गर्नुपर्ने र कृषि मिटरको व्यवस्था गर्नुपर्ने माग राखेका छन्।
Facebook Comments Box